logo

बाराको नदीमा तस्करको रजाइँ, सरोकारवाला निकाय मौन, स्थानीय बिकास अघिकारी ढुंगानाको रेडिमेड जवाफ

    16   पटक पढिएको

बारा २० कात्तिक,  सरकारले तीन वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाए पनि बाराको निजगढ नगरपालिकामा त्यसको अवज्ञा भइरहेको छ । दिनहुँ सयौंका संख्यामा ट्याक्टर, ट्रिपर र ट्रकहरुले बिहानैदेखि नदीजन्य सामग्री उत्खनन् गर्दा पनि सरोकारवाला निकाय मौन छन् । 
राष्ट्रिय निकुन्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ को नियमावली ३४ बमोजिम आरक्ष क्षेत्र भित्र खानी खन्न, ढुंगा निकाल्न वा कुनै पनि प्राकृतिक श्रोत र सम्पदालाई खलल पुग्ने काम गर्न गराउन नपाउने उल्लेख छ । वातावरण संरक्षणसँगै बाढीपहिरोको जोखिम न्युनीकरणका लागि भन्दै नेपाल सरकारले असार महिनाको शुरुदेखि भदौ मसान्तसम्म देशका सबै नदीबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाउँदै आएको छ । सरकारको यो निर्णय बिपरित असारअघिका महिनामा जस्तै नियमितरूपमा बाराका बकैया, धन्सार, पसाहा र बालगंगा नदीबाट नदीजन्य पदार्थ उत्खनन र संकलन कार्य निर्वाधरुपमा भइरहेको छ ।
बकैया नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरी बिक्री वितरण गर्न पल्केका ४ क्रसर उद्योग अझैपनि सञ्चालनमै रहेका छन् । जबकी प्रत्येक वर्ष नदीजन्य सामग्री उत्खनन्को अनुमति लिन सम्बन्धित निकायमा गर्नुपर्ने नविकरण कार्य तीन वर्ष अघिदेखि नै रोकिएको छ । अहिले खोला नजिकै रहेका ४ क्रसर उद्योगले पुरानो स्टक सामाग्री बेच्न पाउनुपर्ने भन्दै नदीजन्य सामाग्री उत्खनन जारी राख्दै आएको छ ।
अवैध भनिएका क्रसर उद्योग सञ्चालनमै रहेको प्रमाण जिल्ला बिकासको तथ्यांकबाट पनि देखिन्छ । कार्यालयमा अघिल्लो आर्थिक वर्षको अन्त्यमा देखाइएको स्टक सामग्री र पछिल्लो यो वर्ष देखाइएको स्टक सामग्री करिब बराबर छ । जबकी ट्याक्टरहरुले पनि दिनहुँ जिल्ला निकासी कर र बिक्री मूल्य करको रसिद काटी घरायसी प्रयोजनका लागि क्रसरबाट नदीजन्य सामग्री बोकिरहेका छन् । यसबाट पनि स्पष्ट हुन्छ सरकारी कर्मचारी र ठेकेदारसँग मिलेमतो गरेर उद्योगीहरुले क्रसर नदीको दोहन जारी राखेका छन् । ढुंगा गिटी बालुवाको निकासीमा वर्षेनी करोडौंको ठेक्का लगाउने जिल्ला विकास समितिले अघिल्ला वर्षदेखि ठेक्का प्रक्रिया नगरी उद्योगमा रहेको स्टक सामाग्रीको लगत राख्ने काम मात्र गरिरहेको छ । 
रेडिमेड जवाफ
दोहन जारी रहँदा मुकदर्शक बनेको स्थानीय प्रशासन र सरोकारवाला सरकारी अधिकारीहरुको भने रेडिमेड जवाफ आउँछ– कारबाही गर्न निर्देशन दिएका छौं ।
बाराका स्थानीय बिकास अघिकारी भरत ढुंगानाले पनि अनलाइनखबरलाई रेडिमेड जवाफ दिए । उनले भने, ‘जिविस, प्रहरी र प्रशासनको टोलीले नियमित रुपमा अनुगमन गरेका छौं र यस्ता कार्य भएको पाइएमा आवश्यक कारबाही गर्न भनी निर्देशन दिएको छु ।’
त्यतिमात्रै होइन उनले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि र प्रहरीको दायीत्व पनि सम्झाउन भ्याए । ‘स्थानीय स्तरमा जनप्रतिनिधि र प्रहरी प्रशासनलाई पनि सो कार्यको नियमनको अधिकार रहेकाले नदीजन्य सामाग्री उत्खनन् रोक्न सबैको दायित्व हो,’ उनले भने ।
उनले क्रसरमा अनुगमन फितलो भएको स्वीकार्दै खोलामा प्रतिबन्ध लगाइएका उपकरण र मापदण्ड नपुगी बन्द भएका क्रसर उद्योगहरुले नियम बिपरीत काम गरेको पाइएमा कारबाही गरिने बताए । 
निजगढ नगर प्रमुख सुरेश खनालले अहिलेसम्म नदीजन्य सामानको व्यवस्थान जिल्ला बिकासबाटै भएकाले आफूहरुको त्यसतर्फ ध्यान नपुगेको बताए । उनले भने, ‘स्थानीय तहको मातहतमा जिम्मा दिए नियमपुर्वक व्यवस्थापन गर्ने छौं ।
चुरे विनाश र प्राकृतिक प्रकोपको चिन्ता
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको सुझाव विपरीत संवेदनशील क्षेत्रबाट निषेधित अवधिमा दैनिक सयौं ट्रक र ट्याक्टरबाट नदीजन्य पदार्थ संकलन कार्य जारी राखेपछि चुरे विनाशसँगै आसपास बस्तीमा बाढी पहिरोको प्रकोप बढ्ने चिन्ताले स्थानीय त्रसित छन् । उद्योग र ठेकेदारले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको सुझाव विपरीत सरकारले लागू गरेको निषेधित अवधिमा समेत बस्तीसँगै पूर्व–पश्चिम राजमार्गका पुल तथा जंगल नजिकबाट उत्खनन तीव्र पारेपछि स्थानीयमा त्रास थप बढेको हो । 
क्रसर उद्योगकै कारण चुरेको प्राकृतिक संरचना बिग्रदै जाँदा चुरेदेखि दक्षिणी भूभागमा रहेका प्राकृतिक वा मानव निर्मित संरचनामा खलल पुग्दै आएको छ । अवैज्ञानिक ढुंगा, गिटी र बालुवाको निकासीले खोलाको वेगमा परिवर्तन आई पूर्वपश्चिम राजमार्गका दर्जनौं पुलहरु उच्च जोखिममा मात्र परेका छैनन् हजारौं हेक्टर उर्वर भूमि र राष्ट्रिय वन बगरमा परिणत भएको छ ।
पछिल्ला वर्षमा पूर्वपश्चिम राजमार्ग आसपासका बस्तीहरुमा चापाकल र इनारहरु सुक्न थालेपछि खानेपानीमा समेत समस्या छ । चुरे दक्षिणका भुभागको प्राकृतिक संरचनालाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने चुरे भावर क्षेत्रको संरक्षण गर्न सरकारले वन संरक्षण,अतिक्रमण नियन्त्रण, कानुन बिपरीत खोलिएका क्रसर उद्योग बन्द, अवैज्ञानिक ढुंगा, गिट्टी, बालुवाको उत्खनन् र निकासीलाई मात्र नियन्त्रण गर्न सके सरकारले चुरे संरक्षणका लागि छुटयाउने वार्षिक बजेटसमेत न्युनिकरण गर्न सकिने देखिन्छ । अनलाईनखवरबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

बिजनेस

चीनबाट ट्वाइलेट पेपर र छुर्पी ल्याएको गाडीबाट १७ केजी अवैध सुन सहित एक जना पक्राउ । 

काठमाडौं २ मंसिर, । रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताद्धार एक लाख भन्दा बढीको अवैध लत्ता कपडा पक्राउ

बिरगंज २९ कार्तिक   वडा प्रहरी कार्यालय बिर्ताले एक लाख भन्दा बढीको भन्सार छलेर ल्याउदै गरेको लत्ता कपडा पक्राउ गरेको छ।

बाराको नदीमा तस्करको रजाइँ, सरोकारवाला निकाय मौन, स्थानीय बिकास अघिकारी ढुंगानाको रेडिमेड जवाफ

बारा २० कात्तिक,  सरकारले तीन वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाए पनि बाराको निजगढ नगरपालिकामा त्यसको अवज्ञा भइरहेको छ ।

बीरगंज भन्सार जाचपास भै छुटेकोे ट्रक प्रहरीको नियन्त्रणमा 

बीरगंज १९ कार्तिक  पर्सा प्रहरीले बीरगंज भन्सार कार्यालयबाट जाचपास भै छुटेको एउटा मालबाहक गाडी आफनो नियन्त्रणमा लिएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.