वीरगंज ३० कात्तिक नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनले दुईजना कर्मचारीलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।
मेसु डा। इमामुलको निर्देशनमा मेडिकल ओपिडीका पियन जियालाल बैठा र गाइनो वार्डका इन्दु मिश्रालाई ठगी गरेको आरोपमा निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।
निलम्बनमा परेका दुवै कर्मचारीले चेकजाँच गर्न आउने बिरामीलाई रगत, पिसाब परीक्ष्ँण गर्न बाहिर रहेका ल्याबमा पठाएको प्रमाण भेटिएपछि मेसु डा। इमामुलले प्रशासनमार्पmत् जियालाललाई निलम्बन गरेका छन् भने गाइनो वार्डका इन्दु मिश्रलाई २४ घण्टे स्पष्टीकरण सोधेको कर्मचारी स्रोतले जानकारी गराएको छ । दुईजना कारबाईमा परेपछि अहिले अस्पतालको ल्याब, एक्सरेलगायत अन्य जाँच केन्द्रमा बिरामीहरूको भीड बढेको सूचना अधिकारी रमेश चौधरीले बताए ।
बिरामीको चाँप बढ््दै गएपछि जनशक्ति थप्ने सूचना अधिकारी चौधरीले बताए ।
नाउक्षे अस्पतालले पहिलोपटक ठगी गर्ने कर्मचारीलाई कारबाई गरेको हो । विगत लामो समयदेखि सो अस्पतालमा कार्यरत कर्मचारीहरूले अस्पताल हाताभित्र सबै चेकजाँच केन्द्र भएपनि कमिशनको लागि बाहिर पठाउने गरेको घटना पटकपटक उजागर हुँदै आएको छ ।
केही समयअघि चिकित्सकले पनि बिरामीलाई बाहिर पठाएको प्रमाण भेटिएपछि प्रहरीले कारबाई गरेको थियो । यस विषयमा मेसु डाक्टर इमामुलले आन्तरिक कारबाई गरेको भन्दै सञ्चारमा नल्याउन आग्रह गरेका थिए । प्रतिक दैनिक
तपाईको प्रतिक्रिया