वीरगञ्ज, २६ फागुन महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा अँझै पनि तराईको ग्रामिण क्षेत्रका महिलाहरुले खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना हुन सकेको छैन । तराईमा महिलाहरु महिनावारी तथा प्रजन स्वास्थ्यको विषयमा कक्षामा पढाई हुँदा समेत लजाउने, शिक्षक शिक्षिकाले पनि खुलेर पठनपाठन गराउन अप्ठेरो मान्ने लगायतका समस्याका कारण पर्सा जिल्लाका विभिन्न ग्रामिण भेगमा महिनावारी भएको छ कि छैन भनेर सोध्दा समेत किशोरीहरु नाजवाफ हुने गरेका छन् ।
सन्जु छतकुली बिरगंज , ११ पौष बिरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्षले आफनो वडामा करिव सवा सय कम्बल वितरण गरेकाछन । बीरगंज माहानगरपालिका २६ स्थित अठराहामा वडा अध्यक्ष शम्भु मिश्राले अत्याधिक जाडो भएको कारण १ सय २० वटा कम्बल वितरण गर्नुभएको हो । तराई लगायत बीरगंजमा करिव डेढ हप्ता देखी बढ्दै गएको चिसोले गर्दा त्यस वडाका गरिब, असहायहरुलाई वडा अध्यक्ष मिश्रले उक्त कम्बल बितरण गरेका हुन ।
कृष्णा यादव बीरगंज २९ मंसिर नेपाल निर्माण ब्यवसायी संघ पर्साको १६ औं साधारण सभा आज बीरगंजमा समपन्न भएको छ । नेपाल निर्माण ब्यासायी संघ पर्साका निर्माण ब्यासायी संघका फरक फरक साधारण सभा समपन्न छुटटा छुटै सम्पन्न भएको हो । नेपाल निर्माण ब्यासाय संघ को एक पक्षले वीरगन्ज को टाउन हलमा साधारण सभा समपन्न तिन दिन पहिला गरेको थियो भने अर्को पक्षले आज बीरगंजको पदम पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।
काठमाडौं, २७ मंसिर । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो ।
गोकर्णेश्वर,२७ मंसिर । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्यचौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ ।
काठमाडौं, २३ मंसिर । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।
बुटवल, २३ मंसिर । बुटवल र यस आसपासमा चल्ने सवारीसाधनहरुले अव देखि बसको बोनोट तथा क्याबिनमा महिला सवारी राख्न नपाउने भएकाछन् । सवारी साधन दुर्घटनाका कारणहरु मध्य धेरै घटनाहरुमा बोनोटमा महिला राखेको अवस्थामा दुर्घटना भएको गुनासो आएपछि पश्चिम नेपाल बस ब्यवसायी प्रा।लि अन्तर्गतका बसहरुमा बोनोट र क्याबिनमा महिला सवारी नराख्न प्रा।लिले निर्देशन दिएको छ ।
सिरहा २३ मंसिर । लहानस्थित सिभिल बैङ्कको एटीएमको रकम लुट्ने प्रयास भएको छ ।लहान नगरपालिका वडा नम्बर–४ स्थितमा रहेको कृष्ण गुप्ताको घरमा भुइँतलामा भाडामा सञ्चालित बैङ्कको एटिएमको सटर फोरेर मान्छे पस्न सक्ने प्वाल बनाएर लुट्ने प्रयास भएको हो । आइतबार राति करिब १२ बजेतिर पहिलो तलामा सुरक्षा गार्ड रहेको समयमा एटिएम लुट्ने प्रयास गरेको भएपनि एटिएमभित्र राखिएको रकम भने सुरक्षित रहेको बैङ्कका शाखा प्रबन्धक सरोज घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार एटिएमको सटरमा मान्छे पस्न सक्ने गरी काटिएको छ ।
काठमाडौं, २३ मंसिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा अख्तियार दूरुपयोय अनुसन्धान आयोगले गरेको कार्यक्रममा उहाँले प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारलाई जरैदेखिे फालेर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो ।
धेरै मानिसको गोजीमा रुमाल राख्ने गर्छन् । कतिले झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत रुमाल बोक्ने गर्दछन् । रुमाल बोक्नुको फाइदारबेफाइदा के के छ जानी राखौं । १। यदि रुमाल दैनिक धुने गर्नु भएको छैन र रुमाल फोहोर छ भने यसले नकारात्मक असर पार्ने गर्दछ । फोहोरी रुमालले मानिसमा नकारात्मकता हावी गराउदछ । २। अंक ज्योतिष अनुसार आर्थिकताको काम गर्ने ब्यक्ति वा रकमको कारोबारमा जादा ४ वा ६ फोल्ड गरेर गोजीमा राखेमा यसले राम्रो लाभ दिने गर्दछ ।
वीरगंज २७ पर्सा । ग्लोबल विजनश क्लेजले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए । क्लेजको सभाहलमा आयोजित कार्यक्रममा सरकारले समान्य लाग्ने नियम कानुन समेत बनाउन नसकेकाले महिला सुरक्षित हुन चुनौति बनेको अधिकारकर्मीहरुको बताएकाछन । महिला नेतृ मोनिका सिंहले एसिड, किटनाशक औषधी लगायत अति सम्बेदनशिल वस्तु खरिदका लागी निति नियम नबनाईदा सजिलै पहुच भएकाले एसिड आक्रमण भएको उनले बताईन् ।
शेखर छतकुली बीरगंज २१ फागुन जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धीत लागु औषध अफिम सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं, सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरगञ्ज, वीरगञ्जमा आइतबार देखि २ दिने नेपाल–भारत साहित्य महोत्सव–२०१८ सुरु हुने भएको छ ।
वीरगंज, ८ साउन, भारतको शैक्षिक संस्था शंकरा ग्रुप अफ इनस्टिच्युट राजस्थानले वीरगंजमा आफ्नो सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।
वीरगन्ज, पर्साको सखुआ प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा जैन श्वेताम्ब तेरापन्थी समाजले महुवनमा रहेका एतिहासिक पारसनाथ मन्दिरको अवलोकन गरेका छन ।
रौतहट ३ पुस । गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साहले सो वडामा रहेको ईस्लामिक मदरसालाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।
वीरगंज कार्तिक २३ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
वीरगञ्ज, २२ कार्तिक÷वीरगञ्जउद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश शर्मालाई मातृ शोक परेको छ ।
वीरगंज ३० भदौ, युवा जनशक्ति समाज नेपाल आदर्शनगर–३ वीरगंजले एक जना गरिब असहायको लागि सहयोग गरेको छ ।
बीरगंज १७ भदौ सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिक साधारणसभा शुक्रवार समपन्न भएको छ ।
वीरगंज ९ भदौ, अल हेरा एजुकेशनल सोसाइटी नेपाल पर्साले आज वीरगंजमा शैक्षिक बृत्ति तथा पेशागत विकास तालिम सुरु गरेको छ ।
वीरगंज, ७ भदौ÷पूर्व युवराज्ञी श्री हिमानी राज्यलक्ष्मी देवी शाहले देशमा आएको बाढीेबाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्नु भएको छ
बीरगंज २९ श्रावण महिलाहरुको क्षमता विकास सम्बन्धी २ दिने नेतृत्व विकास तालिम आज सम्पन्न भएकोछ । सखुवाप्रसौनि गाउँपालिका कार्यालयको सहयोग र महिला विकास उपभोक्ता समिति, देउरवाना,पर्साको आयोजनामा संचालन भएको सो तालिमको प्रमुख उदेश्य भनेको महिलाहरुलाई अधिकार एंव नेतृत्व सम्पन्न गराई कर्तब्यनिष्ट र उत्तरदायि बनाई समाजमा सम्मान जनक तरिकाले बाच्नको लागी प्रेणा दिनु रहेको थियो ।
काठमाडौं, १८ साउन । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।