काठमाडौँ, २७ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइएको छ । पानी परेपछि निर्धारित समयभन्दा करिव साढे १ घण्टापछि मात्रै नगर परिक्रमा सुरु गरिएको थियो । त्रिपुरेश्वरबाट सुरु गरेर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे–राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै परिषद हातामा टुंगिने राखेपले जनाएको छ ।
तपाईको प्रतिक्रिया