वीरगंज, २ साउन, नेशनल मेडिकल कलेजले मिर्गौला बिरामीहरूका लागि निशुल्क लब्क डाइलिसिस सेवा शुरु गरेको छ । आज नेकपाका नेता एवं पूर्व खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रम बीच निशुल्क होमो डाइलिसिस सेवाको उदघाटन गर्दै नेशनल मेडिकल बीरगंजमा डाइलिसिस गराउने बिरामीको एक पैसा पनि खर्च नलाग्ने कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारील बताए । हाल दुइुवटा मेसिनबाट अहिले सेवा शुरु गरिएको भएपनी अगामी दिनहरुमा १२ वटा अझ डायलेसिस मेसिन थप गर्ने अन्सारीले आउने दिनमा सेवा बिस्तार गर्ने बताए ।
एकजना बिरामीमा डाइलेसिस गर्नका लागी ५ हजार खर्च लाग्ने र तीन घण्टा समय लाग्ने गरेको हुदा एक दिनमा न्यूनतम १२ जनालाई सेवा प्रदान गर्न सकिन अन्सारीले सन्चारकर्मीहरुलाई जानकारी गराएका थिए । नेशनल मेडिकल कलेजले भदौ महिना भित्र १२ वटा होम ोडाइलिसिस मेसिन राखी नेपालकै प्रदेश नम्बर २ मा सेवा किडनीका बिरामीहरुलाई डाइलिसिस सेवा प्रदान गर्ने लक्ष्य लिएको मेडिकल कलेजका एमडी अन्सारीले बताए । बीरगंजमा नेपाल सरकारको मातहतमा रहेको नारायणी उपक्षेत्रिय अस्पतालले निशुल्क डाईलेसिस सेवा मात्र दिदै आएको थियो भने अहिले बीरगंजमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजले मंगलवार देखी निशुल्क सेवा प्रदान गर्ने जनाएको छ । उक्त उदघाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुदिन अन्सरी, एमडी बसुरुदिन, चाद अन्सारी लगायतका सहभागिता रहेको थियो । यसैबीच आजैदेखि सो कलेजले अस्पतालमा निशुल्क आमा सुरक्षा कार्यक्रमको उदघाटन गरेको छ । बच्चा जन्माउनेहरूलाई सम्पूर्ण सेवा निशुल्क प्रदान गरिने सरकारको नीति र सहयोग अन्तर्गत यो सेवा प्रारम्भ निशुल्क गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया