logo

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

    25   पटक पढिएको

ओमप्रकाश खनाल
    अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन । पटकपटक आप्mनै रवैयाका कारण आलोचकको निशानामा पर्दै आएका देउवा एक व्यक्ति मात्र होइनन्, देशको कार्यकारी प्रमुख हुनुका कारण उनको बोली, व्यवहार, आचरण र हाउभाउले विश्वसामु सिङ्गो नेपाल र नेपालीको गरिमा प्रभावित भइराखेको हुन्छ । यो हामीमा मात्र लागू हुने विषय पनि होइन, विश्व राजनीतिक आयाम र अभ्यासले स्थापित गरेको सत्य यही हो । त्यसैले औसत नेताले शब्द तौलिएर बोल्छ ।
    कूटनीतिक चातुर्यले नेतृत्वको कुशलता प्रदर्शित हुन्छ । विडम्बना, सत्ता र शक्तिका निम्ति ‘त्वम् शरणम्’लाई मूलमन्त्र बनाएका हाम्रा राजनीतिक अगुवाले कुन ठाउँको महŒव के हो रु के बोल्नु हुन्छ र हुँदैन रु भन्ने हेक्का राख्नसमेत आवश्यक ठान्दैनन्रजान्दैनन् । र, उपहासको पात्र मात्र बन्दैनन्, देशवासीलाई नै लज्जित तुल्याउँछन् । शेरबहादुर देउवा मौजुदा रमिताको प्रमुख पात्र मात्रै हुन् । ओज तलमाथि भएपनि औसत राजनीतिक नेतृत्वको आचरण उस्तै हो । केही पहेली बाहिर आउँछन्, कतिका कर्तुत गुपचुप रहस्यमैं रहन्छन्, फरक यति हो ।  अचाक्ली राष्ट्रवाद र असीम देशप्रेम सत्तास्वार्थका अगाडि कसरी पग्लिएका र शक्तिका अघिल्तिर लम्पसार परेका छन् भन्ने उदाहरण खोज्न धेरै दिमागी कसरतको खाँचो पर्दैन । विगतमा पर्दापछाडि हुने गरेका खेललाई अहिले पर्दाले छोप्न छोडिसकेको छ । बरु विगतमा हस्तक्षेपका नग्न प्रहसन कमै देखिन्थेरसुनिन्थ्ये । अहिले सार्वजनिक सञ्चारको तीव्र विस्तार र उपयोगले जनतालाई नेतृत्वको मनोवृत्ति र कुत्सित अभीष्टबारे ज्ञान राख्न त्यति असजिलो छैन । सूचना र प्रविधिले विश्वलाई साँघुरो घेरामा सीमित तुल्याइदिएको छ । तर नेतृत्वले भने आम सरोकारका अपेक्षा र प्रतिक्रियालाई पूर्ण बेवास्ता गरिराखेको छ । परिणाम, पाइलैपिच्छे अलोकप्रिय पदचाप प्रकट भइराखेका छन् ।
    मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि न्यूनतम कूटनीतिक सीमा र मर्यादालाई समेत सरोबरी तुल्याइएको छ । निकट छिमेकी देश हाम्रा आन्तरिक मामिलामा यसो गर, उसो नगर भनेर आदेश फर्मान गर्छन् । आज्ञाकारीहरूले आनाकानी गरे त्यसको परिणाम भोग्न तयार हुनुपर्दछ । संविधान जारी हुँदै गर्दा भारतीय संस्थापनले देखाएको नाङ्गो नाच र त्यसपछिका परिदृश्य ओझेलमा परेका छैनन् ।
    औपचारिक फोरमहरूमा विशिष्ट सम्बन्धको जति नै भजन गाए पनि नियत उदाङ्गो भइसकेको छ । र, यसले उत्पादन गरेका दरार र खाडलको परिपूर्ति विशिष्टताको मन्त्र जपेर सम्भव छैन । तैपनि भक्तहरू स्तुति गाउन छोड्दैनन् । मानौं, भजनकै भरमा राजनीतिक अभीष्ट र सत्ताको दुनो सोभ्mयाउन सकिन्छ । भन्नलाई यिनीहरू नेपाली जनतालाई सार्वभौमसत्ताको मालिक भन्छन्, तर वास्तविक मालिक अरूलाई नै ठान्छन् । अहिलेका होनहार लोकतन्त्रवादीहरू मालिकका अघिल्तिर को कतिसम्म्म लम्पसार पर्न सक्छन् भन्ने होडबाजी नै देख्न पाइएको छ । आवरण मात्रै फरक हो, आचरण एकैजस्तो छ । अहिलेका खाँटी लोकतन्त्रवादीको असली प्रवृत्तिको आलोचना गर्ने जो कोही आपूmलाई परिवर्तनको एकल ठेकेदार सम्झिनेहरूको आँखामा प्रतिगामी करार हुन सक्छन् । किनभने जनताको नाममा राजनीति गर्नेहरू जनस्तरका असली कुरा सुन्ने र मनन् गर्ने हिम्मत राख्दैनन् । सत्य स्वीकार्ने र रूपान्तरणको परिपाटी राजनीतिमा हुन्थ्यो त नेतृत्व जनताबाट यति धेरै आलोचित हुनै पर्दैनथ्यो । हुँदाहुँदा आज अवस्था यस्तो भइदिएको छ, यो मेरो नेता भनेर गर्व गर्न लायक एक थान राजनीतिक प्राणी भेट्टाउन कठिन छ । राजनीतिक आग्रहबाट ओतप्रोत झुन्डको बुझाइ अलग हुन सक्छ । यस्तो किन हुन्छ रु उत्तर स्पष्ट छ, राजनीति जनताबाट विमुख हुँदै गइराखेको छ । नेतृत्वको शैली हेर्दा लाग्छ, लोकतन्त्रको आवरणमा देशमा निरङ्कुशतन्त्रको नमूना अभ्यास जारी छ । देशमा विधि, विधान, कानून सबै छन् । कार्यान्वयन र सन्तुलनका अङ्ग पनि छन् । तर दलीय स्वार्थ मिल्यो भने ती सबै पङ्गु बनाइन्छन् ।  प्रकारान्तरले देश विधि–प्रक्रियाबाट होइन, दलका टाउकेहरूको सिन्डीकेटले चलाइराखेको छ । एकपछि अर्को भ्रष्टाचार र बेथितिका निकृष्ट नमूना बाहिर आइराखेका छन् । मिडिया, नागरिक समाज र सचेत जनताले यस्ता अराजकताविरुद्ध आवाज उठाउन छोडेका छैनन् । नेतृत्व मौन समर्थनमा मात्र छैन, कतिपय बेथितिलाई विधि मिचेर वैधानिकता दिन उद्यत् छ । सत्ताको हिसाबकिताबमा चारतिर फर्किनेहरू स्वार्थ मिल्नेबित्तिकै एकै ठाउँमा जोडिएका उदाहरण बग्रेल्ती भेटिन्छन् । राजनीतिले जब जनताको अपेक्षालाई उपेक्षा गर्छ, त्यतिखेर नेतृत्वले पनि जनताबाट सम्मान होइन, अपेक्षा राख्ने भनेको अपमान मात्रै हो । कुनै बेला आप्mनो ज्यानको प्रवाह नगरी नेताको सुरक्षामा तैनाथ हुने कार्यकर्ताबाटै नेता कुटिनुपर्ने अराजक विडम्बना यसै बनेको होइन । सत्य तीतो हुन्छ, शेरको छाला ओढ्दैमा स्याल शेर बन्दैन । राजनीतिक परिवर्तनले सत्ताको स्वरूप मात्र फेरिदियो । नेतृत्वको आचरण बदलिएन । राजाको आसनमा राष्ट्रपतिलाई राखियो । सत्ताभोगमा पात्र परिवर्तन भयो, तर शैली उस्तै रह्यो । आज मुलुक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा गइसकेर पनि शासनसत्तामा सीमित नेतृत्व र तिनका आसेपासेको मोजमस्तीबाहेक एउटा आमजनताले अनुभूत गर्ने खालको परिवर्तन के भएको छ रु किन्तु परन्तु नजोडीकन कुनै पनि लोकतन्त्रका ठेकेदारले यसको सीधा उत्तर दिने सामथ्र्य राख्छ रु कदापि सक्दैन । 
लोकतान्त्रिक गणतन्त्र आपैंmमा खराब व्यवस्था हुँदै होइन । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । तर यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने जिम्मेवारी लिएर बसेका ठालूहरूको तालुमा आलु फलाउने उद्यम मात्र बन्यो । यसले व्यवस्थाको गरिमा र अभीष्टमैं सन्देह पैदा गरिदिएको छ । अनेक आवरणमा जनताको आकाङ्क्षा कुल्चिएका मात्र छैनन्, नाइकेहरूको मनोमानीबाट सचेत नागरिक लज्जित हुनुपर्ने दुर्भाग्य छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसितको संयुक्त पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति यतिखेर आलोचनाको चुलीमा छ । यो देश र जनताभन्दा सत्ता राजनीतिका निम्ति दृश्यरअदृश्य सरोकारप्रति अतिआशक्तिको उपक्रम मात्रै हो । एकातिर ९० प्रतिशत मतले संविधान ल्याएको भन्ने अनि १० प्रतिशतको अडानलाई स्वीकार्यता र कार्यान्वयनको कसी ठान्ने सोच आपैंmमा विरोधाभासको पहेलीबाहेक केही होइन । 
अपवादबाहेक भारत आपैंm विगतको गल्ती सच्याउने मुडमा प्रकट भइराखेका बेला हाम्रा प्रधानमन्त्रीको अभिव्यक्तिले सीमित असन्तुष्टिलाई लिएर भारतले संविधानमा राखेको अडान अनुमोदन गरेजस्तो देखिएको छ । भारतले संशोधनको कुरै नकोट्याएका बेला हाम्रा प्रधानमन्त्रीले संशोधनमार्पmत् सर्वस्वीकार्यताको प्रतिबद्धता जाहेर गर्नु असान्दर्भिक मात्र थिएन, यो अभिव्यक्ति आपैंmमा अपरिपक्व कूटनीतिको उत्पादन पनि हो । प्रधानमन्त्रीको अभिव्यक्ति भारतीय संस्थापन रिझाउने उपाय पनि हुन सक्छ । खासमा अहिलेसम्म हाम्रा प्रधानमन्त्रीहरूको भारत भ्रमण एउटा कर्मकाण्डी दिल्ली दर्शनबाहेक अन्य हुन सकेको छैन । यस्ता भ्रमणको औचित्य र आवश्यकतामा वस्तुनिष्ठ बहस र त्यसबाट निस्किने निचोडको कार्यान्वयन अपरिहार्य भइसकेको छ । प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने विषय अनेक थिए । हुनत विगत दुई दशकदेखि प्रत्येक भ्रमणका मुद्दा एकैजसो विषयमा फन्को मारिराखेका हुन्छन् । प्रधानमन्त्री भ्रमणको पूर्वसन्ध्यामा तराईमा बाढीको कहरले पर्याप्तै पाठ र उठानका विषय सुझाएकै हो । यो विषयलाई उठाउने भनिए पनि ओझेलमा प¥योरपारियो । भूकम्पीय क्षतिको पुनर्निर्माण नयाँ कुरा होइन । आप्mनै प्रधानमन्त्रीकालको उपज जलविद्युत् उत्पादनलाई गति दिने समझदारी त भयो, तर भरपर्दो आधार अभैm तय भएको देखिन्न । यस अर्थमा उपलब्धि र अभिव्यक्तिको कसीमा प्रधानमन्त्रीको यो भ्रमणलाई राजनीतिक तीर्थाटनभन्दा अरू मान्न सकिन्न ।
    कतिले प्रधानमन्त्रीको यो शैलीलाई उनको मौलिकता भन्दै बचाऊ गरिराखेका छन् । यो हनुमानगिरीको अब्बल दृष्टान्त मात्रै हो । नेतृत्व आलोचना सुन्न चाहँदैन । यथार्थबाट टाढा रहेरै वाहवाहीमा आत्मरति खोज्छ । यो औसत नेतृत्वको मनोदशा हो । शेरबहादुरले नेतृत्व गरेको नेपाली काङ्ग्रेसलाई त यो रोगले अझ बढी गलाएको छ । नेताको चम्चागिरी गरेरै दुनो सोभ्mयाउन पल्केका लोभीपापीहरूले नेतृत्वको यही कमजोरीलाई आप्mनो बल बनाइराखेका छन् । यसले नेतृत्वलाई निरन्तर कमजोर मात्र बनाएको छैन, हास्यको पात्र बन्दैछन् । नेताले सही कुरा गरे पनि जनताले हासोमा उडाइदिन्छन् । नेतृत्वको छेउछाउमा सल्लाहकारको आवरणमा भजनमण्डलीको बिगबिगी छ । परिणाम, नेता पाइलैपिच्छे आलोचनाको निशानामा पर्छ । नेतृत्वले बुद्धि पु¥याउने हो भने अभैm बेला घर्किसकेको छैन । यो मेसोमा अहिले केही राजनीतिक प्राणीहरू आपूmलाई खाँटी राष्ट्रवादी साबित गर्न कस्सिएका छन् । उनीहरूले म मात्रै अब्बल, अरू सबै चाहार भनेर आंैला नठड्याए हुन्छ । चारवटा औंला त आपैंmतिर फर्किराखेका छन् । नेपाली जनताले नेताहरूको परख गर्न जानिसकेका छन् । को कति राष्ट्रवादी हो, कसले देश र जनताको भलाइका निम्ति कति इमानदारी अपनाएको छ, यो लुकेको विषय रहेन । लम्पसरवादी आचरणको ओज फरक हुन सक्ला, चरित्र भने एउटै हो । राजनीतिक दलहरूको अस्पष्ट र नेतृत्वमुखी विदेश नीतिले स्वतन्त्रता र सार्वभौमिकता सङ्कुचित भइआएको छ । दलहरू मुलुकको हितलाई केन्द्र भागमा राखेर साझा विदेश नीतिको जगमा उभिन किन सक्दैनन् रु यिनै भारतीय प्रधानमन्त्रीले नेपालको संसद्मा नेपाल एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हो भन्दा तालीले सभाहल गुञ्जिनुपर्ने कारण के हो रु यस्ता सामान्य प्रश्नको धरातलीय समाधान सम्भव भए मात्रै असामान्य अपमानको पुनरावृत्ति हुनेछैन । साभार प्रतिक दैनिक
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

तराईमा बाढी र सिक्नुपर्ने पाठ

ओमप्रकाश खनाल     तराई बाढीको चपेटामा परेको १० दिन बितिसकेको छ । यसबीचमा पीडितको पीडा मत्थर हुँदै जानुपर्ने हो । तर जति दिन बित्दैछ, बाढी प्रभावितको पीडा र जोखिम पनि बढिराखेको छ ।

लोकतन्त्रको बीउ

चन्द्रकिशोर   नेपाली पत्रकारिताले आप्mनोबारेमा आपैंm मन्थन गर्नुपर्छ । अरूतिरबाट औंला तेर्सिनुभन्दा आपैंm आप्mनोबारे समीक्षा गर्न जुर्मुराउनुपर्छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.