logo

काँग्रेसको प्रदेश स्तरिय मिडिया सेन्टरको बीरगञ्जमा उद्घाटन 

    55   पटक पढिएको

वीरगंज,२८ कार्तिक –  नेपाली काग्रेसका नेता तथा पर्सा क्षेत्र न ४ वाट प्रतिनिध सभा सदस्यका उम्मेदवारी दिएका नेता रमेश रिजालले बाम गठबन्धनका कारण मुलुकमा खतरा बढेको वताउँनु भएको छ ।  नेपाली काँग्रेसको प्रदेश नम्बरको २ अन्तरगत बीरगञ्जमा खोलिएको मिडिया सेन्टरको कार्यालयको उदघाटन गर्दै रिजालले बामपन्थीहरुको एकिकरणले देश खतरामा गई रहेको हुदा सवै नेपालीहरुलाई त्यस तर्फ सजग हुन जरुरी रहेको बताउनुभएको हो । 

प्रदेश २ को ३ जिल्ला पर्सा, बारा र रौतहट कार्यक्षेत्र रहेको मिडिया सेन्टरले यस क्षेत्रका नेपाली काँग्रेसका गतिविधीलाई आमसञ्चार माध्यय मार्फत जन मानसमा सम्म समाचारको माध्यमबाट काग्रेसको कुरा देखाउन भुमिका खेल्न जरुरी रहेको बताउनुभयो ।   सो अवसरमा नेपाली काँग्रेसका तर्फबाट पर्सा ३ ख का प्रदेश सभाका उमेद्वार जनार्दन क्षेत्रीले साम्यवाद लाद्ने खतरनाक एजेण्डा लिएर कम्युनिष्ट गठवन्धन लागी परेको बताए।
उम्मेदवार क्षेत्रीले सबैले जिउन पाउने अधिकार, नागरिक स्वतन्त्रता र लोकतन्त्र रक्षाका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनलाई देशभर जिताउनुपर्ने आवश्यकता रहेको औंल्याए। पहिचानको मुद्धा र मधेशको सम्मानको लागि काँग्रेसले जित्नुपर्ने क्षेत्रीले बताउनुभएको थियो । 
पत्रकार माहासंघ पर्सा शाखाका पुर्व अध्यक्ष एवम बीरगञ्जका पत्रकार अशोक तिवारीको नेतृत्वमा ७ सदस्यीय मिडिया सेन्टर गठन गठन भएको छ । उक्त कार्यक्रममा काग्रेका नेता एवम पुर्व सभासद शोभाकर पराजुली, प्रेस युनियनका माहा सचिव अजयबाबु शिवाकोटी, पत्रकार माहासंघका संस्थापक अध्यक्ष शंकर खतिवडा, प्रस युनियनका संस्थापक एवम गोरखापत्रका कन्हैया केशरी, प्रस युनियनका केन्द्रिय सदस्य बिजय कुशवाहा, पे्रस युनियनका पुर्व केन्द्रिय सदस्य दिपेन्द्र चौहान, लगायतका प्रेस युनियनका संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

एक थान अवैध हथियार र लागु औषध सहित एक महिला प्रहरीको नियन्त्रणमा 

बीरगंज ६ फाल्गुण, जिल्ला प्रहरी कार्यालय पर्साले एक थान अवैध हथियार र लागु औषध सहित अलग अलग स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । 

शुक्रवारबाट बीरगंजमा रोटरीको दशौ अधिवेशन शुरु

 बीरगंज ४ फाल्गुण , रोटरी ईन्टरनेशनलको  १० औं अधिवेशन शुक्रवारबाट वीरगंजमा शुरु भएको छ ।

संघिय प्रेस फोरमको पर्सा शाखा गठन

 बीरगन्ज ४ फागुन   संघिय समाजवादी फोरम निकटको पत्रकारहरुको संगठन संघिय प्रेस फोरमको पर्सा शाखा गठन भएको छ ।

कृपा दैनिकले १५ औं बार्षिकोत्सवको अवसरमा खाद्य सामग्री बितरण गरयो

बारा, बारा जिल्लाको सबैभन्दा जेठो पत्रिका कृपा दैनिकले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार बाराको पथलैया स्थित बृद्धआश्रमका आश्रित ब्यक्तिहरुलाई खाद्य सामग्री बितरण गरेको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

प्रथम पर्सागढि गोल्डकप  नव जनजाग्रीती सामु आयोजक स्तब्ध ।

बीरगंज १५ माघ, आयोजक आमोदेबि युथ स्पोर्टसलाई सडन डेथमा हराउँदै नव जनजाग्रीती युवा क्लब सिमरा प्रथम पर्सागढि गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेको छ । 

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.