logo

सशस्त्र द्धारा करिव १ लाख ३५ हजारको अबैध कपडा पक्राउ, लागुऔषध सहित बस्नेत नियन्त्रणमा

    1471   पटक पढिएको

सन्जिव छतकुली
बीरगंज १६ जेष्ठ
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले करिव एक लाख ३५ हजार रुपैया बराबरको अवैध लत्ता कपडा नियन्त्रणमा लिएको छ । 
राजश्व गस्ती टोलीले बीरगंज माहानगरपालिका १६ ईनरुवा र भकुवा नाका भएर टाउकोमा तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा १ लाख ३४ हजार ३ सय १० रुपैया मुल्य बराबरको लत्ता कपडा पक्राउ गरेको हो । 
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले बिशेष सुचनाको आधारमा अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउने क्रममा नियन्त्रणमा लिएको राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन । 
सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीलाई देख्ना साथ तस्करहरुले उक्त मुल्य बराबरको लत्ता कपडा छाडेर भागेको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाल बताएकाछन । 
राजश्व गस्ती टोलीले पक्राउ गरेको उक्त अबैध लत्ता कपडामा महंगो मुल्यको साडी, शुरुवालकुर्ता लगायतको रहेको र पक्राउ परेको कपडाहरु आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको खडकाले बताएकाछन । त्यसैगरी सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले नियमित चेकजाचको क्रममा भन्सारको मुल गेटबाटै ८३ पिस लागु औषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतको रक्शौलबाट लिएर शरिरमा लुकाई छिपाई बीरगंज तर्फ आउदै गर्दा चेकजाचको क्रममा बीरगंज भन्सार कार्यालयको अगाडीबाट सशस्त्र प्रहरीले उक्त परिमाणको लागु औषध सहित नियन्त्रणमा लिएको हो । लागु औषध सहित पक्राउ पर्नेमा जिल्ला ईलाम भर भै काठमाण्डौ माहानगरपालिका ९ सिनामंगल बस्ने बर्ष १९ का रोहन बस्नेत रहेकाछन । सशस्त्र प्रहरीले बस्नेतको साथ डाईजोपाम २८ पिस, नोर्फिन २१ पिस र फेनारगन ३४ पिस रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएकाछन । उक्त लागु औषध सहित पक्राउ परेका बस्नेतलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको खडकाले बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

बिजनेस

पर्सा प्रहरीले १२ लाख भारतीय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरयो

सन्जु छतकुली बीरगंज १६ माघ  पर्सा प्रहरीले १२ लाख भारतीय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको  ।  जिल्ला प्रहरी कार्यालय पर्साको सादा पोशाकमा रहेको प्रहरी टोलीले नेपामा प्रतिबन्धीत २ हजार रुपैयाको नोट सहित एक भारतियलाई पक्राउ गरेको हो ।  १२ लाख भारतिय नोट सहित पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवा गाउँपंचायत ढोलकवा निवासी ३२ वर्षिय सुभाष चन्दलाई पर्सा प्रहरीले नयन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जनाउकाछन ।  

सशस्त्र प्रहरी पर्साले ६ महिनामा ६ करोड भन्दा बढीको अबैध सामान पक्राउ गरी भन्सार बुझायो ।

सन्जु छतकुली बीरगंज ११ माघ  सशस्त्र प्रहरी बल पर्साले चालु आर्थिक बर्ष ०७६÷०७७ को छ महिनामा करिव सवा छ करोड रुपैया बराबरको अबैध भन्सार छलेर भित्रयाउदै गरेको सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।  सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंज पर्साले चालु आर्थिक बर्षको श्रावण देखी पौष मसान्त सम्ममा ६ करोड २० लाख ९३ हजार ६ सय ५ रुपैया बराबरको तस्करीको सामान सहित गाडीहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो । 

बारा जिल्लाको बिभिन्न नाकाहरुबाट ब्यापक तस्करी शुरु प्रहरी प्रशासन मौन

कृष्णा यादव  बीरगंज ७ माघ  बारा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।   पर्सा जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गरेपछी तस्करहरुले छिमेकी जिल्ला बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेकाछन ।  बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन । 

होटल पौवाले २० प्रकारका नेपाली खानाको प्रवद्र्धन गर्ने, भैरहवामा

भैरहवा, ११ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवामा रहेको होटल पौवामा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । भैरहवामा पौवाले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा  न्यू इयर इभ २०२० विशेष कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । होटल स्थापनाको वर्षदेखि नै विविध कार्यक्रमहरु गर्दैै आएको  पौवाले यस वर्ष राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुका साथमा कार्यक्रम गर्न लागको जनाएको छ । कार्यक्रममा सुगम संगीतका धरोहर गायक प्रमोद खरेल, गायीका टिका प्रसाईं, हास्य नायक राजा राजेन्द्र र स्थानीय कलाकारहरुको प्रस्तुति रहने होटल पौवाका महाप्रबन्धक विष्णु भण्डारीले बताउनुभयो ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.