सन्जिव छतकुली
बीरगंज १५ जेष्ठ
नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरी निकालेकाछन ।
नेपाली काग्रेस पर्साले पार्टी कार्यालयबाट निकालको प्रभात फेरी रैली वीरगंजको घन्टाघर हुदै नगर परिक्रमा गरि माईस्थान मन्दिर अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री फरुमुल्ला मंसुरले नेपालमा प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा नेपाली काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका रहेको बताउनुभयो ।
त्यसतै नेपाली काग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले नेपाली काग्रेसले शाही शासन हटाए पनि प्रजातन्त्र देखि गणतन्त्र देशमा आएपनि बामपंथीहरको कारणले गर्दा जनतालाई गणतन्त्रको महसुस कहिले नभएको बताउनुभयो ।
उक्त प्रभात फेरी नेपाली काग्रेसका पर्सा सभापति अजय द्धिवेदीको सभापतित्वमा निकालिएको थियो । प्रभात फेरीमा काग्रेसका नेता तथा पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, नेता राजेन्द्र बहादुर अमात्य , अनिल रुगटा , प्रदेश नम्बर २ सभा सदस्य राजेशवर शाह तेली , ओमप्रकाश शर्मा ,जिल्ला सचिव श्याम पटेल लगाएत नेता कार्याकर्ताहरु को सहभागितामा रहेको नेपाली काग्रेसका महासमिति सदस्य रामरुप कुर्मीले बताए ।
तपाईको प्रतिक्रिया