logo

७ लाख रुपैयाको लेनदेन पछि प्रेम कलवारलाई अनुसन्धान बिना नै छाँडियो पैसाका कारण आरोपी मुक्त, निर्दोष थुनामा ,    

    456   पटक पढिएको

  बीरगंज १२ पुष । पर्सा प्रहरीले गएको सोमबार लागूऔषधसहित पक्राउ गरेका तीन जना कारोबारीमध्ये एक जनालाई छाँडेको छ । बहुदरामाई नगरपालिकाको वडा नम्बर ९ बिश्रामपुरको जंगबहादुर कलवारको घरमा छापामारी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो । 
पक्राउ परेका तीनजना मध्ये एकजना मुख्य कारोबारीलाई अनुसन्धान बिना नै छाँडेको प्रहरीले छाडेको छ । प्रहरीले शर्मा प्रसाद कलवार, प्रेम प्रसाद कलवार र गम्भिरा साह कलवारलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमध्ये मुख्य कारोबारी प्रेम प्रसाद कलवारलाई गएराती अनुसन्धान बिना प्रहरीले छाडेको हो । प्रहरीले भने उनलाई निर्दोष भएको दावी गरेको  । 
 प्रहरी निरिक्षक सन्तु प्रसाद जैसवाल मार्फत आर्थिक चलखेल गरी प्रेम कलवार छाँडिएको प्रहरी श्रोतको भनाई छ । डिएसपी राजन लिम्बुलाई पैसा बुझाउनु छ भनेर करीब ७ लाख रुपैयाको लेनदेन पछि प्रेम कलवारलाई अनुसन्धान बिना नै छाँडिएको प्रहरी श्रोतले जनायो  । तर जयसवालले आफूले यस्तो नगरेको आफ्नो बदनाम गर्न खोज्नेहरुले आरोप लगाएको हुन सक्ने प्रतिक्रिया दिए । प्रहरी निरिक्षक जैसवाल पर्सा जिल्लाबाट सरुवा भएपनि जिल्ला प्रहरीमा कार्यालय पर्सामै कार्यरत छन् ।
प्रहरी श्रोतका अनुसार उनलाई त्यही वडाको वडा अध्यक्ष रवीन्द्र गुप्ताको जिम्मा जमानी मार्फत छाडिएको हो । उनीहरुको साथबाट प्रहरीले ४८ किलोग्राम गाँजा बरामद गरेको पर्सा प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक राजन लिम्बुले बताए । 
प्रवक्ता लिम्बुले प्रेम कलवारलाई छाड्ने काममा पैसाको चलखेल नभएको यदी त्यस्तो भएको हो भने कारवाही गरिने बताए । उनले प्रहरीले छाडेको कलवार दोषी नदेखिएको बताएपनि उनी नै गाँजाको मुख्य कारोवारी भएको स्रोतको दावी छ । स्रोतका अनुसार प्रेम कलवार बाटै गाँजा बरामद भएको भएपनि गाँजाको कारोवारमा संलग्न नरहेका शर्मा प्रसाद कलवार उपरपनि अनुसन्धान शुरु गरेको छ । शर्मा बाहेकका अन्य दुई जना गाँजाको कारोवारमा संलग्न रहेको स्रोतको भनाई छ ।  निमित्त कार्यलय प्रमुख रहेका डिएसपी लिम्बुका अनुसार–‘प्रहरीले बिशेष सुचनाको आधारमा तीनैजनाको घरमा छापामारी उनीहरुलाई गाँजासहित पक्राउ गरेको थियोे ।’ पक्राउ परेकामध्ये प्रेम कलवार बाहेक माथि हिजो नै प्रहरी म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । 
यता नेपाल प्रहरीको मुख्यलयमा रहेको लागू औषध नियन्त्रण माहाशाखा प्रमुख  डिआइजी ठुले राईले घटनाको सम्बन्धमा चासो राखेका छन । उनले समग्र घटनाको छानविन गर्ने र दोषीलाई कारवाही गरि छाड्ने प्रतिवद्धता जनाए ।  साभार ईसिमाना
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.