logo

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

    735   पटक पढिएको

बीरगंज ३ पौष ।
नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ । हालै सम्पन्न निर्वाचनमा पर्साका सबै निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभामा हार भएपछि नेपाली कांग्रेस भित्र अन्तरघातीहरुको खोजी शुरु भएको छ । 
    सोमवार पर्साको निर्वाचन क्षेत्र नं २ को समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा अन्तरघातीहरुका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै उनीहरुलाई कारवाही हुनु पर्ने माग उठेको  छ । क्षेत्रीय भेलामा कार्यकर्ताको तहबाट पर्साका कांग्रेसका सभापति अजय द्विवेदी निर्वतमान सासद राजेन्द्र बहादुर अमात्य जिल्ला सचिव श्याम पटेल लगायतका नेतालाई कारवाही गर्नु माग उठेको छ । 
    हालै सम्पन्न निर्वाचनमा पार्टीका नेताहरुको घातका कारण पार्टीले पराजय भोग्नु परेको भन्दै उनीहरु बिरुद्ध कारवाहीको माग गरिएको हो । अन्तरघातको आरोप लागेकाहरुलाई कारवाही गर्ने अधिकार भने भेलाले सासदका प्रत्यासी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालाई दिएको स्रोतले जनायो ।
    आरोप लागेका नेताहरु मध्य जिल्ला सचिव पटेल बाहेक अन्यले आफनो  धारणा राख्न भने पाएका छैनन । पटेलले आफूमाथि लागेको आरोपको प्रतिवाद गरेका थिए ।
    हालैको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण हैसियत भएका दुई नेता रमेश रिजाल र अजय चौरसियाको हारका कारण कांग्रेस भित्र पर्साको निर्वाचन निकै नै चासोको बिषय बनेको छ । ६ महिनाको नाकाकन्दी ताका मितेरी पुलमा गएर नाकाबन्दी प्रति एक्यवद्धता जनाएका र मधेशीदलका मागको बिषयमा चर्को लविङ गरेका चौरसिायको हार कतिपय शक्तिकेन्द्रकालागि समेत पाच्य नभएको स्रोतको दावी छ ।

रमेश रिजाल समेत बिदेशी शक्ति केन्द्रद्वारा रुचाइएका उम्मेदवारको रुपमा केही छापाहरुमा समाचार आएको थियो । जित्ने अति बिश्वास गरिएका नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने हैसियत भएका दुई नेताको पराजयले नेपाली कांग्रेस पर्सालाई अझै अन्तरद्वण्द्वमा लाने त होइन भन्ने प्रश्न पेचिलो बनेको छ । ईसिमानामा ३ पुषमा समाचार छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

प्रेस मञ्च नेपालद्धारा राजपाका नेता महतो सम्मानित

बीरगंज १० पौष  राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधनको ग्यारेण्टी भए मात्र सरकारमा जाने बताउनु भयो ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, महासचिव यादव

बीरगंज ७ पुष   संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् । 

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

 वीरगंज ५ पुस, प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

बीरगंज ३ पौष । नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.