logo

लोकतन्त्रको बीउ

    598   पटक पढिएको

 

चन्द्रकिशोर
    नेपाली पत्रकारिताले आप्mनोबारेमा आपैंm मन्थन गर्नुपर्छ । अरूतिरबाट औंला तेर्सिनुभन्दा आपैंm आप्mनोबारे समीक्षा गर्न जुर्मुराउनुपर्छ । पत्रकारिताले स्वयम् आप्mनैबारे आपैंm खोजबिन, जाँच पडताल, आत्मबोध गर्न आवश्यक भइसकेको छ, यो यस कारणले पनि महŒवपूर्ण छ कि हामी आपैंmले आपैंmलाई आप्mनो ऐनामा नियालेनौं भने अरू पक्षले हाम्रो अनुहारमा लागेको दागलाई औंल्याउन थाल्छ । त्यसैले पनि पत्रकारको आचारविचार, उठबस, बानीबेहोराका बारे स्वयम् छलफल हुनुपर्छ । हामी पत्रकार हौं, त्यस कारण अरूले हाम्रोबारेमा खोजखबर गर्नुहुन्न भनेर अब धेरै दिन थेग्न सकिंदैन । पत्रकार र पत्रकारिता पनि यही समाजका अङ्ग हुन् । पत्रकारले अरूका बारेमा चियाउने र चर्चामा ल्याउने काम गर्छ भने स्वयम् पत्रकारका बारेमा अरूले परीक्षण गर्न किन नहुने रु अर्को पत्रकारिता पेशासँग जोडिएकै सवाल हो, यसको विश्वसनीयता । पाठकीय विश्वसनीयता पत्रकारको अमूल्य पूँजी हो ।
    जब पाठकले तपाईंलाई अमुक जातिको भनेर चिन्छ र तपाईंको लेखनीयप्रति त्यही अनुसारको धारणा बनाउँछ भने त्यहाँ तपाईं चुक्दै हुनुहुन्छ । निश्चितरूपमा पत्रकार कुनै न कुनै जातिविशेषको वंशमा जन्मिएको हुन्छ । तर त्यो उसको छनोट होइन । तर जब कोही व्यक्ति पत्रकार बन्दछ भने त्यो उसको रोजाइको पेशा हो । तपाईं अर्थात् पत्रकारको सम्प्रेषणमा जातीय गन्ध देखिनुहुँदैन । त्यहाँ केवल पत्रकारिताको सुवास फिजिएको हुनुपर्छ । पत्रकारले आप्mनो पेशागत धर्मका आधारमा अनेकौं विभेदमा परेकाहरूका पक्षमा बोल्छ । लोकतन्त्रको अँध्यारो कुनाका बारेमा चर्चा गर्छ । यसले समाजलाई लोकतान्त्रिक बनाउन टेवा दिइराखेको हुन्छ । यस पृष्ठभूमिमा पत्रकारहरू बडो सङ्कीर्ण सोचका साथ जातीय मोर्चाबन्दीमा 
देखिन्छ भने त्यो दुःखद पक्ष हो । पत्रकार जहिले पनि एउटा पत्रकारको रूपमा चिनिनुपर्छ ।
    भोजपुरीका प्रसिद्ध कवि कबीर दासको एउटा मननीय पङ्क्ति छ, “जाति न पूछो साधु की, पूछ लीजिए ज्ञान ।” यसको भाव छ– सज्जन मानिसको जाति न सोधेर उसको ज्ञानलाई सम्झिनुपर्छ । ठीक यसै आधारमा भन्नुपर्दा यतिखेर नेपाली पत्रकारितामा भन्नुपरेको छ, “जाति न पूछो मिडिया की, पूछ लिजिए ज्ञान ।” पत्रकारिताको कुनै लिङ्ग, जात वा धर्म हुँदैन । त्यसैले नेपाली सन्दर्भमा म भन्ने गर्दछु– पत्रकारिता पहाडी र मधेसी हुँदैन । विषयवस्तुको छनोट र त्यसको प्रस्तुतिमा पत्रकारिताका आधारभूत मान्यतालाई आत्मसात् गरिएको हुनुपर्छ अर्थात् पत्रकार र पत्रकारिता व्यावसायिक हुनुपर्छ ।
    पत्रकारिताको यदि कुनै धर्म छ भने त्यो भनेको केवल “सत्य”लाई मात्र पस्किनुहुन्छ । यदि सत्यलाई जिस्काइयो भने त्यो कथा हुन जान्छ । त्यो खबर, खबर रहँदैन । त्यसैले कुनै पनि पत्रकारको मूल पूँजी भनेको उसले आप्mनो नामको साथ आर्जन गरेको विश्वसनीयता हो । ऊ समाचार पस्ंिकदा केवल समाचारका तथ्यहरूलाई मात्र छरपस्ट पारिरहेको हुँदैन, उसले आप्mनो लेखकीय क्षमता, सूचनामा पहुँच, समयबद्धता, शब्द खेलाउने सामथ्र्य जस्ता पक्षसँग जोडिएर आउने योग्यतालाई पनि प्रदर्शित गरिरहेको हुन्छ । त्यसैले त कुनै पत्रकारको प्रस्तुति पढ्दै वा हेर्दैैमा “वाह”, “गजब” जस्ता स्वस्पूmर्त प्रतिक्रिया आउँछ । कसैको पढ्दा के गरेको भनेर भनिन्छ । यी प्रतिक्रियाभित्र नै सम्बन्धित पत्रकारको योग्यताको मूल्याङ्कन भइरहेको हुन्छ । त्यसैले पत्रकारितामा पत्रकारको जातिभन्दा पनि उसको कामका आधारमा नियाल्नुपर्छ ।
    पत्रकारितामा संलग्न जनशक्तिको पृष्ठभूमिले विषयवस्तुको वस्तुनिष्ठता र त्यसको प्रस्तुतिमा प्रभाव पार्दो रहेछ । यस पेशामा संलग्न जनशक्तिले कुनै विषयवस्तु र घटनाक्रमलाई कसरी हेर्छ, समाचारको छनोट र प्रस्तुतिमा त्यसको प्रत्यक्ष असर रहन्छ । यदाकदा संलग्न जनशक्तिको पृष्ठभूमिले विषयवस्तुलाई वस्तुनिष्ठ र प्रभावकारी प्रस्तुति बनाउनमा प्रत्यक्ष प्रभाव पार्दो रहेछ । अझ सम्बन्धित सञ्चारमाध्यममा कसको लगानी छ भन्ने कुराको प्रत्यक्ष प्रभाव त्यसको सम्पादकीय सामग्रीमा देख्न सकिन्छ । कुनै फरक समुदायका पत्रकारले अर्को समुदायको समाचारमा वस्तुनिष्ठता कायम राख्न सक्दैन भन्ने पनि होइन । कतिपय अवस्थामा पत्रकारहरू आआप्mनो सामुदायिक पृष्ठभूमिका कारणले घटनाविशेषप्रति विशेष आग्रह राख्ने गरेका पनि छन् ।
    अनुभवले के देखायो भने समुदायविशेषका पत्रकारहरू नै द्वन्द्वको बेला सम्बन्धित समुदायमा सहज पहँुच बनाउन र समुदायविशेषको संवेदनशीलतालाई आत्मसात् गर्न सक्ने रहेछन् । यो भनिराख्दा यस्ता उदाहरणहरू पनि प्रशस्त छन्, जहाँ अन्य सामुदायिक पृष्ठभूमिका पत्रकार फरक समुदायमा गएर विश्वासिलो र तटस्थ पत्रकारको रूपमा चिनारी पनि पाएका छन् । यस्ता सन्दर्भले के देखाउँछ भने एउटा पत्रकारले पत्रकारिताको आचारसंहिताको पालना, आप्mनो पृष्ठभूमिबाट उत्पन्न हुने आग्रहबाट निरपेक्ष तथा निर्धारित समुदायरक्षेत्र जहाँ ऊ खटिएको छ, त्यहाँको भावना र चाहनालाई कोर्न सक्यो भने ती पत्रकारले ती समुदायविशेषको सामीप्यता पनि पाउँछ र तिनको लेखनले विश्वसनीयता पनि आर्जन गर्छ ।
    पत्रकार समाज र सत्ताको आलोचक हुनुपर्छ । सँगसँगै उसले आप्mनो लेखनीमार्पmत् एउटा वैकल्पिक समाज, उच्च मानवीय समाजको कल्पना गरिरहेको हुन्छ । यो वैकल्पिक कल्पना यथास्थितिवादीहरूको लागि खतरनाक हुन्छ । यसैले यथास्थितिवादीहरूले पत्रकारको वैकल्पिक कल्पनालाई स्वग्रहण गर्ने लोकतान्त्रिक सुविधा दिंदैनन् । यथास्थितिवादी शक्तिहरू पुनरुत्थानवाद, सम्प्रदायवाद, जातिवाद, क्षेत्रीयवाद आदिका माध्यमले उन्माद जगाएर पत्रकारलाई कुण्ठित गर्ने प्रयत्न गरिराखेका हुन्छन् । जबकि एउटा जागरूक र जुझारु पत्रकारले लेखनको मूल पक्षलाई ज्यूँदो राख्नका लागि मानवताविरोधी र रचनात्मकताविरोधी शक्तिहरूसँंग जुध्नुपरिरहेको हुन्छ । वृहत् अर्थमा एउटा असल पत्रकारले आप्mनो राजनीतिक भूगोलभन्दा माथि उठेरसमेत आप्mनो लेखनलाई आकार दिइराखेको हुन्छ । ऊ अहिलेको चल्ती बहसमा कथित “राष्ट्रवादी” नहुन सक्छ ।
    एउटा पत्रकार सूचनाहरूको  द्वारपाल मात्र नभएर एउटा न्यायाधीश पनि हो । मिडिया कुनै चाउचाउ वा चप्पलको उत्पादन होइन । आज समाजलाई एउटा व्यावसायिक एवं पेशागत धर्मनिर्वाह गर्ने चिकित्सक, अध्यापक वा कानून व्यवसायीको खाँचो छ भने एउटा व्यावसायिक एवं पेशागत धर्मनिर्वाह गर्ने पत्रकारको माग त्योभन्दा कम छैन । पत्रकारको चाल, चरित्र र चेहरा त्यतिखेर चासोको विषय हुन पुग्छ, जब उसले व्यावसायिक प्रस्तुतिमा आघात पु¥याउँछ, सामुदायिक संवेदनशीलतालाई ओझेलमा पार्छ, कुनै शक्तिको स्वार्थको भरिया हुन पुग्छ । त्यतिखेर ऊ कुन जातिको हो भनेर प्रश्न उठ्छ ।
    यस्ता प्रश्न उठ्नु आपैंmमा हाँक पनि हो । किनभने पत्रकारिताको आप्mनै विधिशास्त्र छ, चुनौतीसँग जुधेर भएपनि जनतालाई साँचो कुरा भनिरहने । यसका लागि यस्ता प्रश्नहरूको कसौटीमा स्वयम् पत्रकारविशेषले आपैंmले आपैंmलाई हेर्नुपर्ने हुन्छ । पत्रकारितासँग जोडिएर आउने शक्तिको डन्डा देखाएर उसले योग्यतालाई गौण र जातिलाई महŒवपूर्ण देखायो भने त्यसले पत्रकारिताको नै अवहेलना हुन पुग्छ । साभार प्रतिक दैनिक 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

आन्दोलनको जनादेश र समावेशीताको सवाल

अधिवक्ता वीरेन्द्रप्रसाद यादव     २००४ को राणाकालीन घोषणा पश्चात् मुलुकमा लोकतन्त्रको बीजारोपण भएपनि २०७२ असोज ३ सम्म संस्थागत हुन सकेको थिएन । संस्थागत गर्न २००७ देखि २०७२ सम्म ६ वटा संविधान जारी भयो ।

अमेरिकाको सपना, सुविधा सम्पन्न जीवन या पारिवारिक विर्सजनकोे बाटो

शारदा शर्मा, सायद अमेरिका भनेपछि आकर्षण नहुने कोहि पनि छैनन् होला । हरेक मान्छेको सपनाको देश । बिकसित र सुबिधा सम्पन्न देश ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.