logo

नेकपा एमालेको विभिन्न वडामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम

    25   पटक पढिएको

वीरगंज २१ साउन, 
नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरुले नेकपा एमाले मधेसी बिरोधी पार्टी नभई मधेसको विकासका लागि कुनै पनि मुल्य चुकाउन तयार रहेको पार्टी भएको चर्चा गर्नु हुदै असोज दुई गते हुने स्थानिय निर्वाचनमा  एमाले पार्टीका उम्मेदवारहरुलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह समेत गरेका थिए ।  कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले मधेस आन्दोलनकै कारण प्रदेश नं. २ को निर्वाचन पछि धकेलिएको र विकासमा पछाडि परेको बताउनु हुदै नेकपा एमालेकै सक्रियतामा दलित, गरिबहरुको उत्थानको लागि मधेसका २० वटा जिल्लामा जनता आवास कार्यक्रम मार्फत २० हजार घर निर्माण कार्य भइरहेको बताउनु भयो । शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायत भौतिक पूर्वाधारको विकासको लािग सूर्य छापमै मतदिन आग्रह गर्नु हुदै नेता अंसारीले २०७२ को संविधानमा दलित, महिला, जनजाति, मुस्लिम, पिछडावर्गको अधिकार सुनिश्चित रहेकोले त्यसको भरपुर सदुपयोग गर्नु पर्नेमामा जोड दिनु भएको थियो । यसैगरी विभिन्न पार्टी परित्याग गरी वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहिमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा अध्यक्ष जितेन्द्र सिंहको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार बसरुदिन अंसारी, पार्टी पर्साका संयोजक प्रभु हजरा, प्रदेश नं. २ का सदस्य प्रेमा पौडेल लगायतकाले स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउनु पर्नेमा जोड दिएका थिए । त्यसैगरी वीरगंज वडा नं. ८ गहवामा अच्छेलाल कोहारको अध्यक्षतामा वडा भेला एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी भाग्यनारायण महरा, सरोज राम, श्रीराम ठाकुर, रामदेव साह कानु लगायत करिब सय जनाले नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यसैगरी वीरगंजको वडा नं. ७ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । मृत्युञ्जय वर्णवालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेताहरुले हलिम सेख, सिकन्दर सेख, प्रमोद कायस्त, बिकाउ मिया,  सुबास पटेल, मुकेश कुमार साह लगायत १२२ जनालाई टिका माला लगाएर नेकपा एमालेमा प्रवेश गराएका थिए । त्यसैगरी नेकपा एमाले वीरगंज महानगरपालिका वडा नं. १२ को आयोजनामा वडा भेला सम्पन्न भएको छ । अली अंसारीको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले नेकपा एमालेलाई जिताउन सबैले सुर्य चिन्हमा मतदान गर्नलाई समेत आग्रह गर्नु भएको थियो । यसैगरी वीरगंज वडा नं. ३ छपैयामा हदिस अंसारीको अध्यक्षतामा इकाई कमिटिको भेला सम्पन्न भएको छ । कार्यक्रमहरुमा पार्टीका केन्द्रिय सदस्य रामचन्द्र साह, नेकपा एमाले क्षेत्र नं. २ का सांस्द बिचारी यादव, वीरगंज महानगरपालिकाका उपमेयरका उम्मेदवार सोफिया आचार्य, नेताहरु विश्वम्भर शर्मा, प्रभु हजरा, उसमान अंसारी, मानदेव हजरा, महिला नेतृ निर्मला देवकोटा, चिरञ्जीवी आचार्य,  प्रभा खडका, प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान, निरञ्जन मिश्रा लगायतले नेकपा एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.