वीरगंज २६ पुस ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जी पी प्रथम प्रदेश स्तरिय गोल्ड कपको समितिहरुको चयन गरेको छ ।
आज बसेको बैठकले माघ १८ गते देखि प्रदेश स्तरिय हुने गोल्ड कपका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आज खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको हो ।
जिपी फाउण्डेशन पर्साका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले जी पी प्रथम गोल्ड कपका विभिन्न उप समितिहरुको गठन भएको फाउण्डेशनका सदस्य धिरज कुमार गुप्ताले जनाएका छन ।
फाउण्डेशनले ५० सदस्यि मुल समितिको चयन गरेको छ । ९ उप समितिले सम्र्पुण गतिविधि तथा व्यवस्थापन मिलाउने र्निणय गरेकोृ मुल समितिका अध्यक्ष मोहम्मद शहाबुद्दिनले जनाए ।
आज बसेको बैठकले पुरस्कार तथा अतिथि सत्कार समितिको संयोजकमा मिंटु देवि सिंह ,मञ्च तथा ग्राउण्ड व्यवस्थापन समितिमा धिरज कुमार गुप्ता , र्अथ समितिमा मनोज राउत कुर्मी ,प्रचार प्रसार समितिमा शेखर छतकुली ,उप संयोजकमा इरफान अलि तथा लाल किशोर सिंह ,होटल तथा खाना व्यवस्थापन समिति सन्तोष सिंह , प्रथमिक उपचार समिति जयमोद ठाकुर , यातायात समिति जयमंगल कापर लगायतका व्यतिmहरुलाई जिम्मा लगाएको छ ।
फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा विशेष अतिथि माननिय ओम प्रकाश शर्मा , जय मंगलकापर , प्रेश युनियन र्पसाका उपाध्यक्ष शेखर छतकुली , लाल किशोर सिंह , ईरफान अलि , मनोहर साह , धिरज कुमार गुप्ता , दिलिपराज कार्की , सन्तोष सिंह , मनोज राउत कुर्मि, वडा नं १५का वडाध्यक्ष गजेन्द्र पटेल , कालु सिंह ,जितेन्द्र सिंह, शेख निजामुदिन ,कमलेश कुमार कर्ण ,कृष्ण पटेल , शेख बसरुद्दिन , धिरज राउत अख्तर अंसारी नरेन्द्र चौधरी लगायतका फाउण्डेशन पर्साका सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया