logo

बीरगंज भन्सार र सुख्खा बन्दरगाहले दुई बर्ष देखी लगातार लक्ष्य अनुसार असुली गर्न सकेन

    7/21/2019 गते ००: ०० मा प्रकाशित   783   पटक पढिएको

कृष्णा यादव
वीरगंज५साउन 
नेपालको आर्थिक राजधानी तथा देश कै सवै भन्दा बढी राजश्व संकल्न गर्ने बीरगंज भन्सार कार्यालयले लगातार दुई बर्ष देखी लक्ष्य अनुसार राजश्व संकल्न गर्न असफल भएको छ । 
वीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७४÷२०७५ र चालु आर्थिक बर्ष २०७५÷२०७६ को दुई बर्ष देखी लक्ष्य अनुसार भन्सार राजश्व संकलन गर्न असफल भएको हो ।
 मुलुकको कुल राजशव संकलन मध्ये करिव ५५ प्रतिशत भन्दा बढी राजश्व  संकलनमा योगदान दिदै आएको बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्षको असाढ मसान्त सम्ममा लक्ष्यको ८५.९७ प्रतिशत मात्र राजश्व संकलन गर्न सफल भएको हो । 
वीरगंज भन्सार कार्यालयले आर्थिक  बर्ष २०७५÷२०७६ मा विभागले  दिएको लक्ष्य भन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजशव  संकलन गरेको गरेको छ । 
भन्सार बिभागले चालु आर्थिक बर्ष २०७५÷२०७६ मा १ खर्व ७१ अर्व ६० करोड ५८ लाख ४६ हजार रुपैया राजश्व संकलनको लक्ष्य दिएकोमा बीरगंज भन्सारले १ खर्व ४७ अर्व ५३ करोड १३ लाख ७५ हजार रुपैया मात्र राजश्व संकलन गर्न सकेको छ जुन लक्ष्यको झण्डै करिव १३ प्रतिशत कम भन्सार राजश्व असुली गर्न सफल भएको भन्सार कार्यालयका सुचना अधिकारी मणिष महतोले जानकारी दिनुभयो । 
भन्सारका सुचना अधिकारीका अनुसार चालु आर्थिक बर्ष २०७५÷२०७६ मा ठुला तथा साना सवारी साधनहरु २५ प्रतिशतले कम भित्रिएको कारण र रमेटेरियल, क्लिकर, लगायतका सामानहरुमा कमी आएको कारण पनी लक्ष्य अनुरुप भन्सार राजश्व संकलन हुन नसकेको बताउनुभयो । 
ईलेक्ट्रिक सवारी साधनमा १० प्रतिशत भन्सार कर र १३ प्रतिशत भ्याट लाग्ने गरेकोे छ भने कार जिप र भ्यानमा ८० प्रतिशत भन्सार कर र १३ प्रतिशत भ्याट लाग्ने गरेको छ भने गाडीको सि सि अनुसार ६५ प्रतिशत देखी १ सय प्रतिशत सम्म गरी भन्सार कर भ्याट र अन्तशुल्क कर लाग्ने ब्यवस्था रहेको छ । समग्रमा ठूला तथा साना सवारी साधनहरुमा २ सय ३५ प्रतिशत देखी ३ सय प्रतिशत सम्म प्रत्येक गाडीहरुमा गाडीको सि सि अनुसार कर लाग्ने गरेको । 
गत आर्थिक बर्ष २०७४÷२०७५ को एक बर्षमा भन्सार विभागले बीरगंज भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजारको लक्ष्य दिएकोमा बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष  २०७४÷२०७५ मा भने लक्ष्य भन्दा ३ अर्ब ३८ करोड ९३ लाख ८ हजार कम अर्थात् १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र उठाउन सकेको थियो । 

 त्यसैगरी सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि विगत दुई आर्थिक बर्ष देखि लगातार राजशव संकलनको लक्ष्य भेट्न असफल भएको छ ।  
बीरगंजको श्रीसिया स्थित रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक बर्षको २०७५÷२०७६ मा लक्ष्य भन्दा ३ अर्ब ८४ करोड १८ लाख ५३ हजार कम राजशव संकलन गरेको छ । 
चालु आर्थिक बर्षको २०७५÷२०७६ का लागि भन्सार विभागले सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजार रुपैया लक्ष्य दिएकोमाृ  सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक बर्षमा लक्ष्यको ८९.३६ प्रतिशत मात्र अर्थात ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजशव संकलन गर्न सकेको हो ।

अघिल्लो आर्थिक बर्ष २०७४÷२०७५ मा पनि ड्राइपोर्ट भन्सार  कार्यालयले लक्ष्यभन्दा १ अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजश्व संकलन गरेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।