logo

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

    10/18/2017 गते 00 00 मा प्रकाशित   1104   पटक पढिएको

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ। एउटा साधारण चिया पसलदेखि ठूलो राजनीतिक डिस्कोर्समा पनि यसको गठन, स्थायित्व, फाइदा, बेफाइदा र परिणाम आदि विषयमा मानिसहरूबीच विभिन्न तक–वितर्क, तथा संवाद हुने गरेको पाइन्छ। 
असाध्यै छोटो समयमा निर्माण भएको विपरीत ध्रुविकरणमा गइरहेको दलबीच गठबन्धनको मात्र नभै एकतासम्मको कुरा हुनु र सुरूवाती चरणमा नै उब्जिएको रस्साकस्सीले यो वाम गठबन्धनप्रति धेरै प्रश्न उठाएको छ। यस घटनाक्रमसँग मिल्दोजुल्दो भारतमा बनेको जनता पार्टीको इतिहास केही वर्ष अगाडिको मात्र हो। कसरी र कुन कारणले आखिरी जनता पार्टी विघटन हुन पुग्यो भन्ने पाठबाट वाम गठबन्धनले धेरै कुरा सिक्नुपर्ने छ। भारतीय लोकतन्त्रको सबैभन्दा कालो दिन— २५ जुन, सन् १९७५ किनकि यो दिनमा तत्कालीन भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीद्वारा आपतकालीन घोषणा गरिएको थियो। देशभरि सम्पूर्ण क्रान्तिको नाममा जे पी नारायण जो स्वतन्त्र भारतका लागि लड्ने प्रमुख नेतामध्ये एक थिए । को नेतृत्वमा आन्दोलन चलिरहेको थियो। आफ्नो मनोमानी ढंगले पार्टी र सरकार सञ्चालन गरेको आरोप स्वंय काँग्रेस कै नेताहरूले इन्दिरा गान्धीमाथि लगाउने गर्दथे । जे पी नारायणले एउटा भाषणमा भनेका थिए ‘आदरणीय सुरक्षाकर्मी साथीहरू तपार्इंहरूलाई गोली चलाउने आदेश आएपनि आफूले विचार गरेर सहि लागे मात्र चलाउनुहोला।’
इन्दिरा गान्धी धेरै अलोकप्रिय भइसकेकी थिइन्। साथै, इलाहावाद अदालतको आदेश पालन नगरी देशको आन्तरिक परिस्थिति बिग्रेको निहुँमा उनले आन्तरिक आपतकालीन घोषणा पनि गरिन्। स्मरण रहोस् त्यस बेला भारतमा सन् १९७१ देखि बाहिरी आपतकालीन अवस्था थियो। २३ मार्च, सन् १९७७ सम्म चलेको आपतकालमा सबै विपक्षी नेताहरूलाई जेलमा हालिएको थियो। 
आपतकालीन अवस्थाको अन्त्यको घोषणासहित भारतमा लोकसभा चुनावको घोषणा भयो। त्यो बेला भारतमा माहौल यस्तो थियो कि जनताहरूले फेरि स्वतन्त्रता पाएको जस्तो महशुस गरेका थिए। जनताको इन्दिरा गान्धी र काँग्रेस ९आर० प्रतिको आक्रोशलाई मतमा एकजुट गर्न आन्दोलनको नेतृत्वकर्ता जे पि नारायणको संरक्षणमा मुरारजी भाइ देसाईको अध्यक्षातामा तत्कालीन भारतीय जनसंघ ९हालको भारतीय जनता पार्टी सोसिलिस्ट पार्टी, लोक दल, काँग्रेसबाट टुक्रिएको काँग्रेस ओ तथा अन्य साना दल मिलेर जनता पार्टीको निर्माण भयो। त्यसबेला चर्चित नारा थियो— ‘सिंहासन खाली करो कि जनता अरीहे।’ नभन्दै चुनावको परिणामले यहि देखायो जनता पार्टीले एक्लैले २९५ सीटसहित बहुमत ल्यायो भन्ने काँग्रेसको जम्मा १५४ सीटमा चित बुझाउनु पर्‍यो।
उत्तर भारतमा काँग्रेसले एक सीट पनि ल्याउन सकेन। यतिसम्म कि इन्दिरा गान्धी र उनका छोरा सञ्जय गान्धीले पनि आफ्नो सीट जोगाउन सकेनन्। जनता पार्टीमा विवादको सुरूवात प्रधानमन्त्री चयन प्रक्रियादेखि हुन थालेको थियो। मुरारजी भाइ देसाई, चौधरी चरण सिंह र जगजीवन राओ प्रधानमन्त्री पदका प्रमुख दाबेदार थिए। जे ।पी नारायणको प्रस्तावमा मुरारजी भाइ देसाईलाई प्रधानमन्त्री बनाउने निर्णय गरियो। उनी नेहरू पछि नै प्रधानमन्त्री बन्न चाहन्थे। यो सँगै उनी भारतको प्रथम गैर काँग्रेसी प्रधानमन्त्री बन्न सफल भए।
भनिन्छ— सत्ता पुग्न जति गाह्रो हुन्छ, त्यो भन्दा धेरै गाह्रो त्यहाँ पुगेपछि सहि काम गर्न हुन्छ। त्यस्तै परिस्थिति आयो जब जनता पार्टीको सरकार गठन भयो। जनताको काम र देश विकासभन्दा पनि जनता पार्टीको सरकार इन्दिरा गान्धीलाई कसरी आपतकालीनको बेला दिइएको दुःखको सजाय दिनुपर्छ भन्ने तिर लाग्यो। फलस्वरूप प्रधानमन्त्री मुरारजी भाइ देसाई र गृहमन्त्री चौधरी चरण सिंह बीच इन्दिरा गान्धीको विषयलाई लिएर विवाद उत्पन्न हुन थाल्यो।
इन्दिरा गान्धीलाई जनताले चुनाव मार्फत सजाय दिएकोले केही गर्नुहुन्न भन्ने थियो। उता गृहमन्त्री भने स्पेसल कोर्ट बनाएर इन्दिरा गान्धीलाई सजाय दिनुपर्छ भन्नेमा थिए। यसरी एक वर्ष बित्न लाग्दा पनि काम गर्न छोडेर जनता पार्टी विवादमा अल्झियो। मतभेद तब उत्कर्षमा पुग्यो जब राज नारायणले जनसंघमा लागिरहेको दोहोरो सदस्यको सानो झिल्कोलाई विवादको ठूलो आगोमा परिणत गर्न सफल भए। यो योजना संजय गान्धीको भित्री रणनीति अनुसार राज नारायणले अगाडि बढाएका थिए । जनता पार्टीको सरकार ढाल्न सके चौधरी चरण सिंहलाई प्रधानमन्त्री बनाइदिने काँग्रेसले आश्वासन दिएको थियो। अचम्मको कुरा के छ भन्ने राज नारायण तिनै व्यक्ति थिए जसले इन्दिरा गान्धीलाई चुनावमा हराएका थिए।
आपसी मतभेद यति बढ्यो कि चौधरी चरण सिंह र राज नारायणलाई मन्त्री पदबाट राजीनामा दिन बाध्य पारियो। तर पनि जनसंघको समर्थनमा सरकार टिक्यो र दुईजना मन्त्रीलाई फेरि पदमा पुर्नबहाली गरियो। जनसंघको दोहोरो सदस्यको निहुँमा पार्टी छोड्न बाध्य गरियो र चौधरी चरण सिंह आफू प्रधानमन्त्री बन्न मुरारजी भाइ देसाई यानकि आफ्नै पार्टीको सरकार ढाल्न सक्रिय भए। चौधरी चरण सिंह समर्थक सबैले मन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाए।
काँग्रेसले योजनाबद्ध रूपमा अविश्वासको प्रस्ताव ल्यायो र जनता सरकारको प्रधानमन्त्रीले यसमा छलफल हुनुभन्दा अगाडि राजीनामा दिए। जनता पार्टीको अन्त्य यहिबाट भयो, जसबाट अरू विभिन्न राजनीतिक पार्टीको जन्म भयो।
अन्त्यमा, वाम गठबन्धन बन्नु आफैँमा सकारात्मक पाटो हो जसले नेपाली राजनीतिमा नयाँ आयाम ल्याएको छ। यसले एउटा नयाँ सम्भावनासँगै चुनौती पनि लिएर आएको छ। गठबन्धन राजनीतिको चरण पार नगरि एकताको चरणमा जाँदा केही अफ्ठ्यारो होला। त्यसैले यो वाम गठबन्धनले जनता पार्टीको टुटफुट र विवादको पाठबाट धेरै सिक्नुपर्छ। भोलिको दिनमा पदको लागि भन्दा पनि देश र जनताको हितमा काम गर्न अग्रसर रह्यो भन्ने वाम गठबन्धनको सार्थकता रहने छ। साभार सेतोपाटी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।