logo

कालोधनको प्रयोगका कारण लोकतन्त्र समस्यामा, पूर्वमन्त्री  चौधरी

    91   पटक पढिएको

      बीरगंज १४ पुष । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीले कालोधनको  कारण लोकतन्त्र समस्यामा परेको बताएका छन । काग्रेसले बीरगंजमा आयोजना गरेको पत्रकरा सम्मेलनमा बोल्दै नेपाली काग्रेसका पुर्व मन्त्री चौधरीले प्रतिनिधि सभाको भर्खरै सम्पन्न निर्वाचनमा पैसाको चलखेल भएको सन्दर्भ प्रति संकेत गर्दै यस्तो बताएका हुन । 
    उनले पैसाको चलखेलका कारण मत प्रभावित भएकोले आफूले कम मतले चुनाव हार्नु परेको बताए । चौधीले आचारसहिता पालना नभएको सन्दर्भमा समेत जिम्मेवार निकायले ध्यान नदिएको आरोप समेत लगाए । 
मासु बाडने, भोज भत्तेर गर्ने सार्वजनीक स्थानमा पोष्टर टास्ने,चर्को अवाज भएका बाजा बजाउने सबै गर्न हुदैन भन्ने काम भयो उनले भने यही प्रवृतिले गर्दा लोकतन्त्रमा खतरामा पडेको समेत बताउनुभयो । पार्टीको तर्फबाट भर्खरै बितेको मंसिर २१ गते भएको प्रतिनिधी सभाको निर्वाचनमा सांसदको उम्मेदवार समेत रहेका चौधरीले अवस्था यस्तै रह्यो भने आम नेपालीका सन्तानले सांसद हुने सपना नदेखे हुने जिकिर गर्नुभयो । पुर्व मन्त्री समेत रहेका नेता चौधरीले निर्धनत्म आम नेपालीको छोराले सासद हुने सपना देख्न पायो भने मात्रै त्यो सहि लोकतन्त्र हुने बताए । 
ब्यल्याक मनी ,धनीमनी र ठेकेदारहरुकालागि मात्र प्रजातन्त्र आएको हो र भन्ने प्रतिप्रश्न गर्दै उनले भने प्रजातन्त्रबादीले आदर्श समाज निर्माण गर्न सक्नु पर्छ भन्नुभयो।
    हालै सम्पन्न निर्वाचनमा १३ सय मतले पछाडि परेका नेता चौधरीले आफनो पार्टीका नेताहरुको अन्तरघातका कारण आफूले हार्नु परेको बताए । उनले अन्तरघात गर्ने पार्टीका नेताहरुलाई पर्साको क्षेत्र नं ३ को समिक्षा बैठकले कारवाही गर्न केन्द्रिय समितीमा सफिारिश गरेको समेत बताए । 
    पुष ३ गते सम्पन्न ४ सय ५० क्रियाशिल सदस्यहरुको समिक्षा बैठकले  पार्टीका निर्वतमान सासद राजेन्द्र बहादुर अमात्य सहित अन्य १३ जनालाई करावाही गर्न सिफारिश गरेको छ । त्यसरी कारवाहीको सिफारिशमा पर्नेहरुमा पूर्व सभासद रामेश्वर रौनीयार , शम्भू चौहान,असर्फि साह, मनोज यादव, मृतुन्जय श्रीवास्तव ,रामनरेश प्रसाद यादव ,राजदेव यादव, भगवती प्रसाद चौधरी, दिनानाथ साह तेली, बिद्याकान्त पाण्डे, बाबुलाल मेहता, साविर अन्सारी र फजिल मिया रहेका छन । उनीहरुलाई पार्टीको साधारण सदस्य बाट समेत १० वर्षकालागि निलम्बन गर्न समिक्षा बैठकले सिफारिश ग¥यो ।
चन्द्रकिशोर चौरसियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन भने अलिअसगर देवानले गरेका थिए । कार्यक्रममा श्रीकिसुन चौहान, शैलेन्द्र यादव, प्रभू टेल, फकरुदिन देवान, मुक्ति पटेल, रिजवान अन्सारी, हजारी साह, लालबाबु ओझा लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.