logo

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

    154   पटक पढिएको

वीरगञ्ज  २१ कात्तिक – स्थानीय तह चुनावको तेश्रो तथा अन्तिम चरणमा भएको प्रदेश नम्बर २ को चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 
२०४३ सालमा काठमाडौंमा जन्मिएका ३१ वर्षका रहबर युवाहरुमा लोकप्रिय छन् । अन्सारीका बुवा एई अन्सारी सरकारी डाक्टर थिए । काठमाडौंमा जन्मेका अन्सारी बुवाको सरुवा जताजता भयो त्यतै त्यतै गएर पढे । काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न नयाँ दिल्ली गए । दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके । स्नातकको पढाइ सकिएपछि नेपाल फर्केर भरतपुरको मेडिकल कलेजमा काम गरे । डेढ वर्ष जति त्यहाँ काम गरेपछि आफैले वीरगञ्जमा गण्डक अस्पताल सुरु गरे । 
विश्वका २० हजार युवाहरुबीचको प्रतिस्पर्धाबाट छनोट भएर हंगेरीको बुडापेष्टमा अध्ययन गर्न गए । त्यहाँको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नातकोत्तरको परीक्षा सकेर आएका उनी वीरगञ्ज महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । 
पछिल्लो समय युवामाझ चर्चामा रहेका रहबर अन्सारी अहिले प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । मेयरको चुनावमा ८ हजार ३ सय ५ मत ल्याएका अन्सारी पर्साको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार भएका हुन् । वीरगञ्ज महानगरपालिकामा मेयरमा उठेर चर्चामा आएका उनलाई चाहेर पनि मतदाताहरुले जिताउन सकेनन् । उनको शालिन स्वभाव, मिजासिलो व्यवहार, आकर्षक व्यक्तित्वका साथै तार्किक भाषणले पनि सबैको मनमा उनी बसेका छन् ।
वीरगञ्जका मतदाताहरुको मन जित्न सके पनि उनले चुनाव जितेनन तर जति मतदाताले उनलाई मत दिए त्यसको आधारमा वीरगंजमा आफ्नो आवश्यकता नागरिकले महशुस गरेकोे उनको निष्कर्ष निकालेका छन् । उनले वीरगंजको जे समस्या देखेका छन्, नागरिकले पनि त्यही देखेको उनलाई लागेको छ । समस्या समाधानको लागि उनले जे गर्न खोजेका छन्, नागरिकले पनि त्यही गर्न खाजेको जस्तो उनलाई लागेको छ । नागरिकको जोड र बल समस्या समाधान गर्ने तहमा आफूलाई पु¥याउन सक्रिय रहेको उनको अनुभूति छ । महानगरको मेयरमा प्रत्यासी रहेका अन्सारी प्रदेश सभाको उम्मेदवार बन्न इच्छुक चाँही थिएनन् । तर पार्टीले यो जिम्मेवारीमा जान निर्देशित गरे पछि आफू चुनावी मैदानमा उत्रिएको अन्सारीको भनाई छ । पर्सा जिल्ला प्रदेश नम्बर २ को लागि एउटा महत्वपूर्ण भूमिका खेल्ने र निर्णायक शक्तिको रुपमा रहने भएकोले आफू संबेनशील रहेको उनको भनाई छ । आफूलाई दुईरदुई पटक अवसर दिएकोमा पार्टीलाई आभार ब्यक्त गरेका छन् । ‘पर्सा एउटा ऐतिहासिक जिल्ला पनि हो । यति हुँदाहुँदै पनि पर्सा निकै पछाडि परेको छ । यसको पहिचान, यहाँको विषयवस्तुहरुलाई समेट्नका लागि पनि यहाँको सबल, शिक्षित र सक्षम प्रतिनिधित्वको खाँचो देखँे । त्यसैले मैले फेरि उम्मेदवारी दिएको हुँ’ उनले भनाई छ ।
यस्तो छ स्थिति
निर्वाचन क्षेत्र नं १ को प्रदेश सभाका ‘क’ मा वीरगंज महानगरका १० वटा वडा रहेका छन् । यसमा रहवर अन्सारीको वडासमेत रहेको छ । स्थानीय तहको चुनावको परिणामलाई हेर्ने हो भने एमाले माओवादी गठबन्धन झिनो मतले अगाडि देखिन्छ । महानगरका वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा एमाले माओवादी गठबन्धनले ६ हजार ४ सय ९५ मत प्राप्त गरेको देखिन्छ । नेपाली कांग्रेसले ५ हजार ९ सय ७३ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरम नेपालले ५ हजार ९ सय २४ मत प्राप्त गरेको देखिन्छ । राजपा र संघीय समाजवादी फोरमको गठबन्धको मत जोड्दा ८ हजार हुने देखिन्छ । तर राजपामा आएको फुट बिभाजन र राजीनामाले गर्दा त्यो भोट फोरममा जाने आधार कमजोर देखिन्छ । त्यसमाथि अन्सारी परिचित र चर्चित उम्मेदवार हुन । उनी जति चर्चित उम्मेदवार अरुपार्टीले दिन सकेका छैनन् । थोरै मतदाता वाम गठबन्धनले आम कार्यकर्ता पंक्तिमा ल्याएको उत्साह र समग्रमा क्षेत्रको विकासका निम्ति अगाडि सारेको एजेण्डाका आधारमा उनी चुनाव जितिनेमा ढुक्क छन् ।
मतदातासँग गरेको भेटघाट तथा छलफल र अन्तरक्रियाले पनि आफूलाई थप अनुभव प्राप्त भएको बताउने अन्सारी अहिले कम मतदाताको बीचमा बढी समय छलफल र अन्तरक्रिया गर्न पाउने भएकोले सहज हुने बुझाईमा छन् । ‘मतदाताहरुले जुन सहानुभूति देखाउनु भएको थियो त्यसलाई अब व्यवहारमा लागू गर्नको लागि पनि एउटा अवसर आएको छ’ रहबरको भनाई छ, ‘यीनै कुराहरुले मलाई अझ हौसला बढाएकोले नै मैले जितेको नागरिकको मनबाट मत पाएर जित्न सक्छु भन्ने लाग्छ ।’
योजना बनाएर लागे
आजको युवा पुस्ताका निम्ति “आइडल” बनेका अन्सारी राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक समस्याहरु हल गर्ने आफ्नो महत्वपूर्ण भूमिका रहने सुनाउँछन् । रोजगारी सृजनाका लागि वातावरणको निर्माण, लगानीकर्ताहरुको लागि अनुकुल वतावरण, पर्यटकीय गन्तब्य केन्द्रको विकास, कृषिको आधुनिकीकरण, कृषि पेशामा ब्यवसायीकरणमा ध्यान दिने खाका बनाएका छन् । श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास अर्को योजना हो । आजको युवापुस्तालाई समाज र राष्ट्रका निम्ति जिम्मेवार बन्न प्रेरीत गर्ने अभिष्ट लिएका छन् । स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेण्टी तथा मुख्य गरी कृषि, धार्मिक पर्यटनको विकास तथा वेरोजगार यूवाहरुको लागि रोजगारी सृजना गर्न सीपमूलक तथा दक्षता अभिवृद्धि लगायतका विषयहरुमा देखिएका नीतिगत कुराहरुको समाधानका लागि नीति निर्माणको तहबाट वातावरण बनाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।  आफ्नो क्षमता र अनुभवहरुलाई सकारात्मक र विवेकपूर्ण ढंगबाट प्रयोग गरी प्रदेश नम्बर २ को नमूना जिल्लाको रुपमा पर्सालाई स्थापित गर्ने कुरा उनको प्रथामिकतामा रहेको छ  ।
अन्सारीलाई कतिपयले राजनीतिमा “अपरिपक्कव” भने टिप्पणी गर्छन् । राजनीतिमा वर्षौं ब्यतित गरेकाहरुले यसो भन्नु अनौठो होइन तर अलिकति जान्ने सुन्ने ठान्ने उनीभन्दा अलि पाको  उमेर समूहकाको मत पनि यस्तै पाइन्छ । तर अन्सारीको यसमा खरो टिप्पणी छ यस्ता कुरा गर्नेहरु सबै विकास र समृद्धिका विरोधी हुन्  । ‘राजनीतिमा उमेर पुगेकाहरु मात्रै लाग्नुपर्छ भन्ने हाम्रो गलत संस्कारले हाम्रो मानसिकतामा डेरा जमाएको छ’ उनको बुझाई ५, ‘जबसम्म पुरानो सोच र मानसिकता राखेर राजनीति गरिन्छ त्यो सधैं यथास्थितिमा रहन्छ । राजनीतिका पुराना खेलाडी भन्ने दिनहरु गए । अबको समय युवाको हो । पुराना राजनीतिक खेलाडी भन्नेहरुले युवाहरुलाई झोला बोकाउने काम मात्रै गरे । आधुनिक युगमा युवा नेताका झोला बोक्न होइन देशको जिम्मेवारी बोक्न हो ।’ परिपक्ववता होइन राजनीतिमा संस्कार हुन जरुरी रहेको उनको भनाई छ । राजनीतिका नाममा अपराध र अराजकतालाई उन्मुक्ति दिने कुरा ठिक होइन । राजनीतिमा सबै कुरा जायज हुन्छ भन्दै अनुत्तरदायी काम गर्ने कुराको छुट कसैले पाउनु हुँदैन भन्ने धारणा उनमा बलियो छ ।  
देशमा स्थायी सरकार निर्माणका लागि निर्माण गरिएको वाम गठबन्धनप्रति नेपाली कांग्रेस लगायतका पार्टीहरुले “अधिनायकवादी” को आरोप लगाएकोलाई उनले अर्थ नभइको बताए । ‘सरकार त वामपन्थीले बनाउने भन्ने लागिसक्यो त्यही भएर प्रजातान्त्रिक गठबन्धनमा रहेकाले “प्रतिक्रियात्मक” कुरा गरेका हुन् । वाम गठबन्धलाई अधिनायकवादसँग कुनै त्यस्तो मोहमाया छैन । भ्रम पाल्ने र छर्ने काम नगरेको बेस’ उनले सुनाए । उज्यालो अनलाईमा खवर छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.