बीरगंज २५ साउन,
पर्सा प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिव २८ लाख रुपैया मुल्य बराबरको अबैध औषधी बरामद गरेको छ । बीरगंज स्थित वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले बीरगंज महानगरपालिका ३ स्थित छपकैया सडक छेउमा बेवारिसे अवस्थामा अन्दाजी करिव २७ लाख ७८ हजार ६ सय २४ रुपैया मुल्य बराबरको अबैध औषधी बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको उक्त रकम बराबरको १२ कार्टुन तचबmब कम्पनीको ( तचबmबमय िजथमचयअजयिचष्मभ अबउकगभिक क्ष् उ ) ट्रमाडोल हाईड्रोक्लोराईड क्यापसुल नामक निन्द्रा लाग्ने औषधी बिहिवार राती बेवारिसे अवस्थामा बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक निशान थापाले जनाएकाछन ।
प्रहरीले बरामद गरेको तचबmबमय िजथमचयअजयिचष्मभ अबउकगभिक क्ष्उ ट्रमाडोल हाईड्रोक्लोराईड क्यापसुल औषधी डाक्टरको पुर्जी विना कुनैपनी औषधी पसलले बिक्री बितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ भने कुनै पनी देशबाट नेपाल भित्रयाउनका लागी औषधी बिभागबाट स्विकृती लिनुपर्ने प्रावधान प्रष्ट उल्लेख रहेको छ ।
प्रहरीले बरामद गरेको उक्त अबैध औषधी आजै आवश्यक कारवाहीका लागी औषधी ब्यवस्था बिभाग शाखा कार्यालय बीरगंजमा बुझाउने तयारी भै रहेको छ भने यस वारेमा थप अनुसंधान भै रहेको प्रहरीले जनाएकोछ ।
यो प्रतिबन्धीत औषधी रातीको समयमा तस्करहरुले बीरगंज माहानगरपालिका १ स्थित छपकैयाको भकुवा नाकाबाट तस्करहरुले दैनिक रुपमा ओसार पसार गर्ने गरेको एक भरपर्दो स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया