अजय प्रजापति
वीरगंज, ४ भदौ ।
दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ ।
बजेट विनियोजन, शिक्षा यातायात देखि लिएर हुँदा हुँदै अब कोरोना माहामारीको नियन्त्रणमा समेत यो प्रदेशलाई पछाडी पारिएको छ । हेपिएको अनि चेपिएको देखिन थालिएको छ । आखिर किन त,
कोरोना समस्या पर्सा बासीहरुको लागि मात्र हो जस्तो, अर्थात २ नं प्रदेशका लागि मात्र हो कि सिंगो राष्टको समस्या हो भन्ने जस्ता प्रश्नहरु हिजो आज जनताहरुले गर्न थालेका छन् ।
यहाँका शासक प्रशासक देखि लिएर जनप्रतिनिधिहरु समेत यसका लागि जिम्मेवार छन्, जुन गतिले कोरोना फैलिरहेको छ जुन गतिले मृतकहरुको संख्या बढीरहेको छ यदी यस्तै गति विद्यमान हुने हो भने कोरोना भेक्सिन आईपुग्दा नपुग्दै यहाँका आधा जनसंख्या समाप्त भएर जाने त्रास डरलाग्दो देखिएको छ ।
बोर्डरमा लापरवाही, बजारमा लापरवाही, कोरोना अस्पतालको अभाव, भ्रष्टाचार जनप्रतिनिधिहरु उदासिन हुनु अनि अस्पतालमा ठाउँ नभएर घरमै रोगीहरुलाई थुपार्नु, कोरोना रोगीहरु बजार बजारमा देखा पर्नु, हुँदा हुँदै पिसिआर मेशिन समेत भरपर्दो नभएपछि पर्साबासीमा ठुलो त्रास छाएको छ, यसको जिम्मेवार को हुने ।
गत आषाढको दोस्रो सातातिर मन्त्रालयले गुणस्तरहीन किट पठाएपछि नारायणी अस्पतालको पिसिआर मेशिन बन्द गरिएको थियो । गलत रिपोर्ट आउन थालेपछि उक्त मेशिन बन्द गरिएको अस्पतालले बताएको थियो । गत साता त्यस्तै गरी २ चार जनाले यहाँ चेक गराउँदा रिपोर्ट नेगेटिभ आयो तर काठमाण्डौमा चेक गराउँदा त्यहाँ रिपोर्ट पोजिटिभ आएपछि उनीहरु काठमाण्डौमै उपचार गर्दैछन् ।
कोरोना महामारीले अब भोकमरीको दिन शुरु हु्ँदैछ, व्यापार उद्योग लगायत आर्थिक अवस्था शुन्यमा झरेकै छ, त्यसमाथि आत्महत्या, डिप्रेशन, पागलपन र अन्य रोग लागेर जनताहरु प्रताडित भइरहेको यस्तो भयावह अवस्थामा पर्सामा आउनु भएको नयाँ प्रजिअ आस्मान तामाङ्गले सेना नै लगाएर कोरोना नियन्त्रण गर्न खोज्नु जनतामाथि थप पिडा थप्नु हो ।
यस्तो संवेदनशिल अवस्थामा शासक, प्रशासक कठोर बन्नु हुँदैन । यस्तो अवस्थामा भरपर्दो विकल्प दिएर बिस्तारै जनताको घाउँमा मलहम लगाउँदै अघि बढ्नु पर्छ । हो १० देखी १५ दिन कठोर बनेर, कुटेर, ली प्रहार गरेर समस्याको समाधान हुन्छ भने जस्तो सुकै कठोरता भोग्न पनि यहाँको जनता तैयार छन् । तर त्यस्तो कठोरताले समस्या सुल्झनुको साटो झनै बल्झेर जानेछ, स्थिती झनै डरलाग्दो हुनेछ र अन्तमा हात लाग्यो “शुन्य” मात्र हुनेछ । यसको ज्वलन्त प्रमाण चारैतिर भताभुङ्ग नै हो । अर्थात माथि भनिए झै खुल्ला बोर्डर देखि पिसिआर मेशिनको हविगत अस्पतालमा बेडको अभाव, आईसियु भेन्टिलेटरको त कुरै छाडौ । अनि प्रजिअ साहेबसंग जादुको छडी भएको भए अर्कै कुरा हुन्थ्यो ।
को कहाँ चुक्यो अहिले,
यस्तो कुरा निकालेर माहौल झनै बिग्रेर जानेछ । किनकी यहाँ सबै चुकेका छन्, सबैलाई यो दोष जान्छ । सबै मिलेर यो महामारीबाट निजात पाउन अत्यन्त प्रभावकारी वैज्ञानिक नीति अविलम्बन गर्न ढिलाई गर्नु हुँदैन ।
अब लकडाउन र निषेधाज्ञाले समस्याको समाधान हुने कुनैै छाटकाट देखिदैन । यसको लागि भरपर्दो विकल्प दिएर अगााढी बढ्न जरुरी छ । २ नं प्रदेश पनि राष्टकै अंग हो, शरीरको एउटा अंगमा पनि रोग लाग्यो भने त्यसको पिडा सारा शरीरलाई हुन्छ भन्ने संवेदनशिल विषय विशेष गरी केन्द्र बुझ्न जरुरी छ । होईन भने हेपाई र चेपाईमा पार्न खोज्दा खोज्दै २ नं प्रदेश मात्र होइन सिंगो देश नै कोरोनाको भूमरीमा फस्न बेर लाग्दैन । साभार न्यु आजतक दैनिक
तपाईको प्रतिक्रिया