logo

नेपालमै उत्पादन हुने सर्पदंशको औषधि

    8   पटक पढिएको

काठमाडौँ, २० कात्तिक । नेपालमा पहिलोपटक सर्पदंशको औषधि सर्पको डसाइबाट बच्ने ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।
निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो । 
वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढाइनेछ ।
कम्पनी स्थापनाबाट ४०० व्यक्तिले रोजगारी पाउनुका साथै औषधिबाट वार्षिक रु एक अर्ब बराबरको विदेशबाट नेपाली मुद्रा भित्र्याउने लक्ष्य लिइएको छ । सर्पदंश औषधिमा देशलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।
हाल सरकारले वार्षिक ३० हजार भायल ९करिब रु चार करोड बराबरको० सर्पदंश औषधि गरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि गराई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ ।
कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मूल्य रु १३ अर्ब ५३ करोड पर्न जान्छ । ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।
राज्यको सर्पदंश औषधि उत्पादनमा कानून अभावका कारण आफ्नो कम्पनीले झण्डै चारवर्ष लामो संघर्षपश्चात् सरकारीतर्फबाट कम्पनी स्थापना स्वीकृति पाएकाले अब पूर्वाधार निर्माणका काम शुरु गरिने अध्यक्ष फुयाँलको भनाइ छ ।अहिले भारतबाट आयात हुने औषधिले नेपालमा सर्पको डसाइबाट पीडित भएका बिरामीको उपचार भइरहेको छ । उक्त औषधि नेपालमै बनेमा जनताले सहज तरिकाले उपचार पाउनेछन् ।
कम्पनीका प्राविधिक सल्लाहकार डा जगन्नाथ राईले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सर्पदंश औषधि उत्पादन गरी विदेश निर्यात गरिने बताउनुभयो ।
उहाँका अनुसार औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र प्राविधिक जनशक्ति नेपालमै पर्याप्त रहेको र केही प्राविधिकलाई तालीमका लागि विदेश पठाइएको जानकारी दिनुभयो ।
सर्पदंशको औषधि सर्पको बिष निकालेर प्रशोधन गरी घोडामा प्रयोग गरिन्छ, त्यसपछि प्राविधिक प्रक्रिया पु¥याई औषधि तयार गरिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर प्रतिवर्ष एक लाखमा १६२ जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको छ । नेपालमा पनि एक वर्षमा करिब एक हजार व्यक्तिको मृत्यु हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ । एवीसी न्युजबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

स्वास्थ्य

नारायणी उपक्षेत्रिय अस्पतालमा ठगी गर्ने दुईजना कर्मचारी निलमबन

वीरगंज ३० कात्तिक नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनले दुईजना कर्मचारीलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।

लायन्स क्लबॐारा विश्व मधुमेह दिवसमा सचेतना ¥याली

वीरगंज, २८ कार्तिक, विश्व मधुमेह दिवसको अवसरमा वीरगंजके विभिन्न लायन्स क्लबहरुको अगुवाईमा सचेतनामूलक ¥याली निकालिएको छ ।

नेपालमै उत्पादन हुने सर्पदंशको औषधि

काठमाडौँ, २० कात्तिक । नेपालमा पहिलोपटक सर्पदंशको औषधि सर्पको डसाइबाट बच्ने ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।

पुर्व सांसद रुङटाद्धारा रक्तदान कार्यक्रमको उदघाटन

बिरगंज १९ कार्तिक  नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गर्नु भएको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.