चन्द्रकिशोर
बारा–पर्सासँग जोडिएको सीमावर्ती भारतीय जिल्ला चम्पारण हो । चम्पारण विहार राज्यमा पर्छ । यतिखेर विहार राज्यभरि बडो भव्यताका साथ महात्मा गाँधीको चम्पारण आगमन र त्यहाँ उनले गरेको ‘सत्याग्रह’ प्रयोगको शताब्दी वर्ष मनाइँदैछ । गाँधी जुन–जुन तिथिमा पहिलोपटक पटना पुगे, त्यस उप्रान्त मुजप्mफरपुर र मोतिहारी पुगे, ती सबै ठाउँमा त्यही वार पारेर राजकीय समारोहको आयोजना भइराखेको छ । ती ठाउँहरूमा गाँधी पुग्दा जसरी स्वागत गरिएको थियो, त्यसैको नाट्य रूपान्तरण यतिखेर पनि मञ्चित गरिंदैछ । कतिपय ठाउँमा राज्यका मुख्यमन्त्री नीतीश कुमार स्वयम् ती समारोहका साक्षी हुन पुगेका छन् । राज्यबाट बाहिरिने अखबारहरूमा चम्पारण, गाँधी र उनको सत्याग्रह प्रयोगबारे दिनहुँ विस्तारमा सामग्रीहरू छाप्ने गरिएका छन् । गाँधीको चम्पारण आगमन दक्षिण अफ्रिकाबाट भारत फर्केको दुई वर्षपछि भएको थियो । भारत फर्केलगत्तै उनका राजनीतिक गुरु बालकृष्ण गोखलेले आप्mनो मुलुकको यात्रा गर्न सुझाएका थिए । यस अवधिभित्र गाँधीले पूरै भारतको दौडाहा गरे र भारतको भुइँ–सतहको यथार्थ र मनोविज्ञान बुझ्ने कोशिश गर्दै रहे । यही क्रममा चम्पारणका किसान नेता राजकुमार शुक्लाको विशेष प्रयत्नमा उनी चम्पारण आइपुगेका थिए ।
महात्मा बन्ने बाटो
भारतका प्रथम राष्ट्रपति डा। राजेन्द्र प्रसादले आप्mनो पुस्तक ‘चम्पारणमा महात्मा गाँधी’मा विस्तारमा उनको यात्राको ऐतिहासिकताबारे लेखेका छन् । चम्पारणको भूमि अत्यन्त उब्जाउ थियो । त्यहाँ अङ्ग्रेजहरूले किसानहरूलाई आप्mनो खेतको एक तिहाइ हिस्सामा नीलको खेती गर्नुपर्ने बाध्यात्मक अवस्था खडा गरेका थिए । जसलाई ‘तीन कठिया प्रथा’ भनिन्थ्यो । यस प्रथामार्पmत् अङ्ग्रेजहरूले त्यस क्षेत्रका जनतामाथि व्यापक शोषण र आतङ्क मचाएका थिए । भयको माहोल चारैतिर व्याप्त थियो । भयङ्कर गरिबी र असमानता त्यहाँको वास्तविकता थियो । राजकुमार शुक्लाले गाँधीको दक्षिण अफ्रिकाका प्रयोगहरूबारे केही सूचना पाएका थिए । त्यसैले उनलाई विश्वास थियो, गाँधी आएपछि उनले त्यसको निवारणका लागि इमानदार प्रयत्न गर्नेछन् ।
उसो त त्यसभन्दा पहिले पनि शुक्लाले केही अन्य व्यक्तिलाई गुहार लगाएका थिए । तर त्यो उपलब्धिमूलक हुन सकेन । भनिन्छ, जिद्दी र भरोसा मिलेर ठूलो शक्ति सञ्चय गर्छ । यस्तै अवस्था गाँधीलाई चम्पारण बोलाउन शुक्लामा देखिएको थियो । अन्ततः अप्रिल १९१७ मा गाँधी चम्पारण आए । त्यसभन्दा पहिले उनलाई चम्पारणबारे शुक्लाको भनाइबाट मात्र थाहा थियो । भनिन्छ, गाँधीको महात्मा बन्ने यात्राको जग चम्पारणमैं स्थापित भएको थियो । गाँधी विहार आएर आपैंmलाई खोजे र विहारले पनि गाँधीलाई प्राप्त गरेर आपैंmभित्र नियाल्यो । चम्पारणका नीलखेती गर्ने किसानहरूको समस्यालाई लिएर भारतभित्र उनले पहिलो सत्याग्रहको प्रयोग गरे, जुन सफल भयो । जसले गर्दा गाँधीलाई भारतीय राजनीतिको एउटा शक्तिको रूपमा स्थापित गरायो ।
साधारण काम
गाँधी ससाना देखिने कामहरू गर्दथे, तर काम इमानदारीपूर्वक गर्दथे, जसले गर्दा त्यसले असाधारण परिणाम ल्याउँथ्यो । र, इतिहासमा गाँधीको तर्पmबाट रचनात्मक हस्तक्षेप खडा हुन्थ्यो । हो पनि महानताको बोझले जीवनलाई अस्वाभाविक र मानिसलाई कृत्रिम बनाइदिन्छ । त्यसको तुलनामा साधारण जीवन र साधारण देखिने कामहरू निर्णायक हुन्छन् । गाँधीको कथनी र करनीमा भिन्नता थिएन । उनी जे भन्थे, त्यही गर्थे र जे गर्थे, त्यही भन्थे । भनाइ र गराइबीच सामञ्जस्यताको असम्भव प्रयोगलाई गाँधीका सहज व्यवहारले मूर्तरूप दिएको थियो । त्यसैले उनी भन्ने गर्दथे– “मेरो जीवन नै मेरो सन्देश पनि हो ।”
गाँधी चम्पारण आउँदा धोती, अचकन र कठियावाडी पगरी लगाएर आएका थिए । तर फर्कंदासम्म उनी आप्mनो बहुचर्चित परिधानमा आइसकेका थिए । अर्थात् आधा जीउ ढाकिएको परिधान मात्र उनले लगाउन थालेका थिए । भनिन्छ, गरिब किसानहरूको समस्या बुझ्ने क्रममा उनी गाउँगाउँ चहार्दै गर्दा एउटै घरकी तीनजना महिला पालैपालो उनीसमक्ष आउने कारण घरमा एकै थान साडी रहेको उनले थाहा पाए । त्यस उप्रान्त उनले आप्mनो परिधानमा मितव्ययिता शुरू गरे । गाँधीको सत्याग्रहको प्रयोग भारतको अत्यन्त चेपिएको क्षेत्र चम्पारणबाट शुरू भयो । जहाँ चरम अभाव र व्यापक अशिक्षा थियो । उनको साधनाले के देखाउँछ भने गाँधीको प्रयोग बुझ्न गाँधीवादको विद्वान् नै हुनुपर्छ भन्ने छैन । हिंसाको बाटोको तुलनामा अहिंसाको बाटो हिंड्न धेरै साहसको आवश्यकता पर्छ । अहिंसाले व्यक्ति–प्रकृति तथा व्यक्ति–व्यक्तिबीच सम्बन्धलाई रचनात्मक ढङ्गबाट परिभाषित गर्ने आधार खडा गर्छ । गाँधी भन्ने पनि गर्दथे– “सत्यप्राप्तिका लागि अहिंसा नै मेरो जीवनको बाटो हो ।” उनी व्यक्तिगत र सार्वजनिक जीवनमा सत्यको प्रयोगप्रति इमानदार रहे ।
निर्भयता पहिलो सर्त
किसानहरूका क्षेत्रीय सवाललाई लिएर तत्कालीन ब्रिटिश इन्डियाको सत्तामा हलचल मचाउन चम्पारणको प्रयोगले गाँधीलाई साथ दिएको थियो । उनले किसानहरूमाझ सघन यात्रा गरे, प्रतिवेदनहरू तयार गरे, अदालतमा आपैंm बहस गरे, चम्पारणमा रचनात्मक क्रियाकलापको थालनी गर्न भारतको विभिन्न हिस्साबाट प्रतिबद्ध कार्यकर्ताहरूलाई बोलाए र स्वयम् विहारका पनि त्यतिखेरका विभिन्न व्यावसायिक व्यक्तिहरूलाई आप्mनो सामाजिक आन्दोलनमा समाहित गराए । हेर्दाखेरि चम्पारणमा गाँधी एउटा प्रयोग गर्दै थिए तर कालान्तरमा त्यस प्रयोगले पूरै भारतीय राजनीतिको मानस तयार ग¥यो । आम मानिसमा ब्रिटिश सत्ताप्रतिको डर हराएर गयो । जनमानसमा निर्भयताको विस्तार गर्ने खुबी गाँधीले देखाए ।
त्यसैगरी, चम्पारणको प्रयोगले के देखाउँछ भने स्थायी सत्तासँग जुध्न ठूलै राष्ट्रिय मुद्दा चाहिन्छ भन्ने छैन । एउटा क्षेत्रविशेषको सवालको उठानले सफलता पाइयो भने त्यस सफलताले उच्चतम लक्ष्यप्राप्तिका निमित्त खुड्किलाहरू तयार गर्छ । त्यतिखेर पनि गाँधीलाई किसानहरूको सवालमा न अल्झिनु भन्ने सुझाव नआएको होइन । विहारकै ती व्यक्तिहरू, जो पछि भारतका राष्ट्रपति वा प्रदेशका मुख्यमन्त्री बने, उनीहरूले आप्mनै प्रदेशका सवालहरूको गुरुत्व ठम्याउन नसक्दा त्यसलाई पन्छाउने गरेका थिए । तर गाँधीले सानो सुइँकोबाट भविष्यको सम्भावना आकलन गर्न थालेका थिए । र, तीभित्र भारतमा आप्mनो सेवाको साझेदारी ठम्याउन पुगेका थिए । अर्थात् सामाजिक जीवनमा साधारण मुद्दा वा साधारण परिस्थितिको माझबाट पनि असाधारण महŒवका उपलब्धिहरू आर्जन गर्न सकिन्छ भन्ने कुरा गाँधीको चम्पारण प्रयोगबाट सिकिन्छ । जब कुनै पनि प्रकारको भय वा त्रास मान्छेको मनमा रहन्छ, उसले कथनी र करनीमा सन्तुलन ल्याउन सक्दैन । न प्रतिबद्धता गरे अनुसार परिवर्तनका निमित्त आपूmलाई तयार पार्न सक्छ ।
यथावत् किसानको सङ्कट
अहिले पनि त्यतातिर चर्चा चल्ने गर्छ, ‘आखिर विकल्प गाँधी नै हो’, ‘आऔं गाँधीतिर फर्कौं’ । चम्पारणमैं यतिखेर मोतीहारी चिनीमिलका किसानहरूले आत्मदाहको प्रयत्न गरेका छन् । भूमिहीनहरूले यसै महिना सत्याग्रहको घोषणा गरेका छन् । सय वर्षपछि पनि चम्पारणका किसानहरूको अवस्था बेहाल छ । हो, यतिखेर नीलखेती हुँदैन, अङ्ग्रेजहरू फर्किसकेका छन् । तर स्वतन्त्र भारतको सात दशकको यात्रापश्चात् पनि खेती किसानी न सम्मानित पेशा बन्न सकेको छ, न समृद्धिको आधार नै । गाँधीको नाम लिएर कर्मकाण्डभैंm केही उत्सव गरिन्छ, सत्ता–राजनीतिबाट आप्mनो अनुहार चोख्याउने प्रयत्न गरिन्छ । तर आम मानिसको सवाल र सरोकार ज्यूँका त्यूँ रहन्छ । यतिखेरको राजनीति प्रचार र आडम्बरमा सीमित हुन पुगेको छ । ‘कोभन्दा को बढी’ अभिनय कौशल देखाउन सक्छ, त्यसैमा पक्ष र प्रतिपक्षको प्रतिस्पर्धा छ । यस्ता समारोहहरू फगत बिकाउ धन्धा बनेका छन् ।
अहिले त्यहाँको राजनीतिले समारोह गर्न ‘इभेन्ट म्यानेजमेन्ट’को बन्दोबस्ती गर्ने गरेको छ । कुन समारोहमा कस्तो परिधान लगाउने र के कस्ता नयाँ शब्द सृजना गर्ने त्यसको सुझाव लिन्छन् । उन्माद र आवेग खडा गरेर जनमत आकर्षित गर्र्न ‘छोटो बाटो’ जो रोजिएको छ । इतिहासका पात्र र घटना आपूmअनुकूल हुने गरी सम्झना गर्ने र त्यो स्मृतिको ऐनामा आप्mनो अनुहार उज्यालो देखाउने मनसुवा बाक्लो भएको छ । यी परिघटना चम्पारणको परिप्रेक्ष्यमा देखिए पनि यो प्रवृत्तिको पैmलाव वैश्विक भएको छ । यहींनिर गाँधीको एक्लोपन अतीतको नग्न सत्य बन्न जान्छ । पतनगाथाको नयाँ अध्याय प्रत्येक दिन लेख्ने उपक्रम हुँदैछ र गाँधीको नाम लिएर वर्तमानका सङ्कटहरूबाट अहिलेको राजनीति जोगिंदै गएको भ्रम छ ।
छोटे गाँधी
कतिपयले भन्छन्– गाँधीको बाटो असम्भव छ । अहिलेको परिवेशमा गाँधीलाई फगत किताबमा पढ्नु राम्रो लाग्छ । कसैले भन्छ– ब्रिटिश इन्डियाको तत्कालीन कालखण्डमा मात्र गाँधी सफल हुन पाए, आज गाँधी ज्यूँदो भएको भए उनी निराश र थकित हुन्थे । हो, निश्चितरूपमा मृत्युपर्यन्त बहुआयामिक प्रयोगबाट सत्यको साक्षात्कार गर्ने कटिबद्धतामा रहेका गाँधीको विराट् व्यक्तित्व निर्माण हुन गएको हो । अहिले ती सबै बहुआयामिकतालाई एकैपटक साधना गर्न सम्भव छैन । तर जुन प्रतिकूलतामाझ गाँधीले आप्mनो कथनी र करनीमा इमानदारिताको निर्वाह गरे, त्यसैगरी ससाना काम र परिस्थितिमाझ पनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले व्यक्तिगत जीवनमा पनि त्यस्तै इमानदारिताको प्रयोग गर्नु असम्भव छैन । गाँधीको प्रयोगले देखाउँछ कि ती प्रयोगहरूको साधना सम्भव छ ।
गाँधी रातारात महात्मा बनेका होइनन् । अत्यन्त कठिन परिस्थितिमाझ उनले प्रदर्शन गरेका प्रतिबद्धता, निरन्तरता र आपैंmप्रतिको कठोरताले त्यस्तो व्यक्तित्व निर्माण हुन पुगेको हो । अहिले पनि गाँधीको असम्भव मानिने प्रयोग गरेर सार्थकता पाउन सकिन्छ र ‘छोटे गाँधी’को रूपमा आप्mनो क्षेत्रविशेषमा रचनात्मक परिवर्तन ल्याउन सकिन्छ । साभार प्रतिक दैनिक
तपाईको प्रतिक्रिया