logo

स्रोत नखुलेको ८२ लाख सहित  चार जना पर्सा प्रहरीको नियन्त्रणमा 

    153   पटक पढिएको

सन्जु छतकुली 
बीरगंज २९ बैशाष
 पर्सा प्रहरीले ८२ लाख ५० हजार सहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार एकजना नेपाली र ३ जना भारतिय सहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । 
प्रहरीले उक्त रकम सहित बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का  बर्ष १८ का कलामुद्दिन अन्सारी, भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नम्बर १८ का बर्ष २७ का बिकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ९ का बर्ष २२ का गुड्डु कुमार र भारत मोतीहारी वडा नम्बर ५ का १८ बर्षीय साहिल गुप्ता लाई पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताउनु भएको हो । 
बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं। ४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चौकबाट कालो झोला बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
प्रहरीले अन्सारीलाई चेकजाचको क्रममा उनको झोला चेकजाँच गर्दा  नेपाली २५ लाख नगद बरामद गरेको पर्साका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनु भयो  । 
पर्सा प्रहरीको टोलीले अन्सारीलाई नियन्त्रणमा लिएर विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको पर्सा प्रहरीले जनाएको छ ।  
हुण्डी रकम सहित पक्राउ परेका चारैजनालाई अवैध कारोबारा बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत मुददा चलाउने तयारी भै रहेको प्रहरीले बताए । 
रकम सहित पक्राउ परेका चारै जना हुण्डी कारोवारी हुन सक्ने र उनिहरुले स्रोत नखुलाएको कारण रकम सहित नियन्त्रणमा लिएको प्रहरीको दावी रहेको छ ।  उक्त अबैध रकम सहित पक्राउ परेकाहरुले प्रयोग गर्ने डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

प्रहरीको मिलोमतोमा चाईनिज स्याउको तस्करी  ठुलो परिणाममा भारतीय प्रहरीको नियन्त्रणमा 

जेष्ठ ३० लहान    सुनसरी प्रहरीको मिलोमतोमा तस्करी गरी लगिएको ठुलो परिणाममा चाइनिज स्याउ भारतीय प्रहरीले बरामद गरेको छ । सुनसरी जिल्लाको सीमा नाकाहुँदै तस्करी भई भारत तर्फ गईरहेको तीनवटा नेपानी नम्बर प्लेटको चाईनिज स्याउ बोकेको गाडी सहित ठुलो परिणाममा आइतबार बिहान भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । 

स्रोत नखुलेको ८२ लाख सहित  चार जना पर्सा प्रहरीको नियन्त्रणमा 

सन्जु छतकुली  बीरगंज २९ बैशाष  पर्सा प्रहरीले ८२ लाख ५० हजार सहित चारजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार एकजना नेपाली र ३ जना भारतिय सहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । 

आआफना कमी कमजोरीहरुलाई सच्याएर एक भएर जानुपर्ने उपप्रधानमन्त्री पोखरेलले

कृष्णा यादव  बीरगंज २७ फागुन  उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाटीैबाट अलग भएका साथीहरुले बिगतका दिनहरुलाई फर्केर हेरेर आआफना कमी कमजोरीहरुलाई सच्याएर एक भएर जानुपर्ने बताउनु भएको छ ।   वीरगन्जस्थित होटल भिस्वामा आज पे्रस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । 

 निर्वाचन तोकिएको मितीमा हुन्छ उपसभापति निधि

सन्जु छतकुली वीरगञ्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.