logo

नेपाल भारत बैठक क्लिंकर’ सम्बन्धी निष्कर्ष विहिन

    6   पटक पढिएको

 वीरगन्ज ११ पुष,  नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ।

सीमावर्ती भारतीय सहर रक्सोलको रेलवे यार्डमा रेलको रेकमा आइपुग्ने क्लिंकर ओसार पसार गर्दा प्रदुषण भयो भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेलवेले सिधा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर पठाउन भनेको छ।

भारतको एकपक्षीय निर्णयले निम्त्याएको क्लिंकर लोड अनलोडको समस्या समाधानका मंगलवार बसेको बैठकमा दुवै देशका प्रतिनिधिहरुले समाधान निकाल्न सकेनन। विकल्प ननिस्किएपछि समस्या जटिल बन्दै गएको भन्दै उद्योगीहरुले चिन्ता जनाएका छन्। स्थानीयको बिरोधको पृष्टभुमीमा रक्सोलबाट ‘क्लिंकर लोड–अनलोड’ विस्थापन गर्दै भारतीय रेलवे र कार्गो ढुवानी गर्ने त्यसको भगिनी संस्था भारतीय कण्टेनर निगमले तत्काल नेपालको सिर्सिया सुक्खा बन्दरगाहमा क्लिंकर लैजाने सहमति सहितको आपसी पत्राचार गरेका छन्। सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने नेपाल भारत रेल सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नै नभएको नेपालतर्फका सरोकारवालाले जनाएका छन् । सुक्खा बन्दरगाह संचालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनलले यसको समाधानका लागि दुवैपक्षका पदाधिकारीहरुको बैठक मंगलवार वीरगन्जमा राखेको थियो। बैठकमा सहभागि वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भारतीय रेल र कन्टेनर सेवा निगमले नेपाली पक्षलाई कुनै आधिकारिक जानकारी नगराएको बताए। ‘विभिन्न सञ्चार माध्यम र निजी क्षेत्रमार्फत जानकारी पाइएको छ। त्यसपछि लगातार छलफल गरिरहेका छौं। यसमा हामी निकै गम्भीर पनि छौं,’ सैंजुले भने, ‘दीर्घकालीन समाधानका लागि नेपाल सरकार लागेको छ। तत्कालका लागि भने पूरानै अवस्थामा क्लिंकरहरु आयात होस् ।’ सुक्खा बन्दरगाहको स्वामित्व लिएको नेपाल सरकार मातहतको नेपाल इन्टरमोडल यातायाता समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले हिमालयन टर्मिनललाई क्लिंकर अनलोड गर्ने कुनै किसिमको अनुमति नदिएको बताए। भारतको एकपक्षीय निर्णयको कुनै अर्थ नभएको उनले बताए । भारतीय रेलवे मध्यपुर्वी क्षेत्रका प्रमुख संचालन प्रबन्धक सलिल झाले रक्सोलमा अनलोड गर्न नसकिने भएकोले नेपालको आईसिडीमा अनलोड गर्ने व्यवस्था गर्नुपर्ने अडान राखेका थिए। नेपाली सिमेण्ट उद्योगीहरुले भने अहिले नै तत्काल ड्राईपोर्टमा अनलोड गर्ने व्यवस्था हुन नसक्ने बताउदै हाललाई केही समयका लागि साबिक किसिमले नै आयात गर्न पाउनुपर्ने आग्रह  गरेका थिए । भातीय कण्टेनर निगमका अध्यक्ष एवं प्रबन्ध निर्देशक भी कल्याण रामाले रक्सोलका स्थानीयको अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि छलफल गर्न नेपाल आएको बताए । दुवैपक्षले मिलेर समाधान निकाल्नु पर्ने उनको भनाई छ । नेपाली उद्योगीहरुले सुक्खा बन्दरगाहमा अहिले फलाम उद्योगकै कच्चा पदार्थको रुपमा आउने फलाम ब्यवस्थापन मै पनि समस्या रहेकोले थप क्लिंकर पनि सोही स्थानबाट आयात गर्दा धेरै समस्या प्रतिक्रिया दिए । पूर्वाधार तयार नभए सम्मको लागि पुर्नविचार गर्न भारतीय रेलवेसँग आग्रह गरेका थिए । वीरगन्ज सुक्खा बन्दरगाह बाहेक अहिले  विकल्प नभएको भन्दै भारतीय पक्षले सुक्खा बन्दरगाहमै क्लिंकर अनलोड गर्ने व्यवस्था गर्न भनेका थिए । बैठकमा भारतर्फबाट कन्कोरका इञ्जिनियर अरुण श्रीवास्तव, मोतिहारीका एसडिएम, लगायतको पनि सहभागिता थियो । नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव सैंजु, इण्टरमोडल यातायात सेवा समितिका कार्यकारी निर्देशक बस्नेत, हिमालयन टर्मिनलका प्रमुक कार्यकारी अधिकृत विष्णु चौधरी, वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । उक्त बैठकले कुनै निश्कर्ष दिन सकेन्। नागरिक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

बिजनेस

नेपाल भारत बैठक क्लिंकर’ सम्बन्धी निष्कर्ष विहिन

 वीरगन्ज ११ पुष,  नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ।

क्लिंकर रक्शौलमा खसाल्न नपाउने 

वीरगन्ज १० पुष   अहिलेसम्म कन्टेनर, फलाम र बोराबन्द सामान मात्र आउने गरेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा अब सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फ्लाई एस जस्ता डस्टी कार्गो पनि ल्याउनुपर्ने गरी भारतीय पक्षले निर्णय गरेको छ ।

बारा र पर्सा जिल्लाको सिमानाकाबाट कपडा र चल्लाको तस्करी तिब्र

बीरगंज २ पुष बारा र पर्सा जिल्लाको सिमाना नाकाबाट कपडा र चल्लाको तस्करी तिब्र रुपमा बढेको छ ।

दिन दहाडै क्रसर सञ्चालन हुदै चुनावको मौका छोप्दै 

 बारा, १८ मङ्सिर     निजगढ र धनुषा—महोत्तरीस्थित रातु खोला किनारका क्रसरहरूले नदीजन्य वस्तु उत्खनन, दोहन गरिरहेको पाइएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका योजना अधिकृत श्रीप्रसाद बरालले बताएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.