कृष्णा यादव
बीरगंज ४ माघ
तराई अस्पताल एण्ड रिसर्च सेन्टर प्राली बीरगंजले सबै भन्दा प्रभावकारी सेवा र एकै छानामुनी सबै सेवा दिदै आएको जनाएको छ ।
तराई अस्पतालले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालका एम डी डाक्टर रोशन कुर्मीले प्रभावकारी सेवा दिनुका साथै सामाजिक सेवालाई समेत अगाडी बढाएको बताउनुभएको हो ।
अस्पतालले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तराई अस्पतालले गरिव विपन्नहरुका लागी १५ प्रतिशत सम्मको छुट दिदै आएको एमडी कुर्मीले संचारकर्मीहरुलाई बताउनुभएको थियो ।
तराई अस्पतालले बीरगंजको अरु अस्पतालको तुल्नामा कम शुल्कमा राम्रो र सवै बिरामीहरुलाई सेवा प्रदान गरि रहेको दावी समेत डाक्टर कुर्मी गर्नुभयो ।
अस्पतालले १६ किसिमको सेवा डाक्टरहरुले एकै छानामुनीबाट एकै दिनमा सबै बिरामीहरुले सेवा पाउनुको साथसाथै पैसा र समयको बचत हुने रिसर्च सेन्टरको दावी रहेको छ ।
तराई हस्पिटलले क्षयरोगीहरुका लागी सम्पुर्ण चेकजाच निशुल्क रहेको अस्पतालका ल्याव प्रमुख डाक्टर आन्नद चौरसियाले बताउनुभयो ।
बीरगंजको अरु अस्पतालको तुलनामा तराई हस्पिटलले बीरामीहरुको कुरुवाका लागी बस्ने ब्यवस्था पनी एकदमै राम्रो गरेको छ सो अस्पतालका प्रशासकिय अधिकृत अजय गुप्ताले बताउनुभयो ।
तपाईको प्रतिक्रिया