logo

जन्मदै फुटेको राप्रपा बारम्बार किन फुट्छ सत्तारोहणपछि फुटको इतिहास

    13   पटक पढिएको

काठमाडौं, २४ साउन । हाम्रो देशमा पार्टी बन्ने र फुट्ने श्रृङखला नौलो होइन । ठूलै ढोङ सहित पार्टी स्थापना हुन्छ । तर, केही समय पछि विभाजन हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भने निक्कै रोचक छ ।

 किनकी, राप्रपा जन्मदै जुम्ल्याहा पार्टी हो । पञ्चायती व्यवस्था ढले लगत्तै पूर्व पञ्चहरुको पार्टीको रुपमा २०४७ सालमा राप्रपा बनाउने कसरत सुरु भयो ।

एकै दिन एउटै नाममा दुई अध्यक्ष भएको पार्टी घोषणा भयो – राष्ट्रिय प्रजातन्त्र पार्टी । एउटा पार्टीको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्को पार्टीको नेतृत्व लोकेन्द्र बहादुर चन्दले ।

पछि निर्वाचन आयोगमा नामाङ्कन भयो, राप्रपा–थापा र राप्रपा–चन्द । यसरी जुम्ल्याहा जन्मेको राप्रपाको राजनीतिक जीवन एकता विभाजन , पेरि एकता र फेरि विभाजनमा गुज्रेको छ ।

र, फेरि एकपटक राप्रपा फुटेको छ । राप्रपा जन्मदै जुम्ल्याहा २०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढालेपछि पूर्व पञ्चहरुका लागि पनि पार्टी चाहियो ।

दरवारसँग नजिक रहने र दरवारले प्रयोग गर्ने दुई धार थिए ।

लोकन्द्रबहादुर चन्द दरवारका प्रिय थिए भने सूर्यबहादुर थापा दरवारकालागि आवश्यक । पटक पटक प्रयोग भएका सूर्यबहादुर थापा २०४० सालमा अबिश्वासको प्रस्तावबाट प्रधानमन्त्रीबाट हटाइदेखि सूर्यबहादुर दरवारबाट केही टाढिएका हुन् ।

पञ्चायतमा देखिएका धारलाई समात्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नामका दुई पार्टी एकै दिन घोषणा गरिए ।

यो दिन थियो, २०४७ जेठ १७ गते । एउटा समूहको नेतृत्व सुर्यबहादुर थापाले गरेका थिए भने अर्को समूहको नेतृत्व लोकेन्द्रबहादुर चन्दले । तर दुई पार्टी एउटै नाममा चल्न सम्भव थिएन ।

एउटै नाममा दुई पार्टी बन्ने भएपछि निर्वाचन आयोगले पार्टी अध्यक्षको थर पार्टीको नाम पछि थपिदियो ।

दुई पार्टीको नामाङ्कन भयो स् राप्रपा–थापा र राप्रपा–चन्द ।

सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपाले चुनाव चिन्ह गाई पायो भने लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले हलो ।

दुबै पार्टी २०४८ को निर्वाचनमा सहभागी भए । तर, दुबै पार्टीको लज्जास्पद हार भयो । राप्रपा–थापाले १ र राप्रपा–चन्दले ३ सीट मात्र जित्यो ।

एकतापछि निर्णायक शक्ति २०४८ सालको निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि दुई राप्रपाबीच एकता भयो ।

दुई पार्टी एक भएपछि चाहिँ राप्रपा निर्णायक शक्तिको रुपमा उदायो ।

पार्टी एकतापछि २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो ।

२० सिट जितेको राप्रपा तेस्रो शक्तिको रुपमा स्थापित भयो ।

पार्टी एकतापछि तेस्रो शक्ति भएकै बेला नेकपा एमालेको समर्थनमा पहिलो पटक राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पायो ।

पुराना पञ्चहरु बहुदलको छैठौं वर्षमा नै प्रधानमन्त्री भएर उदायो ।

सरकारको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरे । चन्दको सरकार ढलेपछि राप्रपाकै नेतृत्वमा सरकार गठन भयो ।

नेपाली कााग्रेसको समर्थनमा सरकारको नेतृत्व सूर्यबहादुर थापाले गरे ।

सत्तारोहणपछि  दुई टुक्रा
राजनीतिको उच्चतम विन्दु सत्ता नै हो ।

तर, सत्तामा पुगेपछि राजनीतिक दलमा फुट हुनु नेपाली राजनीतिमा परम्परा जस्तै बनिसकेको छ ।

राप्रपाले पनि यो परम्परालाई निरन्तरता दिइरहेको छ ।

पहिलोपटक लोकन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनेपछि राप्रपामा विवाद सुरु भयो । त्यही विवादले चन्द नेतृत्वमा बनेको सरकार ढालेर थापाको नेतृत्वमा सरकार बन्यो ।

पछि थापा नेतृत्वको सरकार पनि विवादकै कारण ढल्न पुग्यो ।

सत्तारोहण पछि सुरु भएको विवाद २०५४ सालमा फुटमा परिणत भयो । लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा राष्ट्रवादी गठन भयो ।

फुटपछि फेरि हार र अनि एकता विभाजनमा हार र एकतामा जीत सर्वमान्य जस्तै हो ।

राप्रपाको जीवनमा यो सिद्धान्त बारम्बार लागु भएको छ । सत्तारोहणपछि फुटेको राप्रापा फेरि पराजित भयो । २०५६ सालको निर्वाचनमा दुबै राप्रपा सहभागी भए ।

सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपाले ११ सिट जित्यो  तर, लोकेन्द्रबहादुर चन्द पक्षको राप्रपा भने शुन्य भयो । पार्टी विभाजनपछि दुबै राप्रपाको अवस्था नाजुक भयो ।

त्यसपछि २०५६ सालमै फेरि दुई राप्रपाबीच एकता भयो तर, २०५६ सालको एकता मार्फत राजेश्वर देवकोटाले एक समूह उछिट्याए ।

उनको समूहको नाम राप्रपा राष्ट्रवादी रह्यो ।

ज्ञानेन्द्रको शाही कदमपछि दुई प्रधानमन्त्री २०५६ सालको निर्वाचनपछि एक भएको राप्रपामा फेरि उत्तरचढाव आयो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते शाही कदम सुरु गरेपछि राप्रपामा फेरि अन्तरविरोध चुलियो । ज्ञानेन्द्रको पालामा लोकेन्द्रबहादुर चन्द ८ महिने प्रधानमन्त्री भए । चन्द प्रधानमन्त्री रहेकै बेला २०६० सालमा राप्रपाको महाधिवेशन सम्पन्न भयो ।

महाधिवेशन मार्फत पशुपतिशम्शेर राणामाले राप्रपाको नेतृत्व सम्हाले ।

सूर्यबहादुर थापा भूमिकाविहीन भए ।

तर, ज्ञानेन्द्रको आशिर्वादमा सूर्यबहादुर थापा फेरि प्रधानमन्त्री भए ।

तर, थापा नेतृत्वको सरकार सात महिनामै ढल्यो । शाही कदलमले फेरि फुट पार्टीमा भूमिकाविहीन भए पनि प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले आफ्नो नेतृत्वको सरकार ढलेपछि बृहत राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे ।

यो समितिमा कमल थापा, डा। प्रकाशचन्द्र लोहनी लगायतका नेता थिए । तर, कमल थापा भने फेरि पशुपति शम्शेर राणाको गुटमा फर्किएर महामन्त्री बन्ने । 

लगत्तै कमल थापाले २०६१ माघ १९ मा ज्ञानेन्द्रको शाही कदम समर्थन गरेपछि राप्रपा फेरि फुटको संघारमा पुग्यो ।

शाही कमदमलाई समर्थन गरेपछि २०६२ मा कमल थापा ज्ञानेन्द्र सरकारको गृहमन्त्री बने ।

शाही कदमको समर्थनपछि राप्रपामा विवाद उत्पन्न भयो । लगत्तै कमल थापाले २०६२ सालमा विशेष महाधिवेशन बोलाएर राप्रपा नेपाल गठन गरे ।

सूर्यबहादुर थापाले भने राष्ट्रिय जनशक्ति पार्टी बनाए ।  

दोस्रो जनआन्दोलनपछि पूर्व पञ्चहरु फेरि एक ठाउँमा २०६२ र ६३ को जनआन्दोलन चलिरहेको बेला राप्रपाका नेतृत्व तीन शक्तिमा विभाजित थिए ।

पशुपति शम्शेर राणाको नेतृत्वमा राप्रपा, सुर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय जनशक्ति पार्टी र कमल थापाको नेतृत्वमा राप्रपा नेपाल थियो ।

तीनै पार्टीले २०६४ सालको संविधानसभा निर्वाचनमा सहभागीता जनाए ।

तर, तीनै पार्टीको बेहाल भयो । राप्रपाले आठ, राप्रपा नेपालले चार र जनशक्तिले तीन सिट मात्र जित्यो ।    त्यसपछि भने पूर्व पञ्चहरुको एकता प्रकृया फेरि सुरु भयो ।

२०६९ सालमा जनशक्ति र राप्रपाबीच एकीकरण भएपछि राप्रपा बन्यो ।

त्यसपछि राप्रपाको नेतृत्व पशुपति शम्शेर राणाले पार्टीको नेतृत्व पाए ।

तर, विवाद भने रही नै रह्यो ।

यतिकैमा दोस्रो संविधानसभाको निर्वाचन भयो ।

प्रत्यक्ष निर्वाचनमा एक सीट पनि हात नपारेको दोस्रो संविधानसभामा समानुपातिक मतका आधारमा कमल थापा शक्तिमा आए ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिक तर्फ २५ सिट जित्यो तर, राप्रपाले भने १३ सिट मात्र जित्यो । 

सूर्यबहादुर थापाको निधन भएपछि २०७३ साल कातिक ३० गते राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पूर्व पञ्चहरु फेरि एक भए ।

एकता महाधिवेशनपछि कमल थापा अध्यक्ष निर्वाचित भए ।

तर, नेता प्रकाशचन्द्र लोहनी भने २०५४ सालमा लोकेन्द्रबहादुर चन्दले गठन गरेको राप्रपा राष्ट्रवादीलाई निरन्तरता दिदै बाहिरिए ।

तर, २०७४ साल साउन २२ गते फेरि राप्रपा फुटेको छ । पशुपति शम्शेर राणाको नेतृत्वमा फेरि राप्रपा प्रजातान्त्रिक गठन भएको छ ।  साभार एवीसी न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.