logo

बीरगंजका ब्यापारीलाई काठमाण्डौ आउन खडानन्दको खडा आदेश 

    117   पटक पढिएको

वीरगंज १४ पौष, राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले गत बुधबार बीरगंजको पाँच ठाउँमा छापामारी गरेका छन । उनले बीरगंजका पाँचवटा ब्यवसायीक फर्ममा छापामारी गरेर कागजपत्र समेत नियन्त्रणमा लिएका छन ।  छापामारी पछि उनले खातापाता सगै लिएर काठमाण्डौ पर्किएका छन । उनले खातापाता लगेसगै ब्यापारीहरुलाई हप्ता दिन भित्र काठमाण्डौ आउनु भन्ने फरमान समेत जारी गरेका छन । उनले  आर्थिक नजराना लिन ब्यापारीलाई काठमाण्डौ झिकाउन खोजेको स्रोतको दावी छ । केही समय पहिला आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख र पथलैया राजस्व अनुसन्धान कार्यलयमा रहेर काम गरेका गौतमलाई बीरगंजका ब्यापारीहरुको बारेमा राम्रो सूचना छ । ब्यपारीको कमजोर पक्ष देखाएर बीरगंजका ब्यापारीसंग आर्थिक लाभ लिदै आएका गौतमले आर्थिक लाभ लिनकैलागि सुनिल इम्पोरियम, ईश्वर ट्रेडर्स लगायत पाँच ठाउँमा छापामारी गरेर खातापाता मोबाइल र कम्प्युटरको हार्डडिस्क लिएर काठमाण्डौं आउन व्यापारीहरुलाई निम्तो दिएर फर्किएका छन ।
राजश्व अनुसन्धान पथलैयाको भूमिकामाथि प्रश्न चिन्ह खडा गरी गौतमले आफ्नै अगुवाईमा पैसा असुल्नको लागि यो छापामारी गरेको बताइन्छ । यो छापामारीको बिषयमा स्थानीय प्रशासन भने बेखवर छ । ब्यापारीका फर्ममा छामारी गर्दा अन्य सरोकारवाला निकायका प्रतिनिधिपनि राखनिु पर्नेमा त्यसो गरिएको छैन । छापामारी प्रकरणमा भने बीरगंज उधोग वाणिज्यसंघ,स्थानीय प्रशासनलगायतका सरोकारवालाहरुको सहभागिता हुनु पर्नेमा त्यो नभएकोले पनि अनेकौ आशंका जन्ँिमएको छ । साभार ईसिमाना 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.