logo

पुर्व सांसद रुङटाद्धारा रक्तदान कार्यक्रमको उदघाटन

    52   पटक पढिएको

बिरगंज १९ कार्तिक 
नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गर्नु भएको छ । बिरगंज महानगर पालिका वडा नम्बर १५ लक्षमनवा र १६ नगवामा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमलाइ पुर्व सभासद रुङ्टाले उदघाटन गरेका हुन । रक्तदान कार्यक्रमलाइ उदघाटन गर्दै युवा नेता अनिल रुङ्टाले बिरगंज महानगरपालिका अहिले बिकासको पर्खाइमा रहेको बताएका छन । उनले भने समाज बिकास सगै बिरगंज शहरको बिकासको लागि आफू २४ औ घण्टा तयार रहेको बताए । नेता रुङ्टाले आफू सभासद रहेको बेला बिकासका निम्ति योजना तथा बजेट  कहा बाट ल्याउन सकिन्छ बारे आफुलाइ पुर्ण अनुभव रहेको हुनाले बिरगंज बिकासका लागि आफुलाइ प्रतिनिधि सभाको सदस्यमा पुर्ण बहुमत सहित बिजय बनाउन आग्रह गर्नु भयो । आफु पैसाको लागि होइन बिरगंजको बिकासको लागि आफ्नो उम्मेदवारी दिएको हुनाले ढुक्क भएर नेपाली काङ्ग्रेसलाई बिजय बनाउन नेता रुङ्टाले स्थानिय सग आग्रह गर्नु भयो । यहाका अधिकाश नेताहरु तपाईं हरु माझ झुठो आश्वासन लिएर भोट माग्न आउछ्न तर उनिहरु बिकास गर्दैन तर आफू समाजको बिकासको निम्ति आएको बताउदै नेता रुङ्टाले नगवा बिकासमा धेरै पछि रहेको हुनाने पहिला नगवाको बिकास गर्न जरुरी रहेको बताए । नगवा युवा समाजका अध्यक्ष राजेन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका नेता एव पर्सा क्षेत्र  १ को ख का प्रदेश सभाका सदस्य उम्मेदवार बिजय सरार्फ, पार्टीका कोषाध्यक्ष इम्तियाज आलम, युवा नेता अयुब मिया, स्थानिय अगुवा नेता बाबुलाल चौरसिया, इलाका प्रहरी कार्यालय नगवा का प्रहरी नायब निरीक्षक प्रेम बहादुर क्षेत्री,  रामाधार चौरसिया, युवा नेता प्रभु चौरसिया, बिनोद चौरसिया, लालबहादुर चौरसिया, मइम मिया, सुभास गुप्ता लगायतले सम्बोधन गर्दै रक्तदान गरि सहयोग गर्न सबैलाइ आहवान गरेका थिए । त्यसै गरि वर्ल्ड युनाइटेड क्लबका अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा वडाका वडाअध्यक्ष गजेन्द्र पटेल, पर्सा क्षेत्र १ को क का प्रदेश सभाका सदस्य उम्मेदवार रामनारायण कुर्मि लगायतले सम्बोधन गरेका थिए । छुट्टाछुट्टै आयोजित रक्तदान कार्यक्रममा महिला गरि एक सय भन्दा बढिले रक्तदान गरेका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

स्वास्थ्य

नारायणी उपक्षेत्रिय अस्पतालमा ठगी गर्ने दुईजना कर्मचारी निलमबन

वीरगंज ३० कात्तिक नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनले दुईजना कर्मचारीलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।

लायन्स क्लबॐारा विश्व मधुमेह दिवसमा सचेतना ¥याली

वीरगंज, २८ कार्तिक, विश्व मधुमेह दिवसको अवसरमा वीरगंजके विभिन्न लायन्स क्लबहरुको अगुवाईमा सचेतनामूलक ¥याली निकालिएको छ ।

नेपालमै उत्पादन हुने सर्पदंशको औषधि

काठमाडौँ, २० कात्तिक । नेपालमा पहिलोपटक सर्पदंशको औषधि सर्पको डसाइबाट बच्ने ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।

पुर्व सांसद रुङटाद्धारा रक्तदान कार्यक्रमको उदघाटन

बिरगंज १९ कार्तिक  नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गर्नु भएको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.