logo

बीरगंजमा सोमवार  सरकार बिरुद्ध प्रर्दशन 

बीरगंज २१ माघ बीरगंजमा सोमवार सरकार बिरुद्ध प्रर्दशन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध बीरगंजमा प्रर्दशन गरेको छ । सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न नागरिकलाई आह्वान गर्दै नेपाली कांग्रेसले सोमबार बीरगंजमा मा रर्याली सहितको विरोध प्रर्दशन गरेको हो । ओली सरकारको बिरोधमा बीरगंजमा काग्रेसले निकालेको जुलुशमा काग्रेसका पर्सा पाटी सभापती अजय कुमार द्धिवेदी, केन्द्रिय सदस्य रमेश रिजाल, केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अजय चौरसिया, राजेन्द्र बहादुर अमात्य, युवा नेता जनार्दन सिंह क्षेत्री, प्रदेश नम्बर २ का प्रदेश सदस्य ओम प्रकाश शर्मा र राजेश्वर साह तेली लगायतका उपस्थिती रहेको थियो । पर्साको गाउगाउहरुबाट हजारौको संख्यामा नेता थता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बीरगंजको घण्टाघरबाट निस्केको जुलुश नगरको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ा कोण सभालाई सम्बोधन गर्दै काग्रेसका पार्टी सभापती अजय कुमार द्धिवेदी, केन्द्रिय सदस्य रमेश रिजाल, केन्द्रिय सदस्य एवम पुर्व मन्त्री अजय कुमार चौरसिया, नेता राजेन्द्र बहादुर अमात्य, युवा नेता जर्नादन सिंह क्षेत्री प्रदेश नम्बर २ का द्धय प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा र राजेश्वर साह तेली, युवा नेता राजु गुप्ता लगायतकाहरुले ओली सरकारलाई भ्रष्टाचारीहरुको सरकारको संज्ञा दिएका थिए भने बिपी उधानमा बीरगंज माहानगरपालिकाको र काग्रेसको सहमती बिना शहिद पार्क बनाउन खोजिएकोमा बिरोध समेत जनाएका थिए । सोही क्रममा बीरगंजमा काग्रेसले गरेको ओली सरकारको बिरोध रयालीमा देखिएको दृश्यहरु ।

2/4/2019

 काग्रेसले गरयो मेयर बिरुद्ध प्रर्दशन । 

बीरगंज, बीरगंज माहानगरपालिकाको आज बसेको बिशेष नगर सभाको बैठकले चालु आर्थिक बर्ष २०७५÷२०७६ को लागी केहि दिन पहिला माहानगरमा गरेको अत्याधिक कर वृद्धी पुन आज बसेको बिशेष भेलाले सर्वसहमतबाट पारित गरेको बीरगंजका मेयर विजय सरावगीले घोषणा गरेपछी सो बिशेष नगर सभामा काग्रेसका वडा अध्यक्ष लगायतका पदाधिकारीहरुले बिरोध गरे । सो भेला समापन पश्चात काग्रेसका पदाधिकारीहरुले बीरगंजको टाउन हलबाट मेयर बिरुद्ध निकालेको बिरोध रयालीमा सहभागीहरु । बीरगंजको नगर सभागृह टाउनहलबाट निकालेको रयाली नगरको आर्दशनगर, माईस्थान, हुदै घण्टाघरमा पुगेर कोणसभा गरेका थिए । कागैसका कार्यकर्ताहरुले आजको बिशेष सभामा मेयर बिरुद्ध नारावाजी समेत गरेका थिए । 

8/7/2018

पर्सा क्षेत्र नम्बर २ मा नेपाली काग्रेस पार्टीमा प्रवेश गर्नेहरुको ओईरो । 

मंसिर २१ गते हुने प्रतिनिधी सभाको निर्वाचन र प्रदेश सभाको निर्वाचनको क्रममा पर्सा क्षेत्र नम्बर २ का नेपाली काग्रेसका उम्मेदवार अजय चौरसियाले बिभिन्न पार्टी परित्याग गरेर नेपाली काग्रेसमा पार्टी प्रवेश गरेकाहरुलाई टिका लगाएर उम्मेदवार चौरसियाले नेपाली काग्रेसमा पार्टी प्रवेश गराउदै गरेको दृष्य । 

12/4/2017

घरदैलो कार्यक्रममा रुगटाको पक्षमा देखिएको जनलहर । 

नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका युवा उम्मेदवार अनिल रुगटाको सोमवार बीरगंज माहानगरपालिका १४ पिप्रामा काग्रेसले गरेको घरदैलो कार्यक्रममा स्थानियहरु जनता र पार्टीको कार्यकर्ताहरुको रुगटाको पक्षमा देखिएको जनलहर । 

11/27/2017

नेपाली काग्रेसका अनिल रुगटा आफनो  मनोनयन दर्ता गराउदै ।

 बीरगंज । प्रतिनिधि  सभाकोलागि  बीरगंजको श्रीपुर स्थित नेशनल टेड्रीङ्गमा रहेको निर्वाचन आयोगको कार्यालयमा  पर्साको क्षेत्र नम्बरमा १ बाट नेपाली काग्रेसका अनिल रुगटा आफनो  मनोनयन दर्ता गराउदै ।

11/3/2017

बीरगंजको छपकैया भकुवा नाकाबाट प्रतिबन्धीत औषधीको तस्करी

पर्साको बीरगंज छपकैया भकुवा घाट्बाट भारतबाट नेपाल तर्फ ल्याउदै गरेको प्रतिबन्धीत औषधी   सशस्त्र प्रहरी बलले  पक्राउ गरेको छ ।  सशस्त प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रतिबन्धीत औषधीको अन्दाजी मुल्य करिव ५० हजार रुपैया भन्दा बढी  रहेको छ । बिशेष सुराकी को आधारमा भारतबाट एक जना महिलाले झोलामा राखी ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बलले चेक जाँच गर्दा उक्त महिला झोला छोरी फरार भएको थिईन ।

11/2/2017

बीरगंजको घडिअर्वा पोखरीमा उदाउदै गरेको सुर्यलाई अर्ग दिदै एक ब्रतालु । 

बीरगंज १० कार्तिक, तराईवासीहरुको माहान पर्व छठको आज अन्तिम दिन यानीकी सप्तमी तिथी आज उदाउदै गरेको सुर्यलाई अर्ग दिएर यो पर्व विधिबक रुपमा समापन भएको छ । यो छठ पर्व कार्तिक शुक्लपक्ष चौथी तिथी देखी शुरु हुने गर्दछ भने चौथीको दिन घर आगन लिपपोत गरेर लौको तरकारी रहरको दाल र साटी चामलको भात खाने दिनलाई नाहाएखाए भन्ने चलन छ भने पन्चमीका दिन ब्रतालुहरुले बिहानै देखी भोकै बसेर बेलुकी गाईको दुधमा चामल र सख्खर हालेर माटोको नया चुल्होमा आपको दाउरामा पकाएर गहुको पिठोमा पुरी बनाएर केराको पातमा त्यो खिरपुरीलाई छठीमाताका ब्रतालुहरुले खाएपछी भोली पल्ट षष्टी दिन प्रसाद बनाएर ब्रतालुहरु छठीघाटमा गएर बस्ने र साझ घर फर्केर आएर मिश्रीको काडा मात्र खान्छन भोली पल्ट बिहनिया घाटका दिन उदाउदै गरेको सुर्यलाई अर्ग दिएर छठीघाटबाट घर फर्केर प्रसाद खाएर अन्य खानेकुराहरु खाने  चलन छ ब्रतालुहरुको । यो पर्व एकदमै निष्ठा र शुद्धमनले यो पर्व तराईका मधेशी पाहाडी र र मुस्लमानहरुले भब्य रुपमा मनाउने गर्दछन । 

10/27/2017

बीरगंज ब्यारेकका नेपाली सेना द्धारा छठघाटको सरसफाई गर्दै

तराईबासीहरुको माहान पर्व छठको अवसरमा बीरगंज स्थित रहेको घडिअर्वा पोखरीमा बीरगंज पानिटन्कीमा रहेको नेपाली सेना ब्यारेकका सेनाहरु छठघाटको सरसफाई गर्दै । 

10/26/2017

छठ पुजाको लागी बिक्री गर्न राखिएको बासको दउरा

प्रत्येक बर्ष छठमा यसको बिक्री अत्याधिक मात्रामा बीरगंजमा हुने गर्छ छठ पुजाको लागी बिक्री गर्न बीरगंजको घण्टाघरमा राखिएको बासको दउरा, नाग्लो लगायतका सामानहरु । । 

10/20/2017

बिशेष सुरक्षाका लागी 

असोज २ गते हुनगईरहेको स्थानिय निर्वाचनको लागी बिशेष सुरक्षालाई ध्यानमा राख्दै काठमाण्डौबाट बीरगंज ल्याईएको तालिम प्राप्त कुकुर । 

9/15/2017

सांसद अमात्य द्धारा राहत बितरण 

नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बहादुर अमात्य द्धारा बीरगंज माहानगरपालिका हाल १६ नगवा टोलमा े बाढी पिडितहरुलाई खाधान्य लगायतका सामाग्रीहरु बितरण गर्दै ।  सांसद अमात्य द्धारा बीरगंज नगर क्षेत्रमा करिव ५ लाख रुपैया भन्दा बढीको बाढी पिडितहरुलाई खाधान्य लगायतका सामाग्रीहरु बितरण गरि सकेका छन ।  

8/23/2017

सामुहिक तस्विर खिचाउदै

शनिवार बीरगंजको नगरसभा गृह हलमा पर्सा सुन चादी ब्यवसायी संघले आयोजना गरेको सम्मान कार्यक्रममा संघका सल्लाहकारमा नियुक्त भएकाहरु संग संघको कार्य समितीका पदाधिकारीहरु  सामुहिक तस्विर खिचाउदै

8/19/2017

भ्रष्टाचार बिरुद्ध एक दिने बीरगंजको घण्टाघरमा धर्ना । 

राजपा नेपाल पार्टीको माहानगर कमिटी द्धारा पर्सामा भएको भ्रष्टाचार बिरुद्ध एक दिने मंगलवार बीरगंजको घण्टाघरमा धर्नामा बसेको दृष्य । 

8/2/2017

भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव ५ लाख रुपैया भन्दा बढी मुल्यकोे लत्ता कपडा

बीरगंज १६ श्रावण  बीरगंज स्थित वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक अनिष कर्णको नेतृत्वमा रहेको टोलीले अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव ५ लाख रुपैया भन्दा बढी मुल्यकोे लत्ता कपडा पक्राउ गरेर बीरगंज भन्सारमा बुझाउन लागेको दृष्य । फोटो वडा प्रहरी कार्यालय विर्ता बीरगंज । 

7/31/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।