वीरगञ्ज, ८ साउन
आरके क्रिएटिभ इन्टरटेन्मेन्ट एण्ड इभेन्ट म्यानेजमेन्टद्धारा आयोजना गरिएको जुनियर सिङ्गींग आइडल २ को उपाधि मनकामना स्कुलका राजन ठाकुरले जितेका छन् । शनिबार नेशनल मेडिकल कलेजको सभाहलमा आयोजना भएको फाइनल कार्यक्रममा विजेताहरुको धोषणा गरिएको हो ।
इलिमिनेशनबाट फाइनल प्रवेश गरेका ७ जना प्रतिस्पर्धिहरुले शनिबार उपाधिका लागि प्रस्तुती दिएका थिए । प्रस्तुतीको मुल्याङ्गन गर्दै निर्णायकहरुको निर्णय र दर्शको भाटिङ्गको आधारमा विजेता घोषणा गरिएको थियो ।
कार्यक्रममा गायक चन्दन प्रजापति र एसएस सोनुले निर्णायकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा जुनियर सिङ्गींग आइडलको उपाधि राजन ठाकुरले पाउँदा, भ्युवर्स च्वाईस पुरस्कार एवम् द्धितिय रोहित श्रेष्ठ, तुतीय पुरस्कार सिद्धान्त सहनी, सान्त्वना पुरस्कार आयुक्ष्मा मान्नधर र संदीप चौधरीले पाएका थिए ।
नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्धिन अंसारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीपिसि कलेजका निर्देशक डा।
दिपक शाक्य, फेमाइन व्युटि होम एवम् सामाजिक अभियन्ता गुडि जोशी, जिवन ज्योति विधालयकी मिनाक्षी गुप्ता, वुम्नस् स्किल सेन्टरकी निभा दास र सुष्मा तिवारी, कलाकारहरुमा युवराज केशरी, अनुप तिवारी, समिर लामा, रविन्द्र क्षेत्री, रिचा बानिया, सुरभी मिश्रा, मन्दिप खड्का, प्रकाश नेपाल, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संचारकर्मी नेहाल खान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागि सबैलाई वीपिसि कलेजका निर्देशक डा।दिपक शाक्यले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
त्यसैगरि आरके क्रिएटिभका सदस्यहरुलाई मायाको चिनो र दोसल्ला ओदाई आरके क्रिएटिभका निर्देशक रेयान कायस्थले सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण सन्नि निधि, विवेक कर्ण र रेयान कायस्थले गरेका थिए ।
तपाईको प्रतिक्रिया