logo

 प्रदेश सभा सदस्यका उम्मेदवार रहेका रामचन्द्र साहको घरको पूर्वपट्टी बम विष्फोट 

    25   पटक पढिएको

वीरगञ्ज ६ मंसिर 
बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका  रामचन्द्र साहको घरको पूर्वपट्टी झ्यालको तल मंगलबार राती बम विष्फोट भएको छ । 
एमाले पर्साका  नेता, निवर्तमान सांसद एवम् क्षेत्र नम्बर २ का १ बाट प्रदेश सभा उम्मेदवार रामचन्द्र साहको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित घरको झयाल पटीमा अज्ञात समुहले राखेको बम विष्फोट भएको छ ।
साहको घर छेउमा अज्ञात समुहले राखेको बम आफै विष्फोट भएपछी ठूलो आवाज आएको स्थानीय बासिन्दाहरुले बताएका छन् । विष्फोटको आवाज आएपछि सो क्षेत्रका स्थानीयहरु  केही बेर आतंकित समेत भएका थिए ।  निवर्तमान सांसद घर बाहिर रहेको समयमा मंगलबार राती ८ बजेको समय तिर विष्फोट भएको पर्सा प्रहरीले जनाएको छ । 
साहको घर छेउमा पडकेको सुतली बम विष्फोट भएको आशंका पर्सा प्रहरीले गरेको छ ।  घरमा छोरा, बुहारी, नाति नातिनीहरु मात्रै रहेको समयमा विष्फोट भएको निवर्तमान सांसद साहले बताए ।
 प्रदेस सभा सदस्यका उम्मेदवार साहले भने ‘झ्याल नजिकै भएको विष्फोटबाट घरको झ्यालको सिसा फुटेको छ, घरमा रहेका छोरा बुहारी, नाति नातिनीहरु आत्तिएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले के पड्क्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘विष्फोट भएको छ, मानवीय क्षति भएको छैन् । घरको झ्यालका शिशा फुटेका छन् ।’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने ‘ प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएकाछन ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.