कृष्णा यादव
वीरगन्ज, १९ माघ ।
वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
खेलको सुरुवातमा धनुषाका खेलाडीलाई पर्साका खेलाडीहरुले निकै दबावमा राखेपनि गोल भने रोक्न सकेन ।
दोश्रो हाफको चार मिनेटमा पर्साका जर्सी नम्बर ३ का सुदीप श्रेष्ठले गोल गरेपछि खेल बराबरी भएको थियो ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । पेनाल्टी सुटआउटमा धनुषा ४–२ ले विजयी भएको हो ।
पर्साका खेलाडीले पाएको पहिलो पेनाल्टीमा जर्सी नम्बर ४ का आशिष ताम्राकार र जर्सी नम्बर १० का सुनिल गुरुङले गोल गर्न चुकेपछि खेलको नतिजा धनुषाको पक्षमा गएपछी धनुषा बिजयी भएको हो ।
खेल अघी प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए । गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा कार्यक्रम भएको हो । आईतबार महोत्तरी फुटबल संघ र रौतहट पूmटबल संघबीच खेल हुनेछ । उक्त खेलमा पर्साका खेलाडी सुदिप श्रेष्ठलाई
उत्कृष्ट खेलीको उपाधी दिईएको थियो । आज भएको खेलको उदघाटन कार्यक्रममा अखिल फुटबल संघ नेपालका राष्ट्रिय अध्यक्ष कर्मा छिरिङ सेर्पालाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । उदघाटन कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री अजय चौरसिया, काग्रसका नेता अनिल रुगटा, पुर्व सांसद रामेश्वर रौनियार, पत्रकार माहासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, राजपा का नेता निजामुदिन समानी, विजय सरार्फ काग्रेसका जिल्ला सचिव श्याम पटेल लगायतकाहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया