logo

दोहोरो नागरिकताको बारेमा उजुरी गर्नेलाई नै प्रहरीले धमक्याए उजुरी गर्ने परिवारले आफ्नो सुरक्षाको माग गरे

    5   पटक पढिएको

वीरगंज, २८ कार्तिक, दोहोरो नागरिकताको बारेमा उजुरी गर्नेलाई नै प्रहरीले धमक्याए पछि उजुरी गर्ने परिवारले आफ्नो सुरक्षाको माग गरेका छन् ।
वीरगंजमा आज पत्रकार सम्मेलन गर्दै संघिय ईकाई प्रहरी कार्यालय नारायणी वीरगंजमा कार्यरत प्रहरी हवल्दार हुसैन देवानले आफुहरुलाई बारम्बार मुद्धा फिर्ता लिन धम्कि दिँदै आएको बारा जितपुरकी मर्जिना खातुनले दावी गरेकी हुन् । पत्रकार सम्मेलनमा उनले मुद्धा फिर्ता नलिए आफ्नो श्रीमान् शेष अलाउदिनलाई लागुऔषध मुद्धामा फसाएर जेल पठाइदिने जस्ता धम्कि दिने गरेको बताएकी हुन् ।
मर्जिनाले हाल बाराको जितपुरमै घर भएका मोतिउर रहमान, उनको श्रीमती ४८ वर्षिय आस्मा खातुन र २१ वर्षिय छोरा अरमान देवानको विरुद्धमा नेपाली र भारतिय नागरीकता लिएको भन्दै प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् ।
मर्जिनाकै उजुरी दर्तापछि प्राप्त प्रमाणको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले गत कार्तिक ५ गते रहमानलाई बाराको सिमराबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नागरिकता बनाउँदा मुचुल्कामा सनाखत गर्ने स्थानिय मथुरा हजरालाई पनि प्रहरीले कार्तिक २१ गते पक्राउ गरेको छ ।
मर्जिनाको उजुरीमा किटानी नाम रहेका रहमानको श्रीमती र छोराको पनि खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएकाछन । दोहोरो नागरिकताको विषयमा भोलि बुधबार पर्सा जिल्ला अदालतमा पेशी समेत रहेको प्रहरीले जनाएको छ ।
दोहोरो नागरीकता लिएकाको विरुद्ध उजुरी गर्नेलाई धमक्याउने हवल्दार हुसेन अभियुक्त मोतिउर रहमानको नातामा सालो पर्छन ।
प्रहरी हवल्दार देवान केहि महिना अघि मात्रै आचारण विपरित काम गरेको भन्दै कारवाहिमा परि पहाडी जिल्लामा सरुवा भएका थिए । तर अहिले फेरी उनि अतिरिक्त प्रहरी महानिरीक्षक विजयलाल कायस्थको सिफारीसमा पुन संघिय प्रहरी ईकाई नारायणी पर्सामा आएका थिए ।
आज पत्रकार सम्मेलन गर्दै मर्जिनाले आफ्नो श्रीमान् र परिवारकै विरुद्ध प्रहरी हवल्दार देवानले धम्कि दिँदै हिँडेकाले आवश्यक सुरक्षा प्रवन्ध मिलाइदिन पनि आग्रह गरिन् । साथै दोषिलाई कारवाहि हुनुपर्ने ठाउँमा प्रहरी नै दोषिलाई उम्काउन र निर्दोषलाई फसाउने धम्कि दिनुले प्रहरी माथीको जनविश्वास माथी प्रश्न चिन्ह खडा भएको पनि बताइन् ।
संगै घर भएका मोतिउर रहमान र मर्जिनाको परिवारबीच भएको घर झगडाले दोहोरो नागरिकताको खुलासा सम्म पुगेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

 प्रदेश सभा सदस्यका उम्मेदवार रहेका रामचन्द्र साहको घरको पूर्वपट्टी बम विष्फोट 

वीरगञ्ज ६ मंसिर  बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका  रामचन्द्र साहको घरको पूर्वपट्टी झ्यालको तल मंगलबार राती बम विष्फोट भएको छ । 

फोरम नेपालद्वारा चुनावी घरदैलो र पार्टी प्रवेश तिव्र

बीरगंज ५मंसिर ।  संघिय समाजवादी फोरम नेपाल पर्साले चुनावी रणनीति तथा घरदैलो र पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाएको छ  ।

मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्नुस, उम्मेदवार  रुगटा

वीरगन्ज ५ मंसिर नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार अनिल कुमार रुगंटाले मधेश र मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्न मधेशवादी नेताहरुलाई सुझाव दिएका छन ।  

पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश 

बीरगंज ३ मंसिर नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसियाले मधेश र मधेशीको माग काग्रेस पार्टीले मात्र पुरा गर्ने बताउनु भएको छ  ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.