logo

‘चिनूक’ हेलिकोप्टरमार्फत भारतले कालापानी क्षेत्रमा मेसिन र सामग्री ढुवानी गर्दै

काठमाडौं, २७ मंसिर । भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गरिरहेको छ । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश बढिरहेका बेला भारतले भने अतिक्रमिण गरेको कालापानी क्षेत्रमा गतिविधि बढाएको छ । पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म चिनूक हेलिकोप्टरमार्फत ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् । अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेकोले ठूला मेसिन र निर्माण सामग्री हेलिकोप्टरमार्फत ढुवानी भइरहेका हुन् ।भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ ।

12/13/2019

कन्जर्भेटिभको शानदार जित, लेबर निराश

काठमाडौं, २७ मंसिर ।  बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले शानदार जित हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सिटको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरेको छ । रुझान अनुसार उसको खातामा ३६३ सिट आउन सक्छ । विपक्षी लेबर पार्टीले आफ्ना थुप्रै पारम्परिक सिट गुमाएको छ । उसको सिट संख्या २ सय भन्दा कममा झर्न सक्नेछ । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले भनेका छन् कि उनलाई अब एक नयाँ जनादेश मिलेको छ जसबाट उनी बेलायतलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेग्जिट डीललाई लागू गर्न सक्नेछन् र बेलायतलाई एकजुट गर्न सक्नेछन् ।

12/13/2019

बेलायत आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने सङ्केत

काठमाडौं, २७ मंसिर ।बेलायतमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट पोल ९मत सर्वेक्षण० ले देखाएका छन्। मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ। जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो। लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएका छन्। उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ। १४४ मतदान केन्द्रमा झण्डै २३ हजारजनासँग अन्तर्वार्ता गरेर त्यस्तो मत सर्वेक्षण गरिएको थियो।

12/13/2019

प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

बंगलादेश,२६ मंसिर । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई भन्नुभयो, “एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए । तीमध्ये सात जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।”

12/13/2019

नागरिकता विधेयकले भारतीय नागरिकहरु आन्दोलनमा , आसाम र त्रिपुरामा कर्फ्यु

एजेन्सी,  २६ मंसिर । भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ । पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरु कर्फ्युको अवज्ञा गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिपुरामा पनि प्रदर्शन थालिएको छ ।

12/13/2019

अभिनन्दन भारतीय पाइलट स्वदेश फिर्ता 

एजेन्सी ,१७ फागुन । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

3/1/2019

अर्बौं डलर कर छली गरेको एप्पलमाथि आरोप

काठमाण्डौं , २१ काक्तिक । विश्वको सबैभन्दा बढी मुनाफामा रहेको एप्पल कम्पनीले अर्बौं डलर कर छलीका लागि नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको छ ।

11/7/2017

दोस्रो विश्वयुद्धमा फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ । उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ ।

8/10/2017

उत्तर कोरियाको परमाणु परीक्षण नयाँ खतरा– जापान

टोक्यो, २४ साउन । जापानले उत्तर कोरियाले हालैका दिनमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा विश्वका लागि नै नयाँ खतरा हो भनेको छ । जापानको रक्षा मन्त्रालयद्वारा सो खतरा औँल्याइएको उक्त मन्त्रालयका तर्फबाट मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा जनाइएको छ ।  जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन् । जापानले भनेको छ– उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एक दशकयताकै सबैभन्दा खतरनाक अवस्था हो ।

8/8/2017

जापानमा नयाँ विदेश र रक्षामन्त्री

टोक्यो, १९ साउन । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गर्नुभएको छ ।  जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरुको खण्डन गरिरहनुभएका उहाँले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गर्नुभएको राजधानी टोक्योबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

8/3/2017

राष्ट्रसंघीय महासचिवद्वारा अफगान हमलाको कडा शब्दमा निन्दा

संयुक्त राष्ट्रसंघ, १८ साउन । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गर्नुभएको समाचार छ । सो हमलामा परी मङ्गलबार नै घटनास्थलमा १५ जनाको ज्यान गएको थियो । त्यस्तै प्राप्त अर्को एक समाचारमा बुधबार बिहानसम्म मारिएका व्यक्तिको सङ्ख्या २९ पुगेको जनाइएको छ ।

8/2/2017

को हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री अब्बासी 

पाकिस्तान, १७ साउन । पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज ९पिएमएल–एन० को तर्फबाट नेता शहीद खकान अब्बासी मङ्गलबार प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले गत शुक्रबार राजीनामा दिनुभएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा आज निर्वाचन भएको थियो ।

8/2/2017

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

वासिङटन, १४ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गर्नु भएको छ ।

7/30/2017

रुस छ महिनामा बाह्र आक्रमणबाट जोगियो

मस्को, १२ साउन । गत छ महिनाको अवधिमा आतङ्बादी गतिविधि बढीरहेका बेला रुसले १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ ।

7/28/2017

भावनात्मक छाप पारेको मिसेल ओबामाको भनाई

अमेरिका, १२ साउन । बिगत देखिको परम्परालाई तोड्दै पहिलो अश्वेत प्रथम महिला बन्दा व्यक्त भएका केही प्रतिक्रियाले आफूमा केही चिरस्थायी भावनात्मक छाप छोडेको मिसेल ओवामाले बताउनुभएको छ ।

7/28/2017

चिनियाँ प्रकृतिको समाजवादी विजयका लागि चीनको प्रयास हुनुपर्छ स् सी

बेइजिङ, १२ साउन । चिनियाँ प्रकृतिको समाजवादी विजयका लागि चीनले काम गर्नुपर्ने राष्ट्रपति सि जिनपिङले बताउनुभएको छ

7/28/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।