logo

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

    2/29/2020 गते 00 00 मा प्रकाशित   1697   पटक पढिएको

कृष्णा यादव 
बीरगन्ज १७ फागुन 
बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।
 नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन । 
त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 
द्धितिय स्थानमा आर्मी क्लवका राजन रोकाया र तृतिय स्थानमा हरी कुमार रिमालले जित्न सफल भएकाछन । 
भाटले ४२ किलोमिटर दौडमा २ घण्टा २१ मिनेट १५ सेकेन्डको दुरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भए भने द्धितिय स्थानमा रोकायाले २ घण्टा २७ मिनेट ४९ सेकेन्डमा ४२ किलोमिटरको दुरी पार गरे भने सेना कै रिमालले तृतिय स्थान हात पारेका छन । 
४२ किलोमिटर दौडमा प्रथम हुने आर्मी क्लवका खगेन्द्र बहादुर भाटले दुई लाख रुपैया द्धितिय हुने राजन रोकायाले १ लाख ५० हजार र तृतिय स्थान हासिल गर्ने हरी कुमार रिमालले १ लाख रुपैया नगद सहित शिल्ड र प्रमाण पत्र पाएका थिए । 
सेना दिवसको अवसरमा एकताका लागी ४२ किलोमिटर दौड प्रतियोगिताका विजेताहरुलाई प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहम्द लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द थापाले पुरस्कार प्रदान गरी सम्मान गर्नुभएको थियो । 
रक्षा मन्त्रालय, नेपाली सेना मध्य पृतनाको अगुवाई र मध्य पूर्वी पृतनाको सहयोगमा  २८ नं बाहिनी अड्डाको आयोजनामा ४२ किलोमिटरको दौडको म्याराथान आज सम्पन्न भएको थियो । प्रथम स्थान हासिल गर्ने सेनाका हवलदार हुन भने द्वितिय स्थान हासिल गर्ने रोकाया सेनाका सुवेदार हुन त्यस्तै तृतिय स्थान हात पार्ने रिमाल सेनाका सिपाही हुन । त्यसैगरी ४२ किलोमिटर दौडमा १४ औं स्थानमा बीरगंज माहानगरपालिका वडा नम्बर १७ अलौका ५४ बर्षिय श्रीकिशुन साह भएका थिए । 
सेनाले आयोजना गरेको वीरगन्ज म्याराथान प्रतियोगिता मध्ये ४२ किलोमिटरको दौड बाराको पिलुवा स्थित नेपाली सेनाको बाहिनीबाट बिहान शुरु भएको थियो । पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुदै पुन कलैयाबाट वीरगन्जको घण्टाघर स्थित रहेको चण्डी प्रसाद गण सेनाको ब्यारेकमा आई उक्त म्याराथुन समापन भएको थियो ।
त्यसैगरी २१ किलोमिटरको दौडमा महिला र पुरुष दुवै तर्फबाट त्रिभुवन आर्मी क्लबकै खेलाडीहरुले उपाधी हात पारेका छन । प्रथम, द्वितिय र तृतिय महिला तर्फ क्रमश राजपुरा पछाई, फुलमती राना र विन्दा श्रेष्ठ, र पुरुष तर्फ गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत भएका थिए ।
२१ किलोमिटरको दौडका प्रथम, द्वितिय र तृतिय हुने विजेतालाई क्रमश ७५, ५० र ३५ हजार नगद सहित प्रमाणपत्र सहित सम्मान गरिएको थियो । 
१० किलोमिटरको दौडमा सिभिलियन तर्फबाट पुरुष र महिला प्रथम, द्वितिय र तृतिय क्रमश, सागर श्रेष्ठ, दिनेश वोगटी, प्रिन्स कुमार गुप्ता, सकुन्तला ठगुन्ना, मन्जु राउत र शिला थापाले जित हासिल गरेको थिए ।

त्यसैगरी विभागियबाट त्रिभुवन आर्मी क्लबकै महिला र पुरुष तर्फ प्रथम, द्वितिय र तृतियमा क्रमश पूर्ण लक्ष्मी न्यौपाने, सरस्वती भट्टराई, विर्सना कुमाल, कल्याण बानिया, गणेश ठकुरी र टंक कार्की भएका थिए । विजेताहरुलाई २०, १५ र १० हजारको दरले नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा ४० बर्ष भन्दा माथिको ५ किलोमिटरको दौडमा प्रथम, द्वितिय र तृतियमा क्रमश जय नरेश सिंह, राजेश्वर कुमार र श्याम चौधरी भएका थिए । उनीहरुलाई २०, १५ र १० हजार नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा जेष्ठनागरिकहरुलाई समेत सहभागिता गराईएको थियो । ७० बर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुको लागि १ किलोमिटरको दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा सन्तोष महतो प्रथम भएका थिए । उनलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको थियो । द्वितिय हुने अनिल मालाकार र तृतिय रमेश महतोलाई क्रमश २० हजार र १५ हजार रुपैया नगद सहित सम्मान गरिएको थियो । 
वीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगन्ज उद्योग वाणिज्य संघको सह आयोजनामा गरिएको म्याराथान प्रतियोगितामा ५ हजार २ सय जनाले सहभागिता जनाएका थिए । जसमध्ये ४१ सय जनालाई निस्शुल्क टि सर्ट र टोपी उपलब्ध गराईएको थियो ।

“स्वच्छ देश—स्वस्थ मधेश” भन्ने मुल नाराका साथ ‘एकताको लागि दौड’ वीरगन्ज म्याराथन २०२० को आयोजना गरिएको थियो । म्याराथन प्रतियोगिताले प्रदेश २ मा खेलकुदको विकासमा टेवा पुग्ने, नयाँ खेलाडीको उत्पादन र पहिचान, विभिन्न निकायहरु संग सम्बन्ध विस्तार हुने र प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियानमा पूर्णरुपमा सहयोग पुग्ने उद्देश्य यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

१ किलो मिटर यात्रा देखि ४२ किलो मिटर म्याराथान दौड समावेश गरिएको थियो । ज्येष्ठ नागरिक, बालबालिका, महिला एवं फरक क्षमताका प्रतियोगीहरुका लागि विभन्न १४ समुहमा विभाजन गरिएको थियो । धावकहरुको सुरक्षाका लागि एम्बुलेन्स र हेलिकप्टरसमेत परिचालन गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।