सन्जु छतकुली
बीरगंज १६ माघ
पर्सा प्रहरीले १२ लाख भारतीय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको ।
जिल्ला प्रहरी कार्यालय पर्साको सादा पोशाकमा रहेको प्रहरी टोलीले नेपामा प्रतिबन्धीत २ हजार रुपैयाको नोट सहित एक भारतियलाई पक्राउ गरेको हो ।
१२ लाख भारतिय नोट सहित पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवा गाउँपंचायत ढोलकवा निवासी ३२ वर्षिय सुभाष चन्दलाई पर्सा प्रहरीले नयन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जनाउकाछन ।
पक्राउ परेका चन्दको शरीर चेकजाँज गर्ने क्रममा २ हजार नोटका ६ सय थान गरि जम्मा १२ लाख रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।
बीरगंजको घण्टाघरवाट भारत तर्फ बिदेशी मुद्रा जादै छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले चन्दलाई पक्राउ गरेको राठौरले जनाएकाछन । २ हजारको भारतीय नोठ नेपालमा प्रतिवन्धीत छ त्यसैले आफुले सुचनाको आधारमा नियन्त्रणमा लिएको एसपी राठौरले बताए ।
प्रहरीले बा ६ च ७४४० नम्बरको स्यान्ट्रो कार समेत निन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको कार १२ लाख रुपैया र चन्दलाई राजस्व अनुसंधान बिभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया