शेखर छतकुली
बीरगंज ७ पौष
नेपाली काँग्रेसका नेता रमेश रिजालले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम भएको संज्ञा दिनु भएको छ ।
नेपाली कांग्रेस का केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले नेपाली जनताले दिएको झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारलाई प्रधानमन्त्रीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम रहेको आरोप लगाउनु भएको हो ।
यस अनलाईन संग कुरा गर्दै काग्रेस नेता रिजालले अहिले कम्युनिष्टहरुले दोहरो चरित्र गरिरहेको आरोप लगाएकाछ्न ।
उहाले एउटा गुट्ले सन्सद विघटन गर्ने अर्कोले सडकमा आएर त्यसको बिरोध गरेर नेपालि जन्तालाई भ्रमित् पार्न खोजेको भन्दै कम्युनिष्टहरुबाट नेपाली जनतालाई सचेत रहन समेत आग्रह गर्नुभयो ।
नेता रिजालले ‘संसद विघटन गरेर प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्न र पार्टी संचालन गर्न आफैपनि असक्षम,भएको प्रमाणित गरेको टिप्पणी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीले देश र जनताले दिएको बलिदान पछिको संघीयता लोकतन्त्र प्रति कहिले पनि ईमान्दार नभएको भन्दै कम्युनिष्टहरुको गुट उपगुट्का कारण प्रधानमन्त्री ओलीले सन्सद विघटन गरेर संघीयता र लोकतन्त्र माथी नै प्रहार गरेको नेता रिजालले बताएका छ्न।
प्रधानमन्त्री र नेपाल कम्युुनिष्ट पार्टी गणतन्त्र, संघीयता र लोकतन्त्र बिरोधी रहेको कुरा आज सन्सद विघटन गरेर प्रमाणित गरेको जिकिर गर्नुभयो। त्यस कारण यो देशमा नेपाली काँग्रेस बाहेकअरु कुनै पार्टीको बिकल्प नरहेको नेपाली कांग्रेसका नेताहरुले पटक पटक भन्दै आएको काग्रेस नेता रिजालले बताएका छन ।
कम्युनिष्टहरुमा देश चलाउने क्षमता नभएको नेपाली काँग्रेसले विभिन्न सन्चार माध्यमहरुमा बेला बेलामा भनिरहेको कुरा आज प्रमाणित भएको बताए ।
राष्ट्रपतिको कदम अत्यन्त आपत्तिजनक रहेको बताउदै नेता रिजालले भने सन्सद विघटनको प्रस्तावलाई राष्ट्रपतिले सदर गरेर प्रधानमन्त्री को नाईके बनेको आरोप लगाएका छन।
तपाईको प्रतिक्रिया