कृष्णा यादव
बीरगंज ३१ जेष्ठ
नेपाली काग्रेसका युवा नेता रामरुप कुर्मी द्धारा गढीमाई मेलामा आज देखी शुरु भएको कुस्तीको उदघाटन गर्नु भएको छ ।
नेपाली काग्रेसका माहासमिती सदस्य समेत रहनु भएका नेता कुर्मीले बीरगंज माहानगरपालिका १७ स्थित अलौंमा रहेको गढीमाई मेलाले आयोजना गरेको कुस्ती खेलको एक कार्यक्रम बिच उदघाटन गर्नु भएको हो ।
नेता कुर्मीले कुस्तीका खेलाडीहरुलाई टिका र माला लगाएर कुस्तीको उदघाटन गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै नेता कुर्मीले पर्सा जिल्लामा राष्ट्रिय स्तरका कुस्ती खेलाडीहरु धेरै मात्रामा रहे पनी सरकारले कुस्ती खेलाडी प्रती ध्यान नदिएको कारण खेलाडीहरुले आफनो बिभिन्न समस्याका देखाउदै खेल जगत छोडेर अन्य पेशा अपनाएको बताउनुभयो ।
उहाले खेलाडी राष्ट्रका गहना भएको बताउदै कुस्ती खेलाडीहरुको लागी सरकारले रोजगारीको ब्यवस्था समेत गर्नुपर्ने नेपाल सरकार संग आग्रह गर्नुभयो ।
उदघाटन कार्यक्रममा बीरगंज माहानगरपालिका २६ का वडा अध्यक्ष शम्भु मिश्रा, नेपाली काग्रेस बीरगंज १७ अलौ गाउ बुथ कमिटीका उपसभापती सन्जु छतकुली, मेला समितीका अध्यक्ष शिवनारायण मिश्रा, सचिव जितेन्द्र यादव, कोषाध्यक्ष कृष्णदेव यादव, लगायत अलौ सुगौंली लगायत का गाउहरुको भद्र भलादमीहरुको समेत उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया