ओमप्रकाश खनाल
अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन । पटकपटक आप्mनै रवैयाका कारण आलोचकको निशानामा पर्दै आएका देउवा एक व्यक्ति मात्र होइनन्, देशको कार्यकारी प्रमुख हुनुका कारण उनको बोली, व्यवहार, आचरण र हाउभाउले विश्वसामु सिङ्गो नेपाल र नेपालीको गरिमा प्रभावित भइराखेको हुन्छ । यो हामीमा मात्र लागू हुने विषय पनि होइन, विश्व राजनीतिक आयाम र अभ्यासले स्थापित गरेको सत्य यही हो । त्यसैले औसत नेताले शब्द तौलिएर बोल्छ ।
कूटनीतिक चातुर्यले नेतृत्वको कुशलता प्रदर्शित हुन्छ । विडम्बना, सत्ता र शक्तिका निम्ति ‘त्वम् शरणम्’लाई मूलमन्त्र बनाएका हाम्रा राजनीतिक अगुवाले कुन ठाउँको महŒव के हो रु के बोल्नु हुन्छ र हुँदैन रु भन्ने हेक्का राख्नसमेत आवश्यक ठान्दैनन्रजान्दैनन् । र, उपहासको पात्र मात्र बन्दैनन्, देशवासीलाई नै लज्जित तुल्याउँछन् । शेरबहादुर देउवा मौजुदा रमिताको प्रमुख पात्र मात्रै हुन् । ओज तलमाथि भएपनि औसत राजनीतिक नेतृत्वको आचरण उस्तै हो । केही पहेली बाहिर आउँछन्, कतिका कर्तुत गुपचुप रहस्यमैं रहन्छन्, फरक यति हो । अचाक्ली राष्ट्रवाद र असीम देशप्रेम सत्तास्वार्थका अगाडि कसरी पग्लिएका र शक्तिका अघिल्तिर लम्पसार परेका छन् भन्ने उदाहरण खोज्न धेरै दिमागी कसरतको खाँचो पर्दैन । विगतमा पर्दापछाडि हुने गरेका खेललाई अहिले पर्दाले छोप्न छोडिसकेको छ । बरु विगतमा हस्तक्षेपका नग्न प्रहसन कमै देखिन्थेरसुनिन्थ्ये । अहिले सार्वजनिक सञ्चारको तीव्र विस्तार र उपयोगले जनतालाई नेतृत्वको मनोवृत्ति र कुत्सित अभीष्टबारे ज्ञान राख्न त्यति असजिलो छैन । सूचना र प्रविधिले विश्वलाई साँघुरो घेरामा सीमित तुल्याइदिएको छ । तर नेतृत्वले भने आम सरोकारका अपेक्षा र प्रतिक्रियालाई पूर्ण बेवास्ता गरिराखेको छ । परिणाम, पाइलैपिच्छे अलोकप्रिय पदचाप प्रकट भइराखेका छन् ।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि न्यूनतम कूटनीतिक सीमा र मर्यादालाई समेत सरोबरी तुल्याइएको छ । निकट छिमेकी देश हाम्रा आन्तरिक मामिलामा यसो गर, उसो नगर भनेर आदेश फर्मान गर्छन् । आज्ञाकारीहरूले आनाकानी गरे त्यसको परिणाम भोग्न तयार हुनुपर्दछ । संविधान जारी हुँदै गर्दा भारतीय संस्थापनले देखाएको नाङ्गो नाच र त्यसपछिका परिदृश्य ओझेलमा परेका छैनन् ।
औपचारिक फोरमहरूमा विशिष्ट सम्बन्धको जति नै भजन गाए पनि नियत उदाङ्गो भइसकेको छ । र, यसले उत्पादन गरेका दरार र खाडलको परिपूर्ति विशिष्टताको मन्त्र जपेर सम्भव छैन । तैपनि भक्तहरू स्तुति गाउन छोड्दैनन् । मानौं, भजनकै भरमा राजनीतिक अभीष्ट र सत्ताको दुनो सोभ्mयाउन सकिन्छ । भन्नलाई यिनीहरू नेपाली जनतालाई सार्वभौमसत्ताको मालिक भन्छन्, तर वास्तविक मालिक अरूलाई नै ठान्छन् । अहिलेका होनहार लोकतन्त्रवादीहरू मालिकका अघिल्तिर को कतिसम्म्म लम्पसार पर्न सक्छन् भन्ने होडबाजी नै देख्न पाइएको छ । आवरण मात्रै फरक हो, आचरण एकैजस्तो छ । अहिलेका खाँटी लोकतन्त्रवादीको असली प्रवृत्तिको आलोचना गर्ने जो कोही आपूmलाई परिवर्तनको एकल ठेकेदार सम्झिनेहरूको आँखामा प्रतिगामी करार हुन सक्छन् । किनभने जनताको नाममा राजनीति गर्नेहरू जनस्तरका असली कुरा सुन्ने र मनन् गर्ने हिम्मत राख्दैनन् । सत्य स्वीकार्ने र रूपान्तरणको परिपाटी राजनीतिमा हुन्थ्यो त नेतृत्व जनताबाट यति धेरै आलोचित हुनै पर्दैनथ्यो । हुँदाहुँदा आज अवस्था यस्तो भइदिएको छ, यो मेरो नेता भनेर गर्व गर्न लायक एक थान राजनीतिक प्राणी भेट्टाउन कठिन छ । राजनीतिक आग्रहबाट ओतप्रोत झुन्डको बुझाइ अलग हुन सक्छ । यस्तो किन हुन्छ रु उत्तर स्पष्ट छ, राजनीति जनताबाट विमुख हुँदै गइराखेको छ । नेतृत्वको शैली हेर्दा लाग्छ, लोकतन्त्रको आवरणमा देशमा निरङ्कुशतन्त्रको नमूना अभ्यास जारी छ । देशमा विधि, विधान, कानून सबै छन् । कार्यान्वयन र सन्तुलनका अङ्ग पनि छन् । तर दलीय स्वार्थ मिल्यो भने ती सबै पङ्गु बनाइन्छन् । प्रकारान्तरले देश विधि–प्रक्रियाबाट होइन, दलका टाउकेहरूको सिन्डीकेटले चलाइराखेको छ । एकपछि अर्को भ्रष्टाचार र बेथितिका निकृष्ट नमूना बाहिर आइराखेका छन् । मिडिया, नागरिक समाज र सचेत जनताले यस्ता अराजकताविरुद्ध आवाज उठाउन छोडेका छैनन् । नेतृत्व मौन समर्थनमा मात्र छैन, कतिपय बेथितिलाई विधि मिचेर वैधानिकता दिन उद्यत् छ । सत्ताको हिसाबकिताबमा चारतिर फर्किनेहरू स्वार्थ मिल्नेबित्तिकै एकै ठाउँमा जोडिएका उदाहरण बग्रेल्ती भेटिन्छन् । राजनीतिले जब जनताको अपेक्षालाई उपेक्षा गर्छ, त्यतिखेर नेतृत्वले पनि जनताबाट सम्मान होइन, अपेक्षा राख्ने भनेको अपमान मात्रै हो । कुनै बेला आप्mनो ज्यानको प्रवाह नगरी नेताको सुरक्षामा तैनाथ हुने कार्यकर्ताबाटै नेता कुटिनुपर्ने अराजक विडम्बना यसै बनेको होइन । सत्य तीतो हुन्छ, शेरको छाला ओढ्दैमा स्याल शेर बन्दैन । राजनीतिक परिवर्तनले सत्ताको स्वरूप मात्र फेरिदियो । नेतृत्वको आचरण बदलिएन । राजाको आसनमा राष्ट्रपतिलाई राखियो । सत्ताभोगमा पात्र परिवर्तन भयो, तर शैली उस्तै रह्यो । आज मुलुक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा गइसकेर पनि शासनसत्तामा सीमित नेतृत्व र तिनका आसेपासेको मोजमस्तीबाहेक एउटा आमजनताले अनुभूत गर्ने खालको परिवर्तन के भएको छ रु किन्तु परन्तु नजोडीकन कुनै पनि लोकतन्त्रका ठेकेदारले यसको सीधा उत्तर दिने सामथ्र्य राख्छ रु कदापि सक्दैन ।
लोकतान्त्रिक गणतन्त्र आपैंmमा खराब व्यवस्था हुँदै होइन । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । तर यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने जिम्मेवारी लिएर बसेका ठालूहरूको तालुमा आलु फलाउने उद्यम मात्र बन्यो । यसले व्यवस्थाको गरिमा र अभीष्टमैं सन्देह पैदा गरिदिएको छ । अनेक आवरणमा जनताको आकाङ्क्षा कुल्चिएका मात्र छैनन्, नाइकेहरूको मनोमानीबाट सचेत नागरिक लज्जित हुनुपर्ने दुर्भाग्य छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसितको संयुक्त पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति यतिखेर आलोचनाको चुलीमा छ । यो देश र जनताभन्दा सत्ता राजनीतिका निम्ति दृश्यरअदृश्य सरोकारप्रति अतिआशक्तिको उपक्रम मात्रै हो । एकातिर ९० प्रतिशत मतले संविधान ल्याएको भन्ने अनि १० प्रतिशतको अडानलाई स्वीकार्यता र कार्यान्वयनको कसी ठान्ने सोच आपैंmमा विरोधाभासको पहेलीबाहेक केही होइन ।
अपवादबाहेक भारत आपैंm विगतको गल्ती सच्याउने मुडमा प्रकट भइराखेका बेला हाम्रा प्रधानमन्त्रीको अभिव्यक्तिले सीमित असन्तुष्टिलाई लिएर भारतले संविधानमा राखेको अडान अनुमोदन गरेजस्तो देखिएको छ । भारतले संशोधनको कुरै नकोट्याएका बेला हाम्रा प्रधानमन्त्रीले संशोधनमार्पmत् सर्वस्वीकार्यताको प्रतिबद्धता जाहेर गर्नु असान्दर्भिक मात्र थिएन, यो अभिव्यक्ति आपैंmमा अपरिपक्व कूटनीतिको उत्पादन पनि हो । प्रधानमन्त्रीको अभिव्यक्ति भारतीय संस्थापन रिझाउने उपाय पनि हुन सक्छ । खासमा अहिलेसम्म हाम्रा प्रधानमन्त्रीहरूको भारत भ्रमण एउटा कर्मकाण्डी दिल्ली दर्शनबाहेक अन्य हुन सकेको छैन । यस्ता भ्रमणको औचित्य र आवश्यकतामा वस्तुनिष्ठ बहस र त्यसबाट निस्किने निचोडको कार्यान्वयन अपरिहार्य भइसकेको छ । प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने विषय अनेक थिए । हुनत विगत दुई दशकदेखि प्रत्येक भ्रमणका मुद्दा एकैजसो विषयमा फन्को मारिराखेका हुन्छन् । प्रधानमन्त्री भ्रमणको पूर्वसन्ध्यामा तराईमा बाढीको कहरले पर्याप्तै पाठ र उठानका विषय सुझाएकै हो । यो विषयलाई उठाउने भनिए पनि ओझेलमा प¥योरपारियो । भूकम्पीय क्षतिको पुनर्निर्माण नयाँ कुरा होइन । आप्mनै प्रधानमन्त्रीकालको उपज जलविद्युत् उत्पादनलाई गति दिने समझदारी त भयो, तर भरपर्दो आधार अभैm तय भएको देखिन्न । यस अर्थमा उपलब्धि र अभिव्यक्तिको कसीमा प्रधानमन्त्रीको यो भ्रमणलाई राजनीतिक तीर्थाटनभन्दा अरू मान्न सकिन्न ।
कतिले प्रधानमन्त्रीको यो शैलीलाई उनको मौलिकता भन्दै बचाऊ गरिराखेका छन् । यो हनुमानगिरीको अब्बल दृष्टान्त मात्रै हो । नेतृत्व आलोचना सुन्न चाहँदैन । यथार्थबाट टाढा रहेरै वाहवाहीमा आत्मरति खोज्छ । यो औसत नेतृत्वको मनोदशा हो । शेरबहादुरले नेतृत्व गरेको नेपाली काङ्ग्रेसलाई त यो रोगले अझ बढी गलाएको छ । नेताको चम्चागिरी गरेरै दुनो सोभ्mयाउन पल्केका लोभीपापीहरूले नेतृत्वको यही कमजोरीलाई आप्mनो बल बनाइराखेका छन् । यसले नेतृत्वलाई निरन्तर कमजोर मात्र बनाएको छैन, हास्यको पात्र बन्दैछन् । नेताले सही कुरा गरे पनि जनताले हासोमा उडाइदिन्छन् । नेतृत्वको छेउछाउमा सल्लाहकारको आवरणमा भजनमण्डलीको बिगबिगी छ । परिणाम, नेता पाइलैपिच्छे आलोचनाको निशानामा पर्छ । नेतृत्वले बुद्धि पु¥याउने हो भने अभैm बेला घर्किसकेको छैन । यो मेसोमा अहिले केही राजनीतिक प्राणीहरू आपूmलाई खाँटी राष्ट्रवादी साबित गर्न कस्सिएका छन् । उनीहरूले म मात्रै अब्बल, अरू सबै चाहार भनेर आंैला नठड्याए हुन्छ । चारवटा औंला त आपैंmतिर फर्किराखेका छन् । नेपाली जनताले नेताहरूको परख गर्न जानिसकेका छन् । को कति राष्ट्रवादी हो, कसले देश र जनताको भलाइका निम्ति कति इमानदारी अपनाएको छ, यो लुकेको विषय रहेन । लम्पसरवादी आचरणको ओज फरक हुन सक्ला, चरित्र भने एउटै हो । राजनीतिक दलहरूको अस्पष्ट र नेतृत्वमुखी विदेश नीतिले स्वतन्त्रता र सार्वभौमिकता सङ्कुचित भइआएको छ । दलहरू मुलुकको हितलाई केन्द्र भागमा राखेर साझा विदेश नीतिको जगमा उभिन किन सक्दैनन् रु यिनै भारतीय प्रधानमन्त्रीले नेपालको संसद्मा नेपाल एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हो भन्दा तालीले सभाहल गुञ्जिनुपर्ने कारण के हो रु यस्ता सामान्य प्रश्नको धरातलीय समाधान सम्भव भए मात्रै असामान्य अपमानको पुनरावृत्ति हुनेछैन । साभार प्रतिक दैनिक
तपाईको प्रतिक्रिया