logo

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

    67   पटक पढिएको

        वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले घटनामा संलग्न नै नरहेकालाई फसाउन खोज्ने र पीडामा परेकालाई उल्टै धम्की दिएर पन्छाउने काम गरेको आरोप लगाएका थिए । 
गत पुस ७ गते विहान वीरगंजको ठाकुरराम क्याम्पसमा भएको चक्कु प्रहारको घटनामा वीरगंजमै नभएका आफ्नो छोरालाई प्रहरीले फसाउन खोजेको छपकैयाका कुतबुदिन मंसुरीले आरोप लगाए । ‘मेरो छोरो पुस ७ गते वीरगंज बाहिर थियो घटनामा उसको पनि नाम आउँदा म चकित छु,’ मंसुरी भन्छन् ‘यसले पर्सा प्रहरी कसैको इसारामा चलेको छ कि भन्ने शंका उब्जाएको छ । 
क्याम्पसमा भएको घटनामा वीरगंज १३ राधेमाई निवासी बीबीएस प्रथम बर्षमा अध्ययनरत रोशन यादव घाइते भएका थिए । उनको अहिले उपचार पछि अवस्था सामान्य रहेको छ । रोशन स्वयंमले समेत घटनामा वीरगंज महानगरपालिका ३ का २० बर्षिय अजरुद्धिन मंसुरीको संलग्नता नरहेको बताइ सकेका छन् । तर प्रहरीले भने मंसुरीको समेत नाम राखेर ५ जना विरुद्ध कारवाहि चलाएको छ । घटनामा संलग्न रहेकाहरु कसैलाई पनि अझै सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । क्याम्पस भित्र भएको चक्कु प्रहार प्रकरणका दोषी ९ दिन बितिसक्दापनि नियन्त्रणमा नआउँदा शैक्षिक वातावरण बिथोलिएको छ । छात्ररछात्रामा त्रास फैलिएको छ । 
घटना भएको आज सम्म एक हप्ता बढी हुन पुग्यो तर प्रहरीले गहिरीएर अनुसन्धान गर्नुको सट्टा घटनालाई तोडमोड गरेर उक्त दिन वीरगंजमै नभएका व्यक्ति समेत घटनामा संलग्न भएको भन्दै मुद्दा दर्ता गर्नुले पर्सा प्रहरी निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन खोजेको हो कि भन्ने महशुस भएको पत्रकार सम्मेलनमा पीडितका परिवारले आरोप लगाए । पर्साका एसपी डा।गणेश रग्मीले चक्कु प्रहार गर्ने मूख्य अभियुक्तको पहिचान भइसकेको र निकट भविष्यमा नियन्त्रणमा आउने बताएका छन् । यस्तै गत मंसिर १९ गते प्रहरीकै अगाडी भएको कुटपिटको घटनामा संलग्नमाथि भने प्रहरीले मुद्दा दर्ता गरेर दोषिलाई कारवाहि गर्न आलटाल गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । वीरगंज विर्ताका शुशिल कुमार कण्ठ बमबम माथी प्रहरीकै अगाडी सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट कण्ठको अनुहार, टाउको, हातमा गम्भिर चोट लाग्नुका साथै शरीरका अन्य भागमा समेत चोट लागेको उनि स्वयंमले बताए । 
तस्करीमा संलग्न मनोज राउत कुर्मी, विवादित छविका महमद साहबुद्दिन र साकिर हुसेनले आफुमाथी वडा प्रहरी कार्यालय विर्ताको हाताभित्रै सांघातिक आक्रमण गरेको उनको भनाइ छ । घटनामा संलग्नलाई कारवाहि गर्न माग गर्दै जाहेरी दिन लाग्दा प्रहरीले अझै सम्म जाहेरी समेत दर्ता नगर्नुले पीडितलाई झनै पीडा दिने काम प्रहरी बाटै भएको बमबमको आरोप छ । 
दुवै जनाले संयुक्त पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा स्थापीत गर्न बसेको प्रहरी नै कसैको इसारामा चलेर पीडित माथि झन पीडा थोपर्ने काम गरेको भन्दै दुखेसो व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय पर्साको क्रामइ ब्रान्चका प्रहरी निरीक्षक रहेका सन्तु जयसवालले तस्करहरुबाट रकम लिएर आफु विरुद्ध कुटपिट गर्न लगाएको र मुद्दा दर्ता गर्न अवरोध गरेको पीडित बमबमले आरोप लगाए । यसैवीच इन्सपेक्टर सन्तु जैसवालको एक पछि अर्को प्रहरी आचरण विपरितका गतिविधी एसपी रेग्मीले थाहा पाउन थालेपछि उनलाई रमाना थमाएका छन् । साभार ईसिमाना  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.