logo

दिन दहाडै क्रसर सञ्चालन हुदै चुनावको मौका छोप्दै 

    12   पटक पढिएको

 बारा, १८ मङ्सिर
    निजगढ र धनुषा—महोत्तरीस्थित रातु खोला किनारका क्रसरहरूले नदीजन्य वस्तु उत्खनन, दोहन गरिरहेको पाइएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका योजना अधिकृत श्रीप्रसाद बरालले बताएका छन् ।
    अनुगमनका क्रममा रहेका योजना अधिकृत बरालले निजगढका क्रसरको समेत अनुगमन गरेका छन् । “मापदण्ड पूरा नगरेका क्रसर सञ्चालनमा ल्याउन पाइँदैन । ल्याइए कानुनविपरीत हुन्छ” — उनले भने । क्रसरको ज्यादती निकै बढेको पाइएको बताउँदै राज्यले नियमनकारी भूमिका निर्वाह नगरे उनले बताए ।
    तीन वर्ष अघि जिल्ला वन कार्यालय बारामा प्रमुख रहँदा क्रसरले गर्दै आएको प्राकृतिक स्रोत साधन दोहनलाई नियन्त्रण गर्न लागिपरेका बरालले सरकारको मात्र मुख ताक्नुभन्दा स्थानीय नागरिक पनि त्यतिकै सचेत, सजग भई सक्रियताका साथ अवैध धन्दा गर्ने क्रसरलाई नियन्त्रण गर्न लाग्नुपर्ने बताए ।    निजगढका क्रसरले नजिकिंदो चुनावको मौका छोप्दै भारतीय र स्थानीय मजदुर प्रयोग गरेर अप्राकृतिकरूपमा बकैया खोलाको नदीजन्य पदार्थ ठूलो परिमाणमा उत्खनन र सङ्कलन गरिरहेका छन् । दुई साताअघिसम्म १५ देखी २० बिघाभन्दा बढी खाली रहेको बकैया खोला किनार अहिले अवैध तरिकाबाट ल्याइएको ढुङ्गा ग्रेभलले भरिभराउ छ । यसरी थुपारिएको अवैध ढुङ्गा क्रसरमा लगेर प्रशोधन गर्दै रोडा, गिट्टी बनाइरहेका छन् । जुन सरासर अवैध र गैरकानुनी हो ।
    राज्यले १५ महिना अघिदेखि क्रसरको म्याद थपेको छैन । म्याद थप नगर्दा घरेलु कार्यालयमा नवीकरण हुँदैन । नवीकरण नभई सञ्चालित जुनसुकै उद्योग गैरकानुनी ठहर्छ । 
    बाराका जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, घरेलु कार्यालयको आर्थिक मिलोमतो र संरक्षणमा यहाँका क्रसर निर्वाध चलिरहेको भरपर्दो स्रोतले जानकारी दिएको छ । “सबैलाई थाहा नैं छ । हामीले रोकेर के गर्नु सबै माथि सेटिङ्ग गर्छन्”—वन कर्मचारी र प्रहरीको दुःखेसो हो । क्रसर उद्योग कर्मचारीदेखि नेता, मन्त्रीहरूका लागि पनि दुहुनो गाई बनेका छन् । हामीलाई क्रसर बन्द गराउन माथिल्लो निकायबाट लिखित निर्देशन दिए रोकेर देखाइदिन्छौं”– प्रहरी अधिकृतहरू बताउँछन् । कसैले लिखित निर्देशन दिंदैन । त्यसैले क्रसरको कुरा जोडेर प्रहरीलाई बदनाम गर्न पाइँदैन”–उनीहरूले भने ।
    तीन वर्षअघि नैं मापदण्ड विपरीतका क्रसर स्थान्तरण वा बन्द गर्नुपर्ने भनिए पनि अहिलेसम्म बन्द गरिएका छैनन् । वन क्षेत्र, आरक्ष, निकुञ्जदेखि २ किलोमिटर भित्र पर्ने, स्थानीय सुरक्षा निकाय, शैक्षिक सङ्घ, संस्थादेखि १ किलोमिटरभित्र रहेका क्रसर मापदण्ड विपरीत मानिन्छ । प्रतिक दैनिक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

बिजनेस

नेपाल भारत बैठक क्लिंकर’ सम्बन्धी निष्कर्ष विहिन

 वीरगन्ज ११ पुष,  नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ।

क्लिंकर रक्शौलमा खसाल्न नपाउने 

वीरगन्ज १० पुष   अहिलेसम्म कन्टेनर, फलाम र बोराबन्द सामान मात्र आउने गरेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा अब सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फ्लाई एस जस्ता डस्टी कार्गो पनि ल्याउनुपर्ने गरी भारतीय पक्षले निर्णय गरेको छ ।

बारा र पर्सा जिल्लाको सिमानाकाबाट कपडा र चल्लाको तस्करी तिब्र

बीरगंज २ पुष बारा र पर्सा जिल्लाको सिमाना नाकाबाट कपडा र चल्लाको तस्करी तिब्र रुपमा बढेको छ ।

दिन दहाडै क्रसर सञ्चालन हुदै चुनावको मौका छोप्दै 

 बारा, १८ मङ्सिर     निजगढ र धनुषा—महोत्तरीस्थित रातु खोला किनारका क्रसरहरूले नदीजन्य वस्तु उत्खनन, दोहन गरिरहेको पाइएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका योजना अधिकृत श्रीप्रसाद बरालले बताएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.