कृष्णा यादव
बीरगंज ७ माघ
बारा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।
पर्सा जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गरेपछी तस्करहरुले छिमेकी जिल्ला बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेकाछन ।
बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन ।
बाराको मटिअर्वा नाकाबाट सशस्त्र प्रहरीको टोलीले माघ ५ गते भारतिय नम्बरको एचआर ६९ बि ७५५८ नम्बरको भारतिय ट्रक सहित उक्त गाडीमा भन्सार छलेर तस्करहरुले नेपाल भित्रयाउने क्रममा ८ सय १० थान कम्वल र गाडी नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाए पछी यसले झन प्रमाणित गरेको छ कि अहिले बाराको मटिअर्वा नाकाबाट ठूलो मात्रामा तस्करी भै रहेको छ ।
बारा जिल्लाको नेपाल भारतको सिमामा पर्ने विभिन्न नाका मटिअर्वा, आमवा, सिम्रौनगढ, पिपरपाती, कवहीगोठ, गोपालगंज लगायतका नाकाहरुबाट अवैध रुपमा लत्ता कपडा, सुर्ती, रजनीगंधा, पानपराग, रांगा भैसी लगायतका सामानहरु तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्रयाई रहेकाछन भने सो नाका हुदै नेपालबाट भारत तर्फ मरिच, मटर ( केराउ ) छोकडा लगायतका सामानहरु बारा प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानियहरुले बताएकाछन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर र सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंजका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले पर्साको बीरगंज नगर क्षेत्र आसपास लगायत जिल्लामा तस्करीको लाईन बन्द गरेपछी तस्करहरुले अहिले बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठूलो रकम दिएर खुल्लम खुल्ला रुपमा तस्करी शुरु गरेको बाराका स्थानियहरुले बताएकाछन ।
बारामा ब्यापक ठूलो मात्रामा तस्करी शुरु भएकै कारण बीरगंज भंसार कार्यालयको राजश्व संकलन लक्ष्य पुरा हुन नसकेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुले दावी गरेकाछन ।
बाराबाट तस्करी ठूलोमात्रामा संचालन भएपनी नेपाल प्रहरीका प्रदेश नम्बर २ का डिआईजी र सशस्त्र प्रहरीका प्रदेश नम्बर २ का डिआईजीले यसलाई नियन्त्रण गर्न नस्कनुको कारण कही उनी द्धय डिआईजीहरुको पनी मिली भगत त छैन भनी स्थानियहरुले आरोप लगाएकाछन ।
तपाईको प्रतिक्रिया