logo

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

    80   पटक पढिएको

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 
एमाले काग्रेसका नेता तथा बारा पर्साबासीहरुले बीरगंको घण्टाघरबाट निकालेको जुलुश माईस्थान, आर्दशनगर, घडिअर्वा पोखरी हुदै पुन घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । 
कोणसभामा बोल्दै कांग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले प्रदेश नं २ बाट बारा पर्सा हटाउने हो भने प्रदेशको आर्थिक हैसियत थाहा लाग्ने बताए । चौधरीले मधेश आन्दोलनको नाममा राजनीतिक शक्ति र सत्तामा पुगेकाहरुले बीरगंजलाई बिर्सनु दुःखद भएको बताए ।
कोण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पुर्व सांसद राजकुमार गुप्ताले बीरगंजलाई राजधानी बनाउनका लागी बारा पर्साका एमाले, काग्रेसले पहिला पनी आन्दोलन गरेको बताउनु भएको छ । 
पुर्व सांसद गुप्ताले बीरगंज राजधानी बनाउन आफुहरुले जस्तो सुकै आन्दोलनको रुप लिन तयार भएको बताउदै यो एमाले पार्र्टीको अधिकारिक निर्णय भएको बताउनु भयो । 
पुर्व सासंद गुप्ताले कोण सभालाई सम्बोधन गर्दै बीरगंज राजधानी बनाउनका लागी एमाले त्यागन परेपनी त्यागन तयार रहेको बताउदै कुनै पनी हालतमा बीरगंज राजधानी बनाउनका लागी पछी नहटने बताउनुभयो । आन्दोलनको बेला उधोगधन्धा बीरगंजको बन्दहुने नाका बीरगंजको बन्दहुने नोक्सानी बीरगंजले ब्यहोर्नु पर्ने तर राजधानी बीरगंज नहुने भन्ने कुरा सोच्न पनि नसक्ने नेता गुप्ताले भने । । कोणसभामा बोल्दै एमाले नेता शम्भु गुप्ता, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, युवा नेता ओम प्रकाश सर्राफ लगायतले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । यसअघि विहीबार नै नेकपा एमाले पर्साले पत्रकार सम्मेलन गरी वीरगन्जलाई २ नम्बर प्रदेशको राजधानी नबनाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वीरगञ्जको ऐतिहासिक महिमा र भौतिक पूर्वाधारको तुलना अन्य ठाउँसँग गर्न नमिल्ने भन्दै एमालेले प्रदेश नं २ को राजधानी वीरगञ्ज नै हुनुपर्ने दावी गरेको हो । 
बीरगंजलाई २ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै बीरगंजमा निकालिएको जुलुशमा नेकपा एमाले पर्साका पुर्व सांसद बिचारी यादव, एमालेका नेता बशुरुदिन अन्सार, बलिराम साह, एमालेका शम्भु गुप्ता, अरविन्द गुप्ता, शुधिर पटेल लगायत काग्रेस एमालेका नेता कार्यकर्ता तथा बारा पर्साका जनताहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.