कृष्णा यादव
बीरगंज २० माघ
सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको ।
सशस्त्र प्रहरी बलको बिओपी अलौले अबैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिब १ लाख ४० हजार मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बिओपी अलौको टोलीले नेपाल सरकारले प्रतिबन्ध गरेकोे कुखरा अवैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा ना ३४ प ७४०२ नम्बर भएको डिस्कभर मोटरसाईकल सहित ४० गोटा कुखुरा नियन्त्रणमा लिएको अलौ बिओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक रबि थापाले बताए ।
प्रतिबन्ध रहेको कुखुरा अवैध रुपले भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा बिओपीले अलौले पक्राउ गरी आवश्यक कारवाहीको बीरगंज भन्सारमा बुझाईएको सशस्त्र प्रहरी निरिक्षक थापाले जनाएकाछन ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध भारतिय कुखुरालाई भन्सारका कर्मचारी स्थानिय र पशु क्वाराईनटाईनको अधिकारीहरुको रोहबरमा नष्ट गरिएको छ ।
तपाईको प्रतिक्रिया