बीरगंज २१ माघ
बीरगंजमा सोमवार सरकार बिरुद्ध प्रर्दशन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध बीरगंजमा प्रर्दशन गरेको छ ।
सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न नागरिकलाई आह्वान गर्दै नेपाली कांग्रेसले सोमबार बीरगंजमा मा रर्याली सहितको विरोध प्रर्दशन गरेको हो । ओली सरकारको बिरोधमा बीरगंजमा काग्रेसले निकालेको जुलुशमा काग्रेसका पर्सा पाटी सभापती अजय कुमार द्धिवेदी, केन्द्रिय सदस्य रमेश रिजाल, केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अजय चौरसिया, राजेन्द्र बहादुर अमात्य, युवा नेता जनार्दन सिंह क्षेत्री, प्रदेश नम्बर २ का प्रदेश सदस्य ओम प्रकाश शर्मा र राजेश्वर साह तेली लगायतका उपस्थिती रहेको थियो । पर्साको गाउगाउहरुबाट हजारौको संख्यामा नेता थता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
बीरगंजको घण्टाघरबाट निस्केको जुलुश नगरको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ा कोण सभालाई सम्बोधन गर्दै काग्रेसका पार्टी सभापती अजय कुमार द्धिवेदी, केन्द्रिय सदस्य रमेश रिजाल, केन्द्रिय सदस्य एवम पुर्व मन्त्री अजय कुमार चौरसिया, नेता राजेन्द्र बहादुर अमात्य, युवा नेता जर्नादन सिंह क्षेत्री प्रदेश नम्बर २ का द्धय प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा र राजेश्वर साह तेली, युवा नेता राजु गुप्ता लगायतकाहरुले ओली सरकारलाई भ्रष्टाचारीहरुको सरकारको संज्ञा दिएका थिए भने बिपी उधानमा बीरगंज माहानगरपालिकाको र काग्रेसको सहमती बिना शहिद पार्क बनाउन खोजिएकोमा बिरोध समेत जनाएका थिए । सोही क्रममा बीरगंजमा काग्रेसले गरेको ओली सरकारको बिरोध रयालीमा देखिएको दृश्यहरु ।