वीरगंज,असोज २३ ।
तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफनो प्रथम वार्षीकोत्सवमा आज विभिन्न कार्यक्रम गरी मनाएको छ ।
तराई हस्पिटलले वार्षीकोत्सवको अवसर पारेरे रक्तदान एवम वीरगंजमा वर्षौ देखी स्वास्थ्य सेवामा योगदान पुर्याउदै आउनु भएका वरिष्ठ चिकित्शकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
अस्पताल परिसर मै विहान ७ बजे देखी सुरु भएको रक्तदान कार्यक्रममा महिला सहित ५६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा वीरगंजमा रही २ दशक देखी वीरगंजको स्वास्थ्य सेवामा अहम योगदान पुर्याउनु हने डां रामअवतार खेतान, डा.सागरमान अमात्य, डा.श्यामसुन्दर दास, डा.गोपाल प्रसाद गजुरेल, डा.जगदीश अग्रवाल, डा.मञ्जुलता अग्रवाल, डा.विर सिंह थापा र डा. विरेन्द्र कुमार झालाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये उतकृष्ट कार्य गर्ने एकजना कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको गरिनुकोे साथै एकवर्ष देखी निरन्तर अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत कदरपत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरी वार्षीकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।
अस्पतालका संचालक सदानन्द कुर्मी र रामाश्रय प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.रोशन कुर्मीले अस्पतालको अवस्था र भावी रणनितीका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको संचालन विपिन चौरसीयाले गर्नु भएको थियो भने स्वागत मन्तव्य अजय गुप्ताले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया