logo

उत्तर कोरियाको परमाणु परीक्षण नयाँ खतरा– जापान

    15   पटक पढिएको

टोक्यो, २४ साउन । जापानले उत्तर कोरियाले हालैका दिनमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा विश्वका लागि नै नयाँ खतरा हो भनेको छ । जापानको रक्षा मन्त्रालयद्वारा सो खतरा औँल्याइएको उक्त मन्त्रालयका तर्फबाट मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा जनाइएको छ । 
जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन् । जापानले भनेको छ– उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एक दशकयताकै सबैभन्दा खतरनाक अवस्था हो । उत्तर कोरियाले निरन्तर रुपमा जापान र उत्तर कोरियाबीचको समुद्रमा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । सो परीक्षणबाट जापानले अहिलेको विश्वका लागि ठूलो खतराको रुपमा उत्तर कोरिया अघि बढेको पाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । 
उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ ।
पछिल्लो समय उसले गरेको भनिएको अन्तरमहादेशीय क्षेप्यास्त्रले विश्वमा झन ठूलो खतरा बढाएको पाइएको जापानको रक्षा मन्त्रालयले तयार पारेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उत्तरले जारी राखेको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापानले पनि निन्दा गरेका छन् । यस विषयमा राष्ट्रपति ट्रम्प र जापनका प्रधानमन्त्री सिन्जो आबेबीच हालै फोनवार्ता पनि भएको थियो ।
उता यस्तो क्षेप्यास्त्र परीक्षणको कारण अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ । उता उक्त नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ । साभार एवीसी न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

अर्बौं डलर कर छली गरेको एप्पलमाथि आरोप

काठमाण्डौं , २१ काक्तिक । विश्वको सबैभन्दा बढी मुनाफामा रहेको एप्पल कम्पनीले अर्बौं डलर कर छलीका लागि नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको छ ।

दोस्रो विश्वयुद्धमा फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ । उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको परमाणु परीक्षण नयाँ खतरा– जापान

टोक्यो, २४ साउन । जापानले उत्तर कोरियाले हालैका दिनमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा विश्वका लागि नै नयाँ खतरा हो भनेको छ । जापानको रक्षा मन्त्रालयद्वारा सो खतरा औँल्याइएको उक्त मन्त्रालयका तर्फबाट मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा जनाइएको छ ।  जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन् । जापानले भनेको छ– उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एक दशकयताकै सबैभन्दा खतरनाक अवस्था हो ।

जापानमा नयाँ विदेश र रक्षामन्त्री

टोक्यो, १९ साउन । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गर्नुभएको छ ।  जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरुको खण्डन गरिरहनुभएका उहाँले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गर्नुभएको राजधानी टोक्योबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.