logo

बारा र पर्सा जिल्लाको सिमानाकाबाट कपडा र चल्लाको तस्करी तिब्र

    43   पटक पढिएको

बीरगंज २ पुष
बारा र पर्सा जिल्लाको सिमाना नाकाबाट कपडा र चल्लाको तस्करी तिब्र रुपमा बढेको छ । बाराक जिल्लाका सिमा नाकामा रहेको नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको विओपीका प्रहरीहरुले एनि हाउ पैसा कमाउ भन्ने उख्खानलाई प्रमाणित गरेकाछन । 
बारा र पर्सा जिल्लाको सिमाना नाकाहरुबाट कपडा र चल्लाको तस्करी तिब्र रुपले बढेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई मोटो रकमको नजराना दिए पश्चात कपडा र चल्लाको तस्करीको लाइन खोलिएको स्थानियहरुले बताएको हो । नेपाल र भारतको सीमाना नाकामा पर्ने बाराको बरैनिया, आमवा, कवहीगोठ, सिम्रौणगढ र कचोर्वा नाकाबाट कपडा तस्करीको लाइन खोलिएको छ भने पर्साको झौवागुठी, जानकीटोला भिष्वा लगायतका नाकाहरुबाट कपडा र चल्लाको लाइन खुल्ला भएको तस्कर श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार बारा र पर्साका नाकाहरुबाट तस्करी गर्नको निम्ति लाखौ रुपैया माथिल्लो निकायमा दिए पश्चात मात्र लाइन खोलिएको बताए । तस्करहरुले माथिल्लो निकायलाई नजराना बुझाए पश्चात मात्र स्थानिय प्रहरी चौकीहरु प्रमुखहरुले महिनवारी स्वरुप तस्करीको लाईनको रकम लिने गरेको श्रोतले जनाएको छ । एक तस्करले आफ्नो नाम नछाप्ने सर्तमा भारतको बिभिन्न ठाउ“हरुबाट खरिद गरिएको कपडा नेपाल भित्रयाउनको निम्ति सिमानामा खटेका प्रहरीहरुलाई ड्यूटी गरेको स्वरुप माथिबाट थप रकम दिने गरेको बताए । सीमाना नाकामा शान्ति सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरीले त्यही नाकालाई आफ्नो कमाउने थलो बनाएका छन् । ग्रामिण भेग त ग्रामिण भेग वीरगंज भन्सार कार्यालय अगाडीबाटै ई—रिक्साको माध्यमले कपडाको तस्करी खुल्याम भइरहेको दुई दिन पहिला ईसिरकशाको भित्र सेटिगमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरीका डिआईका घुमुवाले बीरगंजको छपकैया ईदगाहबाट पक्राउ गरेकाले पनी प्रमाणित गरेको छ र त्यस आसपासका प्रहरीहरुले पक्राउ गर्न नसकेकोले ठूलै रकमको लेनदेन रहेको र नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भै रहेको प्रष्ट हुन्छ । चल्ला तस्करीका कुख्यात तस्करहरुले पर्साको श्रीसिया, झौवागुठी, जानकीटोला लगायतको नाकाहरुबाट दिनहु १० हजार भन्दा बढी चल्ला अवैध तरिकाले नेपाल भित्रयाए पनि प्रहरीहरु मौन बस्नु के कति इमान्दारीता पूर्वक कार्य गरिरहेको बारे प्रष्ट हुन्छ तर पर्साका प्रहरी प्रमुख भने एकदमै थाहा नपाएको जस्तो गर्ने गरेकाछन । । चल्ला तस्करका समूहहरुले साइकल र मोटरसाइकलको माध्यमले नेपाल भित्रयाउने गरेता पनि नेपाल भित्रयाई पिकअप र ट्रकको माध्यमले नेपालको बिभिन्न ठाउ“हरुमा पु¥याउने गरेका छन् । जिल्लाको शान्ति सुरक्षाको निम्ति ठेक्का लिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेपछि यस्तो ठूला बडा तस्करहरु आफ्नो कार्य सजिलै गरिरहेको प्रष्ट भएको छ । यस सन्दर्भमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

बिजनेस

नेपाल भारत बैठक क्लिंकर’ सम्बन्धी निष्कर्ष विहिन

 वीरगन्ज ११ पुष,  नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ।

क्लिंकर रक्शौलमा खसाल्न नपाउने 

वीरगन्ज १० पुष   अहिलेसम्म कन्टेनर, फलाम र बोराबन्द सामान मात्र आउने गरेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा अब सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फ्लाई एस जस्ता डस्टी कार्गो पनि ल्याउनुपर्ने गरी भारतीय पक्षले निर्णय गरेको छ ।

बारा र पर्सा जिल्लाको सिमानाकाबाट कपडा र चल्लाको तस्करी तिब्र

बीरगंज २ पुष बारा र पर्सा जिल्लाको सिमाना नाकाबाट कपडा र चल्लाको तस्करी तिब्र रुपमा बढेको छ ।

दिन दहाडै क्रसर सञ्चालन हुदै चुनावको मौका छोप्दै 

 बारा, १८ मङ्सिर     निजगढ र धनुषा—महोत्तरीस्थित रातु खोला किनारका क्रसरहरूले नदीजन्य वस्तु उत्खनन, दोहन गरिरहेको पाइएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका योजना अधिकृत श्रीप्रसाद बरालले बताएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.