logo

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, महासचिव यादव

    8   पटक पढिएको

बीरगंज ७ पुष  
संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् । 
एमाले र माओवादी केन्द्र बहुमतीय निर्वाचन प्रणाली अनुसार र काँग्रेस एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार राष्ट्रिय सभाको गठन हुनुपर्नेमा अडान लिईरहेका बेला फोरम नेपालका महासचिव यादवले फोरम एकल संक्रमणीय निर्वाचनको पक्षमा रहेको बताएका छन् । 
सरकारले निर्णय गरेर राष्ट्रपतिकोमा अडकेको अध्यादेश राष्ट्रपतिले छिटै प्रमाणिकरण गरेर देशलाई निकास दिनुपर्ने उनले बताए । बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि निर्वाचन सांसद समेत रहेका महासचिव यादवले तीन दलको बिबादले देशले निकास पाउँन नसकेको बताए । 
‘देशलाई निकास दिन राष्ट्रपतिले अध्यादेश छिटै प्रमाणिकरण गर्नुपर्छ, दलहरुको बिबादमा राष्ट्रपति पर्नुहुदैन भन्ने हाम्रो कुरा हो’ यादवले भने, ‘दलहरुले यसमा बिबाद गर्ने कुनै कुरैछैन्, देशको निकास एवं बिकास गर्नका लागि राजनीतिक दलका नेताहरुले बिबाद नगरी सहमतीमा अगाडी बढनुपर्छ ।’
अब बन्ने नयाँ सरकारमा फोरम नेपाल सहभागि हुने की नहुने भन्ने सरकार निर्माण गर्ने दलको व्यवहारले देखाउँने उनले बताए । संबिधान संशोधन गर्नेमा बिषयमा सहमती जनाउँने दललाई फोरम नेपालले सहयोग गर्ने उनले बताए । 
संबिधान संशोधनको बिरोधमा हुने दललाई फोरमले सहयोग नगर्ने र उसको नेतृत्वमा बन्ने सरकारमा सहभागि पनि नहुने महासचिव यादवले बताए । 
यसैबीच फोरम नेपालले बीरगंजको सुपर ग्यास उद्योगमा कम्पनीको लापरबाहीले आगलागी भएको हुन सक्ने भन्दै तत्काल छानविन गरी दोषी देखिए सम्बन्धित पक्षलाई कारबाही गर्न माग गरेको छ ।
आगलागीबाट मृत्यु भएको परिवारलाई उचित क्षतिपुर्ती दिन तथा घाइतेहरुको उपचारको व्यवस्था मिलाउँन सरकारसंग फोरम नेपालले माग गरेको छ । 
‘सुपर ग्यास उद्योगमा ग्यास बोटलिङ गर्ने ट्यांकबाट ग्यास चुहावट भएर आगलागी भएको प्रहरीको दाबी अनुसार ग्यास कम्पनीमा गम्भीर लापरवाही भएको देखिन्छ, ग्यास जस्तो अत्यधिक प्रज्जवलनशील पदार्थको उद्योगमा हदैसम्मको सावधानी अपनाउनु पर्नेमा कम्पनीको लापरवाहीले ग्यास चुहावत भई आगलागीको घटना भएको हो, तसर्थ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, मृतकका परिवारजनलाई उचित क्षतिपूर्ति दिन र घाइतेको स्वास्थ्य उपचार गराउन सुपर ग्यास उद्योग र स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ’ फोरम नेपालका महासचिव यादवले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 
ग्यास उद्योगमा भएको आगलागीले विरगञ्ज नगरपालिकाको मनियारी, जगरनाथपुर, पटेल नगर, इटियाही, भवानीपुर, बहुअरी, पर्सौनी लगायतका गाउँका जनताको जनधन खतरामा परेको र हजारौं जनताको जीवधनलाई सुरक्षित र खतरामुक्त गर्नेतर्फ स्थानीय प्रशासनले अविलम्ब ध्यान दिन जरुरी रहेको फोरमले जनाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

प्रेस मञ्च नेपालद्धारा राजपाका नेता महतो सम्मानित

बीरगंज १० पौष  राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधनको ग्यारेण्टी भए मात्र सरकारमा जाने बताउनु भयो ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, महासचिव यादव

बीरगंज ७ पुष   संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् । 

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

 वीरगंज ५ पुस, प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

बीरगंज ३ पौष । नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.